Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १८, २०८१
file photo

एएफपी -  हमास लडाकूहरूले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लगेका थिए । तीमध्ये केही पहिले नै मृतावस्थामा थिए । 

आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ६४ जना अझै बन्धक छन् । इजरायलले उनीहरू जीवित रहेको विश्वास गरेको छ । गाजा पट्टीमा शासन गर्ने प्यालेस्टिनी लडाकू समूहका लागि बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलहरूमा थुनिएका प्यालेस्टिनी कैदीहरूको रिहाइ गर्न महत्त्वपूर्ण मोलमोलाइको माध्यम हुन् । 

५२ पुरुष, १० महिला, दुई बालबालिका बन्धक

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकूहरूले कब्जामा लिएका दुई सय ५१ बन्धकमध्ये एक सय १७ जना मुक्त भएका छन् र तिनीहरूमा अधिकांश महिला, बालबालिका र विदेशी कामदार छन् ।

Hardik health

इजरायली जेलहरूमा थुनिएका दुई सय ४० कैदीको बदलामा अधिकांश बन्धकलाई नोभेम्बरको अन्त्यतिर एक साताको युद्धविरामको समयमा रिहा गरिएको थियो । करिब एक वर्षपछि गाजामा अहिले पनि बन्धक बनाइएका ६४ जना जीवित रहेको इजरायलको विश्वास छ । सेनाले मृत भएका पुष्टि गरेका ७० मध्ये ३३ को शव अझै गाजामा छ ।

गाजामा मृत्यु भएका वा अक्टोबर ७ मा मारिएर त्यस क्षेत्रमा लगिएका ३७ बन्धकको शव सेनाले स्वदेश फर्काएको छ । जीवित रहेको विश्वास गरिएका ६४ मध्ये ५७ जना इजरायली हुन् । यद्यपि तीमध्ये केहीसँग एउटाभन्दा बढी राष्ट्रियता छ । अन्य छ जना थाई नागरिक र एक जना नेपाली छन् । 

बाउन्न जना पुरुष र १० महिला छन् । त्यस्तै ११ जना सैन्य कर्मचारी छन् भने दुई जना बालबालिका छन् । सबैभन्दा कम उमेरको बन्धक कफिर अपहरणमा पर्दा आठ महिना १५ दिनको थिए । उनका दाजु एरियल गाजामा लैजाँदा जम्मा चार वर्षका थिए ।    हमासले यी दुई बालबालिका मरेको बताएको छ तर इजरायलले यसको पुष्टि गरेको छैन ।


जीवित रहेको कुनै प्रमाण छैन

डिसेम्बर १ मा युद्धविराम समाप्त भएयता इजरायली सैन्य कारबाहीका क्रममा अन्य सात बन्धक मात्र जीवितै मुक्त भएका छन् । जीवित रहेको कुनै प्रमाण नभएकाले ६४ जना अझै जीवित छन् कि छैनन् भन्नेबारेमा अनिश्चितता कायम छ ।

 आफ्ना लडाकूहरूले एक इजरायली बन्धकलाई गोली हानी मारेको र अन्य दुईलाई घाइते बनाएको हमासको सशस्त्र शाखाले अगस्ट १२ मा बताएको थियो ।  हमासले धेरै पटक बन्धकहरूको मृत्यु भएको घोषणा गरे पनि इजरायलले त्यसको पुष्टि गरेको छैन । यसबाट परिवारहरू पीडामा छन् ।

शवहरू गाजा लगियो

अक्टोबर ७ मा हमासका लडाकूहरूले इजरायली सैनिकहरूको १० शवसहित केही मृतकलाई गाजामा आफूसँगै लगे ।  युद्ध सुरु भएयता कम्तीमा २८ अन्य बन्धकको गाजामा मृत्यु भएको छ । सन् २०२३ डिसेम्बर १५ मा तीन जनालाई इजरायली सेनाले गल्तीले मारेको थियो । उनीहरू २८ वर्षीय योताम हाइस तथा २६ वर्षका सामेर अल–तलाल्का र एलोन शाम्रिज थिए । 

इजरायली सेनाले हमासमाथि हर्श गोल्डबर्ग–पोलिन, कार्मेल गाट, इडेन जेरुसेलमी, अलेक्जेन्डर लोबोनोभ, अल्मोग सारुसी र ओरी दानिनो गरी छ जनाको हत्या गरेको आरोप लगाएको छ । उनीहरूलाई सैनिकहरूले दक्षिणी गाजाको रफाहमा एउटा सुरुङमा फेला पारेका थिए ।

महोत्सव आक्रमण र किबुत्जका जीवितहरू

अधिकांश बन्धकहरूलाई निर ओज किबुत्ज र नोभा सङ्गीत महोत्सवमा भएको आक्रमणका क्रममा लगिएको थियो ।    अक्टोबर ७ मा निर ओज किबुत्जमा अपहरणमा परेका कम्तीमा ७६ बन्धकमध्ये ४० जना जीवितै रिहा भएका छन् । अरु २० जना अझै गाजामा छन् र जीवित रहेको विश्वास गरिएको छ । बाँकी १६ जनाको मृत्यु भइसकेको छ ।

महोत्सवबाट अपहृत १७ जना मात्र जीवित रहेको र अझै गाजामा बन्धक रहेको विश्वास गरिन्छ । नोभाबाट अपहरणमा परेका कम्तीमा ४३ बन्धकमध्ये नौ जना मात्र रिहा भएका छन् भने अन्य १७ जनाको मृत्यु भएको छ ।

सम्पूर्ण परिवार

अक्टोबर ७ मा सम्पूर्ण परिवारलाई गाजामा लगिएको थियो । उनीहरूका लागि सन् २०२३ नोभेम्बरको युद्धविरामले राहत दिए पनि प्रियजनहरूलाई पछाडि छाड्नुपर्दाको पीडा पनि दियो। फ्रान्सेली–इजरायली बालबालिकाहरू इतान, इरेज र सहर मुक्त भए पनि उनीहरूका बुबा ओहाद याहालोमी र ओफेर काल्डेरोन अझै बन्धक छन् ।
 


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP