Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रदेश सरकार रणनीतिक अस्पतालहरु निर्माणको योजनामा छ : मन्त्री भण्डारी
प्रदेश सरकार रणनीतिक अस्पतालहरु निर्माणको योजनामा छ : मन्त्री भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ११, २०८१

रुकुम-  कर्णाली प्रदेश सरकार रणनीतिक अस्पताल स्थापनाको योजनामा रहेको प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताएका छन् । प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्ने उद्देश्यले रणनीतिक अस्पताल स्थापनाको योजना बनाइएको उनको भनाइ छ । 

आज रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विभिन्न जिल्ला र विकट ठाउँमा पायक पर्ने स्थानमा त्यस्ता अस्पताल स्थापना गर्ने योजना रहेको उनको भनाइ थियो । 

“प्रदेशका सबै ठाउँमा भरपर्दो स्वास्थ्य सेवा पुग्न सकेको छैन । त्यो समस्या समाधानका लागि सरकारले रणनीतिक अस्पताल सञ्चालनको योजना बनाएको हो । सरकारले १२ स्थानमा यस्ता अस्पताल निर्माण गर्ने योजना बनाएको छ,” मन्त्री भण्डारीले भने । 

Hardik health

अस्पतालमा विशेषज्ञ सेवाप्रवाह गर्ने उद्देश्य रहेको उनको भनाइ छ । “प्रदेशका सबै ठाउँमा विशेषज्ञ सेवा भएका अस्पताल पनि छैनन् । जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा पनि सुविधा नभएको पाइन्छ । जिल्ला अस्पतालसम्म पुग्न समस्या भएको छ । त्यस्ता ठाउँ छनोट गरेर हामीले विशेषज्ञ सेवा सहितका रणनीतिक अस्पतालको अवधारणा ल्याएका हौँ”, मन्त्री भण्डारीले भने । 

प्रत्येक तीन महिनामा प्रदेशभर नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रदेश सरकारले बनाएको उनले बताए ।  “प्रदेश सरकारहरु गठन हुनुअघि निर्माण थालिएका तर निर्माण हुन नसकेका धेरै स्वास्थ्य भवन अलपत्र अवस्थामा छन् । उतिखेर भवन निर्माण गरिरहेका कतिपय कार्यालयहरु सङ्घीयतापछि प्रदेशमा नहुँदा भवन निर्माणको काम अलपत्र परेका हुन् । त्यस्ता भवनको तथ्याङ्क सङ्कलन भइरहेको र अवस्था हेरेर निर्माणलाई निरन्तरता दिइने छ”, मन्त्री भण्डारीले भने । 

त्यस्तै ‘एक पालिका, एक नमुना विद्यालय’ स्थापना कार्यक्रम, प्रदेश अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्ने, प्रदेशमै स्वास्थ्यका दक्ष जनशक्ति उत्पादनमा प्रदेश सरकारको प्राथमिकता रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP