Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • विदेश भ्रमणको होडमै अलमल
सरकारको १०० दिन विदेश भ्रमणको होडमै अलमल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक ७, २०८१

काठमाडौं– दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पहिलो १०० दिन (हनिमुन पिरियड) पूरा गर्दा अधिकांश मन्त्री विदेश भ्रमणमा पुगेको देखिएको छ । गत असार ३१ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारका एक दर्जन मन्त्री विदेश भ्रमणमा पुगेका हुन् । 

वर्तमान मन्त्रीमण्डलमा सबैभन्दा बढी विदेश सयर गर्ने मन्त्री बनेकी छन्, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा । परराष्ट्रमन्त्री राणा अमेरिका, भारतदेखि क्यानडा, कतारसम्म पुगिन् । उनी भदौ २ गते भारत भ्रमणमा गएकी थिइन् । सुरुमा परराष्ट्रमन्त्री राणा उपचारका लागि भारत जाने भनिए पनि पछि भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भन्दै त्यसलाई औपचारिक भ्रमण भनिएको थियो । राणाले भदौ ३ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरिन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी एस जयशंकरदेखि भारतीय नेताहरूसँग उच्चस्तरीय भेटघाट गरेकी थिइन् ।

परराष्ट्रमन्त्री राणाले असोज ५ देखि १७ गतेसम्म क्यानडा, अमेरिका, कतारको उच्चस्तरीय भ्रमण गरिन् । महिला परराष्ट्रमन्त्रीहरूको भेलामा सहभागी हुन उनी क्यानडा गएकी थिइन् भने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी अमेरिका गएकी थिइन् ।एसिया को–अपरेसन डायलगको तेस्रो सम्मेलनमा भाग लिन उनी कतार गएकी थिइन् । तीनवटा देशको भ्रमण गरेर परराष्ट्रमन्त्री १३ दिनपछि स्वदेश फर्केकी थिइन् । लामो समयसम्म विदेश यात्रामै भएको कारण त्यतिबेला परराष्ट्रमन्त्री राणाको आलोचना भएको थियो । त्यसअघि उनले भदौ २ गतेदेखि ६ गतेसम्म भारतको भ्रमण गरेकी थिइन् ।

यो कार्यकालमा प्रधानमन्त्री ओली अमेरिका, अर्थमन्त्री विष्णुप्रसाद पौडेल उज्वेकिस्तान हुँदै अमेरिका, अरु मन्त्रीहरु इन्डोनेसियादेखि थाइल्यान्डसम्म पुगेका देखिन्छन् । यसैगरी यो अवधिमा सचिवस्तरीय वैदेशिक भ्रमण पनि बाक्लो देखिन्छ । सचिवहरु अमेरिकादेखि चीन, भारत हुँदै अस्ट्रेलिया पुगेका छन् । शासन सम्हाल्ने मन्त्रीहरु र प्रशासन सम्हाल्ने सचिवहरुको विदेश भ्रमण होडका कारण सरकारका दैनिक कार्यसम्पादनमा असर पुग्दै आएको छ । गत असोज १२ गते बाढी र पहिरोका कारण देशभर क्षति हुँदा सरकारविहीनताको अवस्था यसैकारण सामना गर्नुपरेको थियो । त्यतिबेला प्रधामन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक राख्न नदिएपछि विपत्तिकै समयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र मुख्यसचिव एकनारायण अर्याल सम्मान थापेर दिन कटाएका थिए । शासन र प्रशासन सम्हालेर बसेका नेतृत्वको चर्को आलोचना भएको थियो । 

Hardik health

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने भारत भ्रमण सकाएर फर्किसकेका छन् । मन्त्री भण्डारीले साउन २३ गते बिमस्टेक सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले बिमस्टेकले भू–परिवेष्ठित राष्ट्रको समुद्रसम्मको पहुँचको अधिकार सुनिश्चित गर्दै कनेक्टिभिटि, लगानी तथा क्षेत्रीय व्यापार विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए ।भ्रमणका क्रममा उनले भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम एवं प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीसँग भेटघाट गरी द्विपक्षीय हित तथा सम्बन्धका विषयमा छलफल गरेका थिए । उनले कोलकातास्थित महावाणिज्यदूतावासको निरीक्षण गरी दूतावासको काम कारबाहीलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिएका थिए ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना भएको ‘धर्म–धम्म’ सम्मेलनमा भाग लिन त्यसतर्फ पुगेका थिए ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी असोज २७ गते विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका थिए । यता अर्थमन्त्री पौडेल मंगलबार राति विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका हुन् ।उनी कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ ।

सविचहरु को कहाँ घुम्न पुगे ?
ओली प्रधानमन्त्री बनेपछि सचिवहरुले पनि धमाधम विदेश घुम्न पाएका छन् । परराष्ट्रसचिव सेवा लम्साल साउन ८ बाट १२ गतेसम्म चीन भ्रमणमा निस्किएकी थिइन् भने परराष्ट्र मन्त्रालयका सचिव गणेश पाण्डे साउन ६ देखि ११ सम्म भारतमा ।यसैगरी मधेस प्रदेशका मुख्यसचिव लोकनाथ पौडेल भदौ २४ बाट २८ सम्म अमेरिका भ्रमणमा पुगे ।

त्यसैगरी ऊर्जा सचिव सरिता दवाडी भदौ १६ देखि २२ सम्म अस्ट्रेलिया पुगेर फर्किइन् । स्वास्थ्य मन्त्रालयका सचिव दिपक सिंह इन्डोनेसिया पुगे भने प्रधानमन्त्री कार्यालयका सचिव रामकृष्ण सुवेदी भदौ १ बाट १४ गतेसम्म अमेरिका घुमेर फर्किए । यो बीचमा कृषि मन्त्रालयका सचिव चीन, उज्वेकिस्तान, वन मन्त्रालयका सचिव कोलम्बो, पर्यटनसचिव चीन पुगे । 

विदेश भ्रमणमा को कहाँ पुगे ?
प्रधानमन्त्री केपी शर्मा ओली        अमेरिका    असोज ४–१४
अर्थमन्त्री विष्णुप्रसाद पौडेल    अमेरिका, उज्वेकिस्तान    उज्वेकिस्तान असोज, अमेरिका कात्तिक
उद्योगमन्त्री दामोदर भण्डारी    भारत    साउन २३–२८
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा    भारत, अमेरिका, क्यानडा, कतार    विभिन्न मिति
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे    भारत    भदौ ७–९
वनमन्त्री ऐनबहादुर शाही    ब्राजिल    भदौ २७–२८
कानुनमन्त्री अजय चौरासिया     थाइल्यान्ड    भदौ २४–२७
स्वास्थ्यमन्त्री प्रदीप पौडेल    इन्डोनेसिया, भारत    विभिन्न मिति
श्रममन्त्री शरतसिंह भण्डारी    जापान    असोज ३
खेलकुदमन्त्री तेजुलाल चौधरी    फ्रान्स    साउन
कृषिमन्त्री रामनाथ अधिकारी    इटाली    असोज २७
वन राज्यमन्त्री रुपा विक    इन्डोनेसिया    


 


प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP