Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रविको विषयमा देउवा–ओलीबीच ‘ठाकठुक’   
सहकारी ठगी प्रकरण रविको विषयमा देउवा–ओलीबीच ‘ठाकठुक’   
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २, २०८१
  • सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने विषयमा देउवा–ओलीबीच वादविवाद
  • लामिछानेलाई कारबाही गर्न ओली अनिच्छुक देखिएपछि दुई नेताबीच ठाकठुक
  • गृहमन्त्रीले ‘पक्र’ भनेको व्यक्तिलाई प्रहरीले नपक्रेपछि कांग्रेस नेताहरु रुष्ट
  • लामिछानेको काँध थापेका माओवादी अध्यक्ष दाहाल पछिल्लो समय ‘युटर्न’


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माबीच रवि लामिछाने पक्राउको विषयमा ‘ठाकठुक’ परेको छ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने विषयमा दुई शीर्ष नेताबीच बुधबार बिहानै ठाकठुक परेको कांग्रेसका एक नेताले बताए ।

जसकारण प्रधानमन्त्री ओलीले यो सरकार नढल्ने भन्दै बुधबार दिउँसो प्रहरी दिवस समारोहमा आफ्नो अभिव्यक्ति प्रकट गरेको ती नेताको दाबी रह्यो । ‘रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्नुपर्छ भन्ने कांग्रेसको अडान हो । तर प्रधानमन्त्री ओलीले मानिरहेको देखिएन,’ ती नेताले भने, ‘यो कांग्रेस र गृहमन्त्री रमेश लेखककै साखको कुरा भएकोले दुई नेताबीच कुराकानी भएको हो ।’

विभिन्न सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमार्फत अपचलन गरेको अभियोग लागेका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई अहिले फरार छन् । उक्त टेलिभिजनका प्रबन्ध निर्देशक रहेका लामिछाने अहिले रास्वपाका सभापति छन् । चितवनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी माओवादी अध्यक्ष दाहाल नेतृत्वको पूर्ववर्ती सरकारमा गृहमन्त्री थिए । 


गृहमन्त्री ‘पक्र’ भन्ने, प्रहरीले नपक्रने

Hardik health

नेपाली कांग्रेसले सदनमा जोडदाररुपमा उठाएको विषय हो– सहकारी ठगीमा रास्वपा सभापति लामिछानेको संलग्नता । लामिछानेको पक्षमा काँध थापेको एमालेकै नेता राखेर कांग्रेसको अडानमा छानबिन भयो विशेष संसदीय समितिबाट । समितिको प्रतिवेदनमा लामिछानेलाई घुमाउरो पारामा दोषी देखाउन खोजिएको छ । यसैले उनलाई जसरी पनि पक्राउ गर्नुपर्ने अडानमा कांग्रेस देखिन्छ ।

कांग्रेस महामन्त्री थापाले यसलाई कांग्रेसको साखको रुपमासमेत हेरेका छन् । उनले कांग्रेस सभापति देउवासँग पटक–पटक यो मुद्दालाई उठाउने गरेका छन् । गगनलाई थुम्थुम्याउन देउवाले असोज २ गते सानेपामा आयोजित पार्टीको कार्यक्रममा लामिछाने निकै चलाख देखिएको बताएका थिए । ‘रवि लामिछाने चलाख मान्छे रहेछन् । मलाई त छक्कै पार्दिए, सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको रहेछ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ देउवाले भनेका थिए ।

लामिछाने पक्राउमा देउवाले चासो दिन छाडेपछि थापा आफैं माओवादी अध्यक्षलाई भेट्न पुगेको बताइएको छ । यद्यपि, लामिछानेलाई पक्रने विषयमा प्रधानमन्त्री ओली अनिच्छुक हुँदा देउवा मौन बसेको कांग्रेस नेताहरुको भनाइ छ । ‘प्रतिवेदनले रविलाई जसरी पनि अनुसन्धानमा तान भनेको छ । गृहमन्त्री कांग्रेसकै छन् । तर, प्रधानमन्त्रीको आडमा लामिछाने खुलेआम हिँडिरहेका छन्,’ कांग्रेसका एक नेताले भने, ‘गृहमन्त्रीले पक्र भन्ने, प्रहरीले नपक्रने । यो त अचम्मै भइरहेको छ ।’ यसै विषयमा महामन्त्री थापाले करकर गरेपछि रविको विषयमा देउवा र ओलीबीच ठाकठुक परेको ती नेताले बताए ।

गगनसँगको भेटपछि दाहालको ‘युटर्न’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सहकारीको रकम अपचलनको विषयलाई लिएर कांग्रेसले लामो समय सदन अवरुद्ध पारेको थियो । दाहाल सरकारमा गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई केन्द्रित गरेर कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेको थियो । तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले भने कांग्रेसको माग व्यर्थको भएको आरोप लगाउँदै लामिछानेको बचाउ गरेको थियो । त्यही बलमा दाहालले पनि लामिछानेको बचाउ गरेका थिए ।

उनै दाहाललाई दसैंअघि कांग्रेस महामन्त्री गगन थापाले भेटेका थिए । भेटमा गगनले लामिछानेलाई कारबाहीको वातावरण बनाएर सहयोग गरिदिन आग्रह गरेका थिए । गगनसँगको भेटपछि दाहालले लामिछानेलाई कारबाही गरे आफूले अवरोध नगर्ने भन्दै ‘युटर्न’ लिएका छन् ।असोज २३ गते दाहालले आफूले लामिछानेको बचाउ गर्न नखोजेको दाबीसमेत गरे । बरू उनले एमाले नेता सूर्य थापाको नेतृत्वमा बनेको विशेष संसदीय समितिको प्रतिवेदन कार्यान्वयन नगर्न एमाले नै लागेको आरोप लगाउन भ्याए ।

‘मैले सुनेको कुरा के हो भने त्यहाँ राजनीतिक चलखेल भइरहेको छ । नत्र अस्ति गिरफ्तार गर्ने अन्तिम तयारी भइसकेको थियो भन्ने पनि छ,’ दाहालले भनेका थिए, ‘यो प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भन्ने सरकारको कुरा हो, यसमा डिस्टर्ब गर्ने पक्षमा हामी छैनौं ।’ प्रधानमन्त्री ओली न्युयोर्क पुगेकै बेला असोज ६ गते लामिछानेलाई प्रहरीले पक्राउको तयारी गरेको थियो । तर, ओलीले केही समय ‘होल्ड’ गर्न लगाएपछि यो प्रकरण सेलाएको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP