Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • तिहारका लागि फूल तयार
तिहारका लागि फूल तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ५, २०८१

घोराही -  तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् । 

घोराही उपमहानगरपालिका–१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसकेका छन्  । उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएको बताए । यसवर्ष पनि डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको र चाडपर्वमा मात्रै नभइ अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको सुनाए । व्यावसायिक रूपमा फूलखेती गरेका उनले यही व्यवसायमा सन्तुष्ट छन् ।

“विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँं । बाहिरी देशमा कमाएकोभन्दा आफ्नै देशमा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ”, रोका मगरले भने । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले जिल्लामा दसैँं तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेका हुन् । 

Hardik health

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका वीरेन्द्र खड्काले पनि घोराही उपमहानगरपालिका–१४ झिंगौरामै व्यावसायिक फूलखेती गर्दै आएका छन् । उनले यसवर्ष दुई बिघा बढी जग्गा भाडामा लिएर फूलखेती गरेका छन्  । विगत चार÷पाँच वर्षदेखि फूलखेती गर्दै आएका छन्  । २६ वर्षीय उनले बालिविज्ञान विषयमा तीनवर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गरेका छन् । गत वर्ष तिहारको समयमा रु सात लाख बढीको फूल बेचेर आम्दानी गरेका उनले यस वर्षको तिहारका लागि पनि फूल फुलाइसकेका छन्  ।  

यस्तै, घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका इन्द्रा बुढाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन् । यसवर्ष उहाँले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गरेका छन्  । बुढाले विगत आठ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको बताए। “विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु । विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ”, उनले भने,“ यसपटक पनि माग आउन थालिसक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ ।” 

प्लास्टिकजन्य माला विस्थापित 

तिहारकोे अवसरमा दाङको लमही नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ । 

लमही नगरपालिकाभित्र विभिन्न पाँचजना व्यवसायीले सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । लमही नगरपालिकाको– ३, ५ र ६ मा गरी कूल २२ कठ्ठा १५ धुर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको कृषि शाखाले जानकारी दिएकोे छ । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन् ।  


प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने सोमबार, असोज ६, २०८२
मिथिलामा ‘दशहारा’ पर्वको रौनक
मिथिलामा ‘दशहारा’ पर्वको रौनक सोमबार, असोज ६, २०८२
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने सोमबार, असोज ६, २०८२
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता सोमबार, असोज ६, २०८२
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सोमबार, असोज ६, २०८२
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी सोमबार, असोज ६, २०८२
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP