Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता गुम्ने त्रासमा ओली
सत्ता गुम्ने त्रासमा ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नेतृत्वको सत्ता गुम्छ कि भन्ने चिन्तामा परेका छन् । बुधबार प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रधानमन्त्री ओलीले उक्त चिन्ता प्रकट गरेका हुन् ।

ओलीले वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने हल्ला दैनिक सुन्ने गरेको उल्लेख गर्दै यो भ्रममात्र भएको तर्क गरे । ‘कुनै पनि भ्रमहरुमा पछि नपर्न म आग्रह गर्न चाहन्छु । अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छ । दसैंपछि तुरुन्त परिर्वतन हुन्छ रे ! कुन दसैं भन्या ? ०८४ को दसैंपछिको चुनावपछि हो भने ठीकै हो,’ ओलीले भने ।

इतिहास बोकेका कांग्रेस र एमाले मिलेर बनेको छ । यो खरानीको डल्लो होइन, सरकार लगभग दुईतिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।
केपी शर्मा ओली
प्रधानमन्त्री

प्रमुख राजनीतिक दल नेपाली कांग्रेससँग गठबन्धनपछि गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बेलामात्र यो सरकारको नेतृत्व फेरिने बताए । ‘मैले पहिले नै भनिसकेको छु, म एक वर्ष नौ महिना जति प्रधानमन्त्री रहने होला । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । मैले पहिले नै भनिसकेको छु । त्यसपछि आफैं फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व लिनुहुन्छ । चुनाव उहाँको नेतृत्वमा हुन्छ । यस कुरामा ढुक्क हुन म आग्रह गर्दछु,’ उनले भने ।

Hardik health

यतिमात्र हैन ओलीले आफू झन्डै दुईतिहाइ नजिकको प्रधानमन्त्री भएको दाबीसमेत पेस गरे । ‘इतिहास बोकेका कांग्रेस र एमाले मिलेर बनेको छ । यो खरानीको डल्लो होइन, सरकार लगभग दुईतिहाइको छ भन्ने सबैमा हेक्का रहोस्,’ ओलीले भने ।

मलाई के लाग्छ भने यो सरकार जुन रूपमा र जसरी बन्यो सुरूमै मैले अनुमान गरिसकेको थिएँ । सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो । अहिलेको घटनाक्रमहरूले करिब–करिब त्यस्तै संकेत गरेको छ । हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आँकलन पनि त्यही छ ।
पुष्पकमल दाहाल
अध्यक्ष, माओवादी केन्द्र


अहिले सरकारमा कांग्रेससहित एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी छ । संविधान संशोधन गर्ने वाचा गरेका प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १८८ जनाले विश्वासको मत दिएका थिए । प्रतिनिधिसभाको दुईतिहाइ बहुमतका लागि १८४ सांसदको समर्थन आवश्यक हुन्छ ।

चार दलमध्ये नेपाली कांग्रेस ८८, नेकपा एमालेसँग ७८, जसपासँग सात र लोसपासँग चार सांसद छन् । त्यसैगरी छ सांसद रहेको जनमत पार्टी, पाँच सांसद रहेको जनता समाजवादी पार्टी नेपाल, चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र पार्टीकोसमेत ओली नेतृत्वको सरकारलाई साथ रहेको छ ।

के सरकार ढल्न लागेको हो ?
आफूलाई पदच्युत गरेपछि यसअघिका प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेलाबेला दसैंपछि सरकार ढल्ने दाबी गर्दै आएका थिए । बुधबारमात्र नेपाल न्युज बैंकसँगको कुराकानीका क्रममा दाहालले वर्तमान सरकार ढल्ने वातावरण बनिसकेको ठोकुवा गरे । ‘मलाई के लाग्छ भने यो सरकार जुन रूपमा र जसरी बन्यो सुरूमै मैले अनुमान गरिसकेको थिएँ । सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो । अहिलेको घटनाक्रमहरूले करिब–करिब त्यस्तै संकेत गरेको छ । हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ, धेरैको आँकलन पनि त्यही छ,’ कुराकानीका क्रममा दाहालले भने ।

दाहालले भनेको राजनीतिक वातावरण कस्तो ? माओवादी नेताहरुका अनुसार ओलीलाई बाइपास गरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष दाहाल नेकपा ब्युताउँने अभियानमा छन् । नेपाल र दाहाल नेकपाको अध्यक्ष विद्यादेवी भण्डारीलाई बनाउने विषयमा करिब–करिब सहमत छन् । यस विषयलाई लिएर वर्षमान पुन विद्यादेवीकहाँ दूत बनेर पुगेका थिए । पछिल्लो राजनीतिक घटनाक्रममा चिनियाँ पक्षले वर्षमानलाई प्रयोग गर्दै आएका छन् । विद्यादेवी पनि एमालेमा ओलीइतरको गुट निर्माणमा सक्रिय छिन् ।

कांग्रेस र एमालेको सरकार अनैतिक तवरले बनेकोले आफैं ढल्नेमा आफू विश्वस्त रहेको दाहालको तर्क थियो । ‘मैले भनेको छु यो सरकार गलत तरिकाले, बडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रुपमा बनेकाले आफैं ढल्छ भन्ने लाग्छ । हामीले धेरै मिहेनत गर्नुपर्छ भन्ने नै लाग्दैन,’ अध्यक्ष दाहालले भने । यता नेपाली कांग्रेसले पनि ओलीको पछिल्लो गतिविधिप्रति असन्तुष्ट जनाउँदै आएको छ ।


रिसाएकै हुन् त देउवा ?
Deuba1701664346.jpg
प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत असोज ३ गते पार्टीको एक कार्यक्रममा ओली सरकारप्रति लक्षित गर्दै भनेका थिए, ‘फ्र्यांकली भन्छु, शेरबहादुर देउवा रिसाएको एक मिनेटपछि सेकेन्डभरमा यो सरकार ढल्छ ।’

उनले भनेझैं के कांग्रेस सभापति देउवा ओलीसँग रिसाएका हुन् ? यस विषयमा पछिल्ला केही घटनाक्रमलाई अध्ययन गर्दा कांग्रेस प्रधानमन्त्री ओलीसँग असन्तुष्ट देखिन्छ । कांग्रेस ओलीसँग असन्तुष्ट हुनुको पहिलो कारण हो, उपसभामुख इन्दिरा रानालाई कारबाही । अमेरिकामा पाँच जनालाई पठाउन अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा उपसभामुखलाई कारबाही गर्ने कांग्रेसको मनसाय थियो । तर, एमाले तयार नभएपछि यस विषयमा कांग्रेस मौन बस्यो । ओली र उपसभामुख राना एकै जिल्लाका र निकटसमेत रहेको बताइन्छ । यसकारण पनि ओली उपसभामुखलाई कारबाही गर्न तयार भएनन् । 

कांग्रेस असन्तुष्ट हुनुको अर्को कारण हो सहकारी प्रकरणमा रास्वपा सभापति लामिछानेलाई कारबाही नगर्नु । हुन त सरकारको गृहमन्त्री नेपाली कांग्रेसका रमेश लेखक छन् । तर, प्रधानमन्त्री ओलीकै कारण रास्वपा सभापति लामिछानेलाई पक्राउ नगरिएको कांग्रेसका नेताहरु बताउँछन् । प्रधानमन्त्री ओली न्युयोर्क पुगेकै बेला असोज ६ गते लामिछानेलाई प्रहरीले पक्राउको तयारी गरेको थियो । तर, ओलीले केही समय ‘होल्ड’ गर्न लगाएपछि यो प्रकरण सेलाएको छ । 

ओलीसँग कांग्रेस असन्तुष्ट हुनुको अर्को कारण हो गत असोज ११ र १२ गतेको बाढीपहिरोपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्न नदिनु । प्रधानमन्त्री ओलीले आफू अमेरिकाबाट फर्केपछिमात्र मन्त्रिपरिषद् बैठक बस्ने भनेपछि मुख्यसचिव एकनारायण अर्याल स्याङ्जातिर सम्मान थाप्न पुगेका थिए भने प्रकाशमान पोखरा । यसरी असोज ११ गतेदेखि आएको अविरल वर्षाका कारण देश डुबानमा पर्दा कार्यवाहकले कुनै निर्णय गर्न नपाएको भन्दै ओलीमाथिको असन्तुष्टि कांग्रेसले विभिन्न सञ्चारमाध्यमबाट पोखेको थियो ।

एमाले पार्टी कार्यालय निर्माणका लागि विवादित व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको पछिल्लो विषयले पनि कांग्रेसको असन्तुष्टिलाई बढाएको छ । गुरुङले कीर्तिपुरमा दिएको १० रोपनीभन्दा बढी जग्गामा ओलीले दसैंको अघिल्लो दिन असोज २५ गते पार्टी मुख्यालय भवनको शिलान्यास गरेका थिए । सरकारको नेतृत्वमा रहेका बेला व्यवसायीसँग दलले करिब एक अर्ब बराबरको जग्गा दान लिनुले सुशासन नै संकटमा पर्ने भन्दै चौतर्फी आलोचना भइरहेको बेला कांग्रेसले पनि आलोचना गरेको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरुले बुधबार एमालेको उक्त कदम सही नभएको बताए ।  

यसैगरी ओली नेतृत्वको सरकारप्रति चीन र भारतसमेत असन्तुष्ट रहेको बताइन्छ । भारतलाई रिझाउन ओलीले न्युयोर्क भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न निकै प्रयास गरेका थिए । सुरुमा भेट अनिश्चित भनिए पनि पनि दुई समकक्षीबीच भेटवार्ता भएको थियो । भेटपछि पनि सिंहदरबारदेखि नेताहरुसम्म भन्ने गर्थे– दसैंपछि यो सरकारको भर छैन । अहिले पनि सिंहदरबारमा सहसचिवदेखि माथिल्लो दर्जाका कर्मचारीले ओली सरकारको आयु लामो नभएको तर्क गर्दै आएका छन् ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP