Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘ट्रम्पले जित्ने आशामा नेतन्याहू’
‘ट्रम्पले जित्ने आशामा नेतन्याहू’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ११, २०८१

जेरुसेलम - अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिंदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गरेको उनको अभिव्यक्तिले पुष्टि गरेका छन् । नेतन्याहूका लागि ट्रम्पको अन्तिम कार्यकाल सहज थियो र नोभेम्बर ५ का लागि तय भएको मतदानको पूर्वसन्ध्यामा पूर्व राष्ट्रपतिले आफ्नो मध्यपूर्व नीतिबारे मिश्रित सन्देश पठाएका छन् । 

उनले नेतन्याहूलाई इरानको आणविक केन्द्रहरूमा बमबारी गर्न प्रोत्साहित गर्नेदेखि अमेरिकी वर्तमान् राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै भन्नुभयो, “यदि म राष्ट्रपति भएको भए अक्टोबर ७ को आक्रमण कहिल्यै हुने थिएन।” उनले इजरायललाई युद्ध अन्त्य गर्न दबाब दिने पनि सन्देशमा उल्लेख छ । 

यद्यपि ट्रम्पको ‘अमेरिकालाई फेरि महान् बनाऊ’ भन्ने चुनावी नारा र इजरायलबारेका यी अस्पष्ट अभिव्यक्ति र नीतिहरूले नै नेतन्याहूले ट्रम्पसँग आशा गरेको विश्लेषकहरू बताउँछन्।रिपब्लिकन राष्ट्रपतिका रूपमा ट्रम्पले नेतन्याहूलाई गाजा र लेबनानमा जारी द्वन्द्वको सामना गर्न थप स्वतन्त्रता दिने सम्भावना रहनेछ।

“नेतन्याहूको एउटा कोसेढुङ्गा अमेरिकी निर्वाचन हो। उनले ट्रम्पको विजयका लागि प्रार्थना गरिरहनुभएको छ । यसले उनलाई धेरै स्वतन्त्रता प्रदान गर्नेछ वा आफूले चाहेको काम गर्न दिनेछ,” जेरुसेलमको हिब्रु विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक गिडोन राहतले एएफपीसँग बताए। 

Hardik health

नेतन्याहूका पूर्व चिफ अफ स्टाफ तथा राजनीतिक टिप्पणीकार अभिभ बुशिन्स्कीले भन्नुभयो, “अमेरिकी रिपब्लिकन नेता ट्रम्पसँग डेमोक्र्याट नेताहरूको तुलनामा नेतन्याहूको अनुभव निकै राम्रो छ। डेमोक्र्याटहरू नेतन्याहूमाथि धेरै कठोर छन्।”


प्रधानमन्त्रीका रुपमा १७ वर्षको कार्यकालमा नेतन्याहूले रिपब्लिकन पार्टीका नेता ट्रम्पसँग मात्र सहकार्य गरेका छन् अर्थात् यो अवधिमा अमेरिकामा अन्य राष्ट्रपति सबै डेमोक्र्याटिक पार्टीबाट निर्वाचित भएका थिए । आफ्नो कार्यकालको दौडान ट्रम्पले नेतन्याहूको घरेलु प्रतिष्ठालाई बढावा दिने धेरै कदमहरू चालेको थियो भने इजरायल, प्यालेस्टाइनसँगको द्वन्द्व र व्यापक क्षेत्रबारे लामो समयदेखिका अमेरिकी नीतिहरूलाई रद्द गरेका थिए । 

राष्ट्रपतिका रूपमा रिपब्लिकन नेता ट्रम्पले अमेरिकी दूतावासलाई जेरुसेलममा स्थानान्तरण गर्नुभएको थियो । यसलाई इजरायलले आफ्नो अविभाजित राजधानीको रूपमा दावी गर्दछ । अमेरिकाले कब्जा गरिएको गोलान हाइट्समा इजरायली सार्वभौमिकतालाई मान्यता दिएको थियो र तीन वटा अरब राज्य र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्ने वातावरण सिर्जना गरेको थियो । 

ट्रम्पले इजरायलको कट्टर शत्रु इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट पछि हट्नुभएको थियो र पुनः इस्लामिक गणतन्त्र इरानमाथि कडा आर्थिक प्रतिबन्धहरू लागू गरेका थिए । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका लागि आफ्नो ‘चट्टानी समर्थन’ मा जोड दिनुभए पनि लामो समयदेखि नेतन्याहूसँगको सम्बन्ध चिसो रहँदै आएको देखिन्छ । 

बाइडनले नेतन्याहूलाई इरानको तेल उत्पादन र आणविक केन्द्रहरूमा आक्रमण नगर्न चेतावनी दिनुभएको थियो भने ट्रम्पको धारणा यसको विपरीत रहेको थियो ।ट्रम्प र नेतन्याहूबीच घनिष्ठ व्यक्तिगत सम्बन्ध पनि छ । अमेरिकी पूर्व राष्ट्रपतिले यसै हप्ता इजरायली प्रधानमन्त्रीसँग बारम्बार फोन वार्ता भएको दाबी गर्नुभएको छ । 

जर्जियामा आयोजित एक ¥यालीलाई हालै सम्बोधन गर्दै ट्रम्पले भन्नुभएको थियो, “हामीबीच निकै राम्रो सम्बन्ध छ । “हामी उनीहरूसँग धेरै नजिकबाट काम गर्न जाँदैछौं।बुशिन्स्कीले भन्नुभयो, “यी सकारात्मक कुराहरू कुनै पनि चिन्ताभन्दा बढी हुनेछन्। मलाई लाग्छ, नेतन्याहू ट्रम्पको निर्वाचनको अनिश्चितताको जोखिम मोल्न तयार हुनुहुनेछ।” 


ट्रम्प नेतन्याहूसँग मात्र होइन, इजरायली जनतामाझ पनि लोकप्रिय छन् ।इजरायल इन्स्टिच्युट फर रिजनल फरेन पोलिसीज मिटभिमले सेप्टेम्बरमा गरेको जनमत सर्वेक्षणमा ६८ प्रतिशत इजरायलीले ट्रम्पलाई इजरायलको हितमा काम गर्ने उम्मेदवारका रुपमा हेरेका छन् । उपराष्ट्रपति कमला ह्यारिसले इजरायललाई समर्थन गर्ने र इजरायलको रक्षा गर्ने अधिकारबारे बारम्बार घोषणा गरे पनि १४ प्रतिशतले मात्र उहाँलाई रोजेका थिए ।

संयुक्त राज्य अमेरिकाका लागि पूर्व इजरायली कूटनीतिज्ञ तथा मिटविमको निर्देशक समितिका सदस्य नादाव तामिरले भने, “इजरायलमा, संयुक्त राज्य अमेरिका बाहिर अन्य कुनै पनि उदार लोकतन्त्रभन्दा ट्रम्प ह्यारिसभन्दा बढी लोकप्रिय हुनुहुन्छ।” यद्यपि, तामिरले नयाँ ट्रम्प प्रशासन आश्चर्यजनक हुन सक्ने बताए ।

उनले भने, “पूर्व राष्ट्रपति ट्रम्प अलगाववादी हुन् र अमेरिकालाई स्वतन्त्र विश्व वा अन्तर्राष्ट्रिय गठबन्धनको नेता बनाउन चाहनुहुन्न । उनले आफूलाई यस सम्बन्धमा समान विचार भएका रिपब्लिकनको भीड र विचारलाई पार्टीमा बढी स्थान दिएको पाइन्छ ।” 


प्यालेस्टिनी राजनीतिशास्त्री तथा सर्वेक्षणकर्ता खलिल शिकाकीका अनुसार प्यालेस्टिनीहरूमा कुनै पनि उम्मेदवारका लागि खासै उत्साह छैन । ’प्यालेस्टाइनीहरूले दुवै उम्मेदवारलाई अविश्वास गर्छन् र उनीहरूबीच खासै भिन्नता देख्दैनन्,” शिकाकीले भने । हमासका एक अधिकारी ताहेर अल–नुनुले एएफपीसँग कुरा गर्दै अमेरिकी प्रशासनले इजरायलको पक्षमा प्यलेष्टिनीविरूद्ध पक्षपातपूर्ण व्यवहार गर्दै आएको बताए । 

विस्थापित भई सडकमा जीवन बिताइरहेका प्यालेस्टिनीहरूले जसले जिते पनि आफ्नो इलाकामा जीवन सुधार नहुने बताएका छन्। “अमेरिकी चुनावले हाम्रो राजनीतिक वास्तविकतामा सकारात्मक प्रभाव पार्छ भन्ने मलाई विश्वास छैन,” पश्चिम किनारास्थित बिरजित युनिभर्सिटीकी २१ वर्षीया छात्रा लीन बासेमले भने । 

साउण्ड इञ्जिनियर ४२ वर्षीय हसन अनवरले पनि इजरायलको समर्थनमा अमेरिकी नीति पूर्णरुपमा स्पष्ट भएको र उनीहरूले प्यालेष्टिनीलाई हेर्ने आँखामा कुनै भिन्नता छ भन्ने आफूलाई विश्वास नभएको बताए । 


प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP