Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अध्यादेशको त्रासमा साना दल
अध्यादेशको त्रासमा साना दल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ६, २०८१
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत विपक्षी दलका नेताहरू । तस्बिरः रासस 

काठमाडौं– प्रतिनिधिसभामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका १० सांसद छन् । आकारको हिसाबमा एकीकृत समाजवादी छैटौं दल हो । यतिमात्र हैन, राष्ट्रियसभामा आठ सदस्य भएकोले पनि यो दल पाँचौं ठूलो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भन्दा केही शक्तिशाली देखिन्छ । २१ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगसँगै आफू शक्तिशाली भएको एकीकृत समाजवादीको दाबी छ ।

गत निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग तालमेल गरी निर्वाचनमा गएकोले पनि एकीकृत समाजवादीले यो आकार पाएको हो । केपी शर्मा ओलीसँग मतभेद भएपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अलग्गिएर नेपाल र झलनाथ खनालले बनाएको दल हो यो । तर, पछिल्लो समय यो पार्टीका नेताहरु विस्तारै नेकपा एमालेतिरै फर्कन थालेका छन् । नेपालको हात समाएर चर्चामा आएसँगै मन्त्री बनेकी रामकुमारी झाँक्री एमालेमै फर्कने चर्चा छ भने प्रेम आलेले असन्तुष्टि जनाइरहेका छन् ।

हाम्रो सभापतिले अहिले अध्यादेश ल्याउनु ठीक नहुने सुझाव दिनुभएको छ ।
मीन विश्वकर्मा
प्रचार विभाग प्रमुख, नेपाली कांग्रेस
 

उनै आलेको नेतृत्वमा पाँच सांसद फुटाएर लैजान मिल्नेगरी प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले अध्यादेश ल्याउने तयारीसमेत गरेका छन् । तर, सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग कुरा नमिल्दा सोमबार साँझ बस्ने भनिएको नियमित मन्त्रिपरिषद् नै बस्न सकेन । आइतबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि भन्दै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए । उक्त छलफलमा देउवाले तत्काल अध्यादेश ल्याउन नहुने सुझाव दिएको बताइएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार ओलीले जसरी पनि अध्यादेश ल्याउन चाहेका छन् । ‘तर हाम्रो सभापतिले अहिले अध्यादेश ल्याउनु ठीक नहुने सुझाव दिनुभयो,’ विश्वकर्माले भने ।

Hardik health

अध्यादेश नल्याउन विपक्षी दलको चेतावनी
प्रतिपक्षी दलहरुले साना दल फुटाउने गरी अध्यादेश नल्याउन चेतावनी दिएका छन् । सोमबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पाँच प्रतिपक्षी दलले बुझाएको ज्ञापनपत्रमा अध्यादेश नल्याउन भनिएको हो ।

‘राज्यसामू आएका जल्दाबल्दा समस्याहरुलाई सम्बोधन गर्न संसद्मा रहेका प्रतिपक्षी दलहरुसमेतको सल्लाह सहयोग लिई एकताको सन्देश प्रवाहित गर्नुको साटो सरकार टिकाउन दुईदलीय तानाशाही लाद्न तथा अन्य दलहरुलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेजस्ता कुनै पनि कार्य नगरियोस्,’ प्रधानमन्त्री ओलीलाई बुझाइएको विपक्षी दलको ज्ञापनपत्रमा भनिएको छ ।

दुईदलीय तानाशाही लाद्न तथा अन्य दललाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेजस्ता कुनै पनि कार्य नगरियोस् ।
प्रतिपक्षी दल

ज्ञापनपत्रमा माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपा उपसभापति डोलप्रसाद अर्याल र आम आदमी पार्टीका प्रभु साहको हस्ताक्षर रहेको छ । त्यसअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले अरू पार्टी सिध्याउने अध्यादेश मान्य नहुने बताएका थिए । ‘देशलाई विकास कसरी गर्ने त्यसमा छलफल गर्नूस्, हामी पनि छलफल गर्न तयार छौं तर अरू पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन,’ कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै नेपालले भनेका थिए ।

उनले पार्टी कुनै दलसँग मिल्न खोजेको हो कि भन्ने हल्लाको पछि नलाग्नसमेत आग्रह गरेका थिए । ‘हाम्रो पार्टी एमाले वा माओवादी कसैसँग विलीन हुँदैन, विलीन हुन लागेको चर्चा गलत हो, बेकारको हल्ला हो,’ नेपालले भनेका थिए, ‘हामी आफ्नो अस्तित्वमा चलिरहेका छौं, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नूस् ।’


एकीकृत समाजवादी फुटाउन अध्यादेश !
सरकारले ल्याउन लागेको विधेयक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी फुटाउन केन्द्रित रहेको बताइएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादीका पाँच सांसदलाई आफ्नो पार्टीमा भित्र्याउन अध्यादेशको तयारी गरेको बताइन्छ ।निर्वाचन आयोगका अधिकारीहरु भने अहिले दल फुटाउन अध्यादेशको आवश्यकता नै नपर्ने बताउँछन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल दल विभाजनसम्बन्धी ऐन शून्यतामा रहेको अवस्थामा गत वैशाखमा फुटेको थियो । ऐन शून्यताको अवस्थामा आयोगले ०७८ भदौ ४ गते राजपत्रमा प्रकाशित भएको नियमावलीलाई आधार मान्यो । 

आयोगले दल दर्ताको निवेदन दिएको २४ घण्टा नबित्दै दल दर्ताको प्रमाणपत्र थमाए पनि पार्टी विभाजनविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट यथास्थितिमा छ । उक्त रिटमाथि कुनै आदेश नआइसकेका कारण यही नजिरले अहिले अध्यादेश आवश्यक नभएको आयोगका पदाधिकारी बताउँछन् ।तर एकीकृत समाजवादी ०८३ भदौसम्म विभाजन गर्न कानुनले रोक्छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा विभाजित दल पाँच वर्षसम्म फुट्न नपाइने प्रावधान छ ।

‘उपदफा (२) बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिइ अर्को दल हुनसक्ने छैन,’ उक्त प्रावधानमा भनिएको छ । सोही कारण दल विभाजनका लागि पटक–पटक भएको प्रयास रोकिएको हो । यही पाँच वर्षे प्रावधान हटाउन अध्यादेश ल्याउन कांग्रेस–एमालेको गठबन्धन सरकारले प्रयास गरेको हुनसक्ने आयोगका अधिकारी बताउँछन् ।


 


प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP