Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • दरबारमार्गको कन्सर्टदेखि रवि लामिछाने पक्राउसम्म सरकारको उपलब्धि
ओलीको प्रगति विवरणमा तथ्यांक नै गोलमाल दरबारमार्गको कन्सर्टदेखि रवि लामिछाने पक्राउसम्म सरकारको उपलब्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ८, २०८१
  • संविधान दिवस, दसैंमा घर जान पाएको, सवारीसाधन चलेको विषय सफलताको सूचीमा
  • करोड जनता रोजगारीको खोजीमा भौतारिँदा १६५ जनालाई ‘स्टार्टअप कर्जा’ दिएको विषय प्रगति विवरणमा
  • रवि लामिछाने पक्राउको विषयलाई सफलतामा राखेको सरकारले क्यामरालाई होइन, कानुनलाई गुरु मान्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगति विवरणमा चलाखीपूर्वक तथ्यांक प्रस्तुत गरेका छन् । उनले आफू नेतृत्वको सरकारले धेरै काम गरेको देखाउन यस्तो चलाखी अपनाएका हुन् । दरबारमार्गको कन्सर्टदेखि रवि लामिछाने पक्राउसम्मलाई ओली सरकारले आफ्नो उपलब्धिको रुपमा प्रस्तुत गरेको छ । 

अघिल्ला सरकारले प्रगति विवरण सार्वजनिक गर्दा फेहरिस्त प्रस्तुत गर्थे । लामो लामो भाषणबाजी गर्न मन पराउने ओलीले यसपटक भने झण्डै आधा घण्टामै १०० दिनको प्रगति भाषण सकाए । कारण, प्रगति विवरणमा उनले गोलमाल तथ्यांकको प्रयोग गरेका छन् । अघिल्ला सरकारले गरेका काम पनि यसै सरकारले गरेझैं गरी सम्बोधनको सुरूमै ओलीले सय दिनमा २७४ काम सक्ने सूचीमा राखेको दाबी गरे । ती काम के–के थिए ? कुनै सूचीमा छैन, बरु उनले बाढीपहिरोका बाबजुद् पनि १८५ वटा काम सकाएको तर्क गर्न भ्याए ।

‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ,’ बुधबार सय दिने प्रगति विवरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गथ्र्यो ।’ ओलीले यो अवधिभरमा सात हजार १३५ विपद्जन्य दुर्घटना भएको उल्लेख गरे ।

दरबारमार्गको कन्सर्ट पनि सफलताको सूचीमा
हरेक सरकारले संविधान जारी भएको दिनलाई संविधान दिवसको रुपमा मनाउँदै आएको छ । यसलाई पनि प्रधानमन्त्री ओलीले सफलताको सूचीमा राखेका छन् । दरबारमार्गमा कन्सर्ट आयोजना गरेर संविधान दिवस मनाउन सरकार सफल भएको ओलीको तर्क रह्यो । ‘यस वर्षको संविधान दिवसमा पहिलोपटक नेसनल डे कन्सर्ट आयोजना गरियो, जहाँ विभिन्न विधाका कलाकार, नवयुवाहरू र सबै पेसाका प्रतिनिधिहरूले एकसाथ भेला भई संविधान दिवसमा खुसी साट्ने मौका पाए । यसरी, राष्ट्रिय दिवसलाई हामीले जनताको उत्सवको रूपमा परिणत गर्‍यौं,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने ।

Hardik health

दसैं मनाउन जनता घर गएको पनि सफलता
यसपटक दसैंअघि असोज १०–१२ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट बिपी राजमार्ग अवरुद्ध थियो । त्रिभुवन राजमार्गमा त्यस्तै अवरोध आएको थियो । विपद्मा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री ओली भने अमेरिका भ्रमणमा मस्त थिए । दसैंमा घर जाने तयारीमा रहेका जनताका लागि निजी क्षेत्र लागेर बिपी राजमार्गमा वैकल्पिक सडक खुल्यो । यद्यपि यसलाई पनि सरकारले आफ्नो सफलताको सूचीमा राखेको छ । 

‘यस वर्षको दसैंमा पनि काठमाडौं छोडेर घर फर्कनेको संख्या अघिल्लो वर्षजस्तै करिब आठ लाख १४ हजार २४६ पुग्यो । दसैंमा एक लाख ११ हजार १५४ सवारीसाधन काठमाडौं उपत्यकाबाट बाहिरिए,’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने । जबकि, आलोचना बढ्ने डरले प्रधानमन्त्री काठमाडौं छेउछाउसमेत विपद्ग्रस्त क्षेत्रमा अवलोकनमा निस्केनन् ।

रवि पक्राउ अर्को सफलता
ओली सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्नु सफलताको सूचीमा राखेको छ । सहकारीको रकम हिनामिना गर्ने ६०० भन्दा बढीलाई कानुनी दायरामा ल्याएको ओलीको दाबी रह्यो । ‘सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ । सहकारी ठगी गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही सुरु भएको छ,’ उनले भने, ‘हालसम्म ६०० भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन् ।

सहकारी ठगहरूलाई कारबाही गर्नेमात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’रास्वपालाई लक्षित गर्दै ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने तर्क गरे । उनले भने, ‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामरालाई होइन, कानुनलाई गुरु मानेको छ । भ्रष्टाचारी समातियो भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन । परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्धति बसाल्ने हाम्रो प्राथमिकता छ ।’

कुनै बेला आफैं ‘स्टन्टबाजी’ गर्ने र घन्टौं क्यामरा अगाडि बोल्न मन पराउने ओलीको लोकप्रियता अहिले घट्दो छ । अर्को विषय रास्वपा सभापति लामिछाने पक्राउ परे पनि सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेल अनुसन्धानको घेरामा तानिएका छैनन् । 

१६५ जनालाई ‘स्टार्टअप कर्जा’
मुलुकमा बेरोजगारी समस्या बढ्दो छ । लाखौं युवालाई देशमा टिकाउन मुस्किल रहेको बेला ओलीले १६५ जनालाई ‘स्टार्टअप कर्जा’ दिएको विषयलाई पनि सफलताको सूचीमा अटाएका छन् । ‘यस वर्ष पाँच हजार १५८ जना उद्यमीले स्टार्टअप कर्जाका लागि प्रस्ताव पेस गरेका छन् । प्राप्त प्रस्तावमध्येबाट स्टार्टअप उद्यमी छनोट गरी पुस मसान्तभित्र कर्जा प्रवाह गर्ने तयारी गरिएको छ,’ प्रधानमन्त्रीको भनाइ छ ।

दुईतिहाइको धमास
सरकारले न त दूध किसानको भुक्तानी दिएको छ न त तथ्यांकमा भनेझैं सडक कालोपत्रे गरेको छ । तर पनि दुईतिहाइको धमास देखाउन भने ओलीले छाडेनन् । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ,’ ओलीले सय दिनको सम्बोधनको अन्त्यतिर भने । कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर बनेको हुनाले कसैले पनि सरकार ढाल्ने सपना नदेख्न ओलीले चुनौती दिए । ‘यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ,’ ओलीले भने ।


प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP