Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • निर्वाचनको पूर्वसन्ध्यामा जापानका प्रधानमन्त्री इशिबालाई कमजोर समर्थन
निर्वाचनको पूर्वसन्ध्यामा जापानका प्रधानमन्त्री इशिबालाई कमजोर समर्थन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ५, २०८१

टाेकियाे -   जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाको अनुमोदन आगामी अक्टोबर २७ मा हुने आम निर्वाचनअघि घटेको एक साताको सर्वेक्षणले देखाएको छ ।पूर्व रक्षामन्त्री इशिबाले लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेतामा निर्वाचित भएपछि यसै महिना पदभार ग्रहण गरेका थिए ।  

इशिबाका पूर्ववर्ती फुमियो किशिदाको कार्यकालमा कोषको घोटाला र ‘युनिफिकेसन चर्च’सँग एलडीपीका सांसदहरूको सम्बन्ध र बढ्दो मूल्यवृद्धिमा मतदाताहरूको असन्तोषका कारण पार्टीको रेटिङमा गिरावट आएको थियो।

क्योदो न्यूजले शनिबार र आइतबार गरेको सर्वेक्षणले इशिबाको क्याबिनेटका लागि हालको अनुमोदन रेटिङ ४१.४ प्रतिशत रहेको देखाएको छ।करिब एक हजार २६० मतदातामा गरिएको पछिल्लो सर्वेक्षणमा अस्वीकृति दर ४०.४ प्रतिशत रहेको क्योदोले आइतबार जनाएको छ । अक्टोबर १२ देखि १३ सम्म भएको मतदानमा ३६.७ प्रतिशतले असहमति जनाएका थिए ।

Hardik health

“यो चुनाव हाम्रा लागि वास्तवमै जटिल र कठिन हुनेछ,” इशिबाले गत साता चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए ।  उदारवादी झुकाव भएको असाही शिम्बुन पत्रिकाले सप्ताहान्तमा गरेको अर्को सर्वेक्षणमा इशिबाको क्याबिनेटलाई ३३ प्रतिशतले समर्थन गरेको पाइएको थियो। असाहीको रिपोर्टमा भनिएको छ, “यो ४२ प्रतिशत अनुमोदन र ३१ प्रतिशत अस्वीकृति जनाइएकोे योे परिणाम सन् २०२१ मा किशिदाले प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो आम निर्वाचनअघि सामना गर्नुपरेको भन्दा पनि खराब छ ।” 

 एलडिपी र उसको कनिष्ठ गठबन्धन साझेदार कोमेइतोले आगामी निर्वाचनमा बहुमत गुमाउने खतरा रहेको उक्त दैनिकपत्रिकाले जनाएको छ । जिजी प्रेसले आफ्नो सर्वेक्षण र रिपोर्टिङले गठबन्धनले आफ्नो बहुमत कायम राख्ने सम्भावना देखाएको छ, यद्यपि एलडीपीले एक्लै बहुमत प्रप्त गर्न सक्दैन। यो सम्भावना अन्य सञ्चारमाध्यमले विगतका धेरै सर्वेक्षणहरूमा प्रतिबिम्बित गरेको भन्दा पनि  खराब छ।

सन् २०१२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेले भारी मतान्तरले जित हासिल गरेपछि कन्जरभेटिभ एलडीपी र बौद्ध धर्मावलम्बी समूह समर्थित नरमपन्थी पार्टी कोमेइतो सत्तामा छन् । एलडीपीलाई सन् २००९ मा अधिक बामपन्थी विपक्षीहरूले पराजित गरेका थिए।एलडीपीका महासचिव हिरोशी मोरियामाले आइतबार सार्वजनिक प्रसारक एनएचकेद्वारा प्रसारित एक बहस कार्यक्रममा भने, “हामीले हाम्रो बहुमत गुमाएनौँ वा गुमायौँ भने पनि हामीले समान नीतिका साथ देशको विकास गर्न प्रयास गरिरहेका पार्टीहरूसँग सकारात्मक वार्ता गर्नुपर्छ।”


प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP