Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध
मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ६, २०८१
File Photo

नारायणगढ-  मौरीपालन विकास केन्द्र भण्डारा चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ । हाल मौरीको चरन समय भएको हुँदा देशका विभिन्न क्षेत्रमा चरनका लागि मौरी लैजानपर्ने हुँदा मौरी चरन गर्दा हुने परागसेचनबाट हुने फाइदाको कम बुझाइका कारण समस्या उत्पन्न हुने गरेकाले कार्यालयले यसका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाल निकायहरुसँग अनुरोध गरेको हो ।  
 
कार्यालयका प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत सुजन अङ्गाईले हाल मौरीपालकले एपिस मेलिफेरा जातको मौरीलाई विभिन्न जिल्लामा चरनमा लैजाने समय आएको बताए । उनले मौरीले बोटबिरुवामा परागसेचन गर्न सहयोग गर्ने भएकाले बाली तथा बोटबिरुवाको वंश संरक्षणमा समेत भूमिका खेल्ने उल्लेख गरे  ।

उनले भने, “अन्य देशहरुमा बिरुवाहरुको फूल खेल्ने समयमा मौरीलाई भाडामा ल्याएर चराइन्छ, तर यहाँ मौरीपालक किसानले उल्टो पैसा तिरेर चराउन लैजाँदा पनि समस्या आउने गरेको किसानको गुनासो हुन्छ, यो कुरा सबैले बुझ्न जरुरी हुन्छ कि मौरी चराउँदा बिरुवाको उत्पादनमा वृद्घि हुन्छ, यसले कुनै पनि हानि गर्दैन ।”  

मौरीहरू विभिन्न प्रकारका फूल फुल्ने बिरुवामा भ्रमण गर्दा जैविक विविधता र पारिस्थितिक सन्तुलन कायम हुने, धेरै बिरुवा प्रजातिको परागसेचनमा योगदान पु¥याई बोटबिरुवाको वंश संरक्षणमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

Hardik health

विभिन्न फूल फुल्ने बोटबिरुवामा खेर जाने पुष्प रस र परागलाई मौरीले संकलन गरी मह तथा कुट बनाउने गर्छ । परागसेचनमा विभिन्न परागसेची जीवमध्ये ७० देखि ८० प्रतिशत कीरा वर्गको भूमिका हुन्छ । त्यसमध्ये मौरीको मात्र योगदान ८० प्रतिशत रहेको उनले जानकारी दिए ।  धेरै बाली परागसेचनमा निर्भर हुने हुँदा मौरीको सङ्ख्यामा कमी भएमा कृषि उत्पादन तथा उत्पादकत्वमा प्रतिकूल प्रभाव पर्न सक्ने प्रमुख अङ्गाईले बताए ।
 
लामो समयदेखि मौरीपालन गर्दै आएका कालिका नगरपालिका–६ का मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले मौरीपालन गर्दा चरनको निकै समस्या हुने बताए । उनले भने , “मौरीलाई चराउन देशका धेरै स्थानमा डुलाउनुपर्छ, विभिन्न स्थानमा लैजाँदा दुःख झेल्नुपर्छ, विभिन्न स्थानीय तह, टोल र घरमा समेत समन्वय गर्नुपर्ने हुँदा निकै झन्झटिलो हुन्छ ।” 

व्यावसायिक मौरीको सङ्ख्या बढी हुँदा चरन क्षेत्रको अभाव पनि हुने गरेको उनले बताए । चरनका लागि नयाँ स्थान खोज्नुपर्ने अवस्था आएको उनको भनाइ छ । नेपाल मौरीपालन महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले महको मूल्य राम्रोे रहेको तर बिचौलियाले किसानबाट सस्तोमा खरिद गरी महँगोमा बेच्ने गरेको गुनासोसमेत गरे ।
 
हाल चितवनमा करिब पाँच सय ५० मौरीपालक किसानले २० हजारभन्दा बढी घारमा मौरीपालन गर्दै आएका छन् । यहाँका किसानले दाङ, प्यूठान, सल्यान, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, रौतहट, मकवानपुर, सर्लाही, महोत्तरीलगायत जिल्लामा मौरी चराउन लैजाने गर्दछन् । जिल्लामा वार्षिक रुपमा नौ सय ‘मेट्रिकटन’ मह उत्पादन हुँदै आएको कार्यालयका प्रमुख अङ्गाईले जानकारी दिए। यहाँ एपिस मेलिफेरा र एपिस सेरेना गरी दुई जातका मौरीको व्यावसायिक रुपमा पालन हुँदै आएको छ ।  


प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP