Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • मौलिक बिम्ब खोज्दै रुपान्तरणको अभियानमा नेपाली ललितकला
मौलिक बिम्ब खोज्दै रुपान्तरणको अभियानमा नेपाली ललितकला
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १, २०८१

काठमाडौं - कोभिड–१९ बाट आक्रान्त भएको नेपाली ललितकला पछिल्लो समयमा बिस्तारै माथि उठ्न थालेको छ । कोरोनाको असरलाई पन्छाएर नेपाली ललितकलाले देशविदेशमा आफ्नो प्रभाव देखाउन थालेको छ । विभिन्न देशका कलाकारको सहभागितामा कला कार्यशाला तथा प्रदर्शनीहरु नेपाल र बाह्य देशमा बढ्न थालेको छ । 

ललितकला प्रज्ञा–प्रतिष्ठानले त्यसको नेतृत्वमा आफ्नो मौलिकता खोजिरहेको छ र रुपान्तरण अभियान अघि बढाइएको छ । ललितकलाले सामाजिक चेतनालाई गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । कला र साहित्य समाजको ऐना हो । कलाले प्रकृति, देश, भूगोल, जातजाति र समुदायका संस्कृति, संस्कार बिम्बात्मक रूपमा चित्रण गर्छ । विशेषगरी कलामा विभिन्न समुदाय, तिनका वेशभूषा, संस्कृति, भूगोल र प्रकृति आदिको कलात्मक बिम्ब भर्छ, जसले विश्वमा राष्ट्र र राष्ट्रियता चिनाउँछ, स्रोतका रूपमा अभिलेख बस्छ ।

सोही भावलाई आत्मसात् गर्दै संस्थागत रुपमै सातै प्रदेशमा लुकेका नेपाली ललितकलालाई समेटेर इतिहासमै पहिलो पटक यसवर्ष सङ्घीय राज्यको अनुभूत हुनेगरी प्रादेशिक ललितकला प्रदर्शनी भयो । त्यही प्रदर्शनीबाट छानिएका मौलिक, कलात्कम र उत्कृष्ट कलाकृतिले राष्ट्रिय ललितकला प्रदर्शनीमा स्थान पायो । 

यसअघिका ललितकला गतिविधि काठमाडौँ उपत्यकामा मात्रै सीमित हुने परम्परालाई तोड्दै कर्णाली र सुदूरपश्चिमको कुनादेखि पूर्व कोशीको विकट गाउँका सिर्जनाले काठमाडौँ उपत्यकामा प्रवेश पायो । नेपाली कलाको सातवटै प्रदेशमा एक÷एकवटा कला हब बनाउने रणनीतिक योजना अघि सारिएको छ । बागमती प्रदेशको रामेछापस्थित सुनापाती गाउँपालिकालाई थाङ्का कला हर्बका रुपमा विकास गर्न थालिएको छ । लुम्बिनी प्रदेशको गढवा दाङलाई सेरामिक्स हब बनाउने कार्य प्रक्रिया अघि बढेको छ । अन्य प्रदेशमा समेत सम्भाव्यता खोजी भइरहेको छ ।

Hardik health

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली भन्नुहुन्छ, “राष्ट्रिय सामाजिक रुपान्तरणको ध्येय जोडेर ललितकलाको प्रगतिकथपको मूल बाटो लोकल थ्रू सेन्टर टू ग्लोबल, अनि ग्लोबल थ्रू सेन्ट्रल टू लोकलको समायोजन मिलाउँदै स्थानीय, प्रदेश र केन्द्रीय पहिचान बढाएर कलालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुहँच पुर्याउने रणनीतिक योजना अघि सारिएको छ ।” 

उनले नेपाली हावापानीको कलात्मक जिन्दगी प्रस्ट्याउने गरी विशेष अध्ययन अनुसन्धानको प्राथमिक आवश्यकता समेत रहेको औँल्याए । ‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, अनुसन्धान सिर्जना र सम्मान’ भन्ने भावमा रहेर नै कलामा रुपान्तरण खोजिरहेको कुलपति हार्तम्छाली बताए ।

यसपटक बृहत् उद्देश्यका लागि योजना अघि सारिएको छ । कलाले आर्थिक विकास र पर्यटनमा सहयोग पुर्याउन जरुरी छ । मौलिकताको जगेर्ना, अन्तर्राष्ट्रिय सम्बन्धको विकास, रोजगारी सिर्जना र अर्थतन्त्रमा टेवा पुर्याउन सकेन भने कला सिर्जनाको महत्व कमजोर हुन्छ । यही कुरालाई दृष्टिगत गरी कला र सिर्जनाका आयामलाई फराकिलो पार्दै रैथाने कला र संस्कृतिको खोजी गरिरहेको बताउनुहुन्छ, प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली ।

नेपाली चित्रकला मूर्तिकला (आधुनिक), अन्य सिर्जनात्मक (बहुआयामित) कला, रैथानै मौलिक शिल्प ज्ञानको प्रवद्र्धनात्मक कार्यका लागि खोजअनुसन्धान, अभिलेखीकरण र प्रकाशन कार्यलाई बढावा दिइको बताउँदै थुम्केलीले भने, “यसपालि मौलिक बिम्ब खोज्दै नेपाली ललितकलालाई पुनर्जागृत गर्ने कार्यको थालनी गरिएको छ ।”

यस्ता छन् नीति तथा कार्ययोजना 

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले गएको वर्षदेखि ललितकलाको क्षेत्रमा बहुआयामिक काम भएको बताए । कला गतिविधि देशभर बढ्दो क्रममा रहेको र कला सम्मेलन नै गरेर समस्या पहिचान गरी समाधानको प्रयास गरिएको उनले बताए । उनका अनुसार आगामी दिनमा पनि त्यसले निरन्तरता पाएको र थप कार्यक्रमहरु आएको छ ।

यस वर्ष प्रादेशिक प्रदर्शनी र राष्ट्रिय प्रदर्शनीलाई विस्तृत र व्यवस्थित गर्ने, पुस्तकालय, ग्यालरी, सङ्ग्रहालयको विकास गर्ने, नीतिगत समस्या सुधार, सामाजिक रुपान्तरण, सचेतना र जागरणका काम अघि बढाउने योजना अघि सारिएको छ । 

यस्तै, कला सर्वेक्षण, खोजअनुसन्धान, प्रशिक्षण कार्यशाला, आर्ट क्याम्प, सम्मेलन गरी कलालाई उद्यमशीलता एवं पर्यटन प्रवद्र्धनसँग जोड्ने, चित्रकला, मूर्तिकला वास्तुकलाको ऐतिहासिक पक्षको खोज र अनुसन्धान गर्ने रहेको छ ।
 
यस्तै, थारू वास्तुकला, भित्तेचित्र, किरात वास्तुकला तथा स्थान विशेषका कलाको खोजअनुसन्धान कार्यसमेत अघि बढाउनेगरी रणनीतिक योजना बनाइएको छ । हरेक प्रदेशमा कला हर्बको विकास गर्ने, गणतन्त्र, सहिद दिवस, संविधान दिवस, अरनिको दिवसका कला गतिविधि अघि बढाउन थालिएको छ । प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महत्तो देशभरका ललितकलालाई उजागर गर्नेगरी कार्य अघि बढाइएको र सोही अनुसारका योजना अघि सारिएको बताए ।  

उनका अनुसार यसका लागि राज्यको सोच सकारात्मक हुनुपर्ने, कलाको विकासमा ध्यान जानुपर्ने उहाँले बताए । अझै पनि कला सिर्जना राज्यको प्राथमिकतामा पर्न सकेको छैन ।  बजेट दिन हिच्किचाउने गरिएको छ । जुन मुलुक कलाले समृद्धि छ त्यो मुलुक हरेक हिसाबले समृद्ध हुन्न भन्ने कुरा बुझ्न जरुरी रहेको कलाकार बताउँछन् । 


प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP