Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • कमजोरी ढाकछोपमा उत्रिए प्रधानमन्त्री
कमजोरी ढाकछोपमा उत्रिए प्रधानमन्त्री
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, असोज १६, २०८१

चार हजारभन्दा बढी मानिसलाई उद्धार नगरेको भए बाँच्न गाह्रो हुने थियो । उद्धार गरेर उहाँहरूको जीवन बचाएको छ । सरकारले केही गर्दै नगरेको होइन । कहीँ कतै कमीकमजोरी भएको हुनसक्छ । 
केपी शर्मा ओली
प्रधानमन्त्री

काठमाडौं– लगातार तीन दिने वर्षापछिको बाढीपहिरोले ठूलो जनधनको क्षति हुँदा प्रभावितहरूको उद्धारमा सरकार चुकेको भन्दै सर्वत्र आलोचित छ । प्रधानमन्त्री केपी शर्मा ओली देशले विपत्ति सामना गरिरहँदा छिटो स्वदेश नफर्किएर अमेरिकामा भाषणबाजीमा रमाउँदै हिँडेको भन्दै जनस्तरबाट आलोचना हुँदै आएको छ ।कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले विपद्पछिको उद्धार कार्य छिटो गर्न नसकेको भन्दै आलोचित बने । यसै विषयमा विस्तृत जानकारी दिन प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गरे ।

त्यस क्रममा उनले सरकारले विपद्का बेला प्रशंसायोग्य काम गरेको दाबी गरे । सरकारले उद्धार गरेकै कारण चार हजारभन्दा बढी बाढीपहिरो प्रभावित बाँचेको भन्न भ्याए । ‘चार हजारभन्दा बढी मानिसलाई उद्धार नगरेको भए बाँच्न गाह्रो हुने थियो । चार हजारभन्दा बढीलाई बचाएको छ त ! उद्धार गरेर उहाँहरूको जीवन बचाएको छ । केही गर्दै नगरेको होइन,’ उनले भने, ‘तर, कहीँ कतै कमीकमजोरी भएको हुनसक्छ, आगामी दिनमा सच्याउनुपर्छ ।’

बाढीपहिरोपछि पीडितको उद्धार र राहतको काम सरकार एक्लैको नभएको बताए । सिंगो समाजको काम भएको उनको भनाइ छ । उद्धारमा सरकारको गम्भीर कमजोरी भएपछि उनले सरकारको मात्रै उद्धार गर्ने दायित्व नभएको भन्दै पन्छिएका हुन् । उनले भने, ‘राहत र उद्धार सिंगो समाजको विषय हो । सरकारको मात्रै होइन । सरकार यसबाट मर्माहत छ । केही ठाउँमा ढिलो भएको हुनसक्छ । तर जानीजानी हुँदैन । केही ठाउँमा यता प्राथमिकता भएर एता दौडियो । उता दौडियो ।’

Hardik health

प्रधानमन्त्री ओलीले सरकार विपद्को तयारीमा कमजोर रहेको छर्लंग पारेका छन् । उनको भनाइलाई आधार मान्ने हो भने सरकारले विपद्पछिको प्रतिकार्यमा त ध्यानै दिएको थिएन । मौसम पूर्वानुमान महाशाखाले ठूलो वर्षा हुने र त्यसको क्षति पनि सोहीअनुसार हुने भन्दै सचेत गराए पनि ओलीको भनाइ सुन्दा सरकार प्रतिकार्यमा सरिक थिएन । ‘हाम्रो तयारी यसप्रकारको परिस्थितिका लागि थिएन । हाम्रो मानसिकता यसप्रकारको परिस्थिति आउला भन्ने सोच थिएन,’ ओलीले भने, ‘यस प्रकारको पहिरो जाला, यसप्रकारको भौतिक क्षति होला, यस प्रकारको मानवीय क्षति होला भन्ने अनुमान थिएन ।’

प्रधानमन्त्री ओली स्वदेश फर्कंदा २०० भन्दा बढी नेपाली नागरिकले बाढीपहिरोमा ज्यान गुमाइसकेका थिए । कयौं बेपत्ता तथा घाइते भएका थिए । यही असोज ११ र १२ गते परेको वर्षाले क्षति पु¥याएको हो । नेपाली जनता भीषण बाढीपहिरोमा परेकै बेला ओलीले आफू १२ गते हिँडेको भन्दै जनताप्रति उत्तरादायी देखाउने प्रयास गरेका छन् । यद्यपि, उनले उद्धार कार्यमा कतै कमजोरी देखिएको भए शिक्षा लिएर आगामी दिनमा त्यसो हुन नदिने वचनबद्धता गरे । गृहमन्त्री रमेश लेखकलाई बचाउन पनि ओली लागेको देखियो । नख्खु खोलाबाट झण्डै चार घण्टा उद्धारका लागि हारगुहार गर्दासमेत हेलिकप्टबारमार्फत उद्धार नगरिँदा गैरजिम्मेवार बनेको भन्दै गृहमन्त्री लेखक आलोचित भइरहँदा प्रधानमन्त्री ओलीले उनको कमजोरीलाई पनि ढाकछोप गर्ने प्रयास गरे । 

‘गृहमन्त्रीजीकहाँ मान्छे बगेको रिपोर्ट आयो । आफैं गएर हेर्नसक्ने त कुरा आएन । मान्छे बगे । उद्धार गर्न सकिएन । बगाएर लग्यो । त्यहाँका मान्छेले जे रिपोर्ट दिए । गृहमन्त्रीजीले यही भाषा बोल्नुभयो,’ प्रधानमन्त्री ओलीले भने । उनले नख्खु खोलाले बगाएकामध्ये दुई जना बुबा र छोरीको उद्धार गरेको भन्दै चणिकलाल तामाङलाई धन्यवाद ज्ञापन गरे । तर, यस विषयलाई लिएर सरकार वा सुरक्षा निकायमाथि अयोग्य भनेर अथ्र्याउन नहुने पनि बताए । 

प्रतिकार्यमा सुस्त दल र समिति
बाढीपहिरोजस्ता विपद्मा प्रभावितको छिटो उद्धारका लागि राजनीतिक दलहरूको भूमिका क्रियाशील देखिनुपर्छ । चुनावमा भोट हाल्ने नागरिकलाई बचाउनु उनीहरूको दायित्व पनि हो । तर, दलहरू नागरिकको दुःखमा सँगै छैनन् भन्ने पुष्टि भएको छ । कारण, विपद्का बेला मौन बसेका दलहरूले बल्लतल्ल औपचारिकता पूरा गर्न विज्ञप्ति जारी गरेर उद्धार, राहत र पुनःस्थापनको क्षेत्रमा काम गर्न पार्टी मातहतका नेता कार्यकर्तालाई निर्देश गर्न थालेका छन् ।

मंगलबार बसेको सत्ता नेतृत्व दल नेकपा एमालेको सचिवालय बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुन पार्टी पंतिलाई निर्देश गरेको छ । पार्टी महासचिव शंकर पोखरेलका अनुसार बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरूको परिवार र घाइतेहरूको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ ।

साथै, लाइफलाइनका रूपमा रहेका सडकहरू सञ्चालन गर्न पहिलो प्राथमिकता दिन सुझाएको महासचिव पोखरेलले जानकारी दिए । क्षतिको यकीन विवरण संकलन गर्न र धान लगायतका कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्न पनि आग्रह गरेको छ ।अर्को सत्ता साझेदार दल नेपाली कांग्रेसले भने बाढीपहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला र गाउँ नगर कार्यसमितिको बैठक बसी स्थानीय सरकारसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापना कार्यमा अग्रसरता लिने भएको छ ।महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीको ‘बाढीपहिरोपीडित राहत तथा पुनःस्थापना समन्वय समिति’को सोमबार बसेको बैठकले उपरोक्त कार्यका लागि आवश्यक समन्वय गर्नेसमेत निर्णय गरेको हो ।

बैठकले बाढीपहिरोग्रस्त क्षेत्रमा भएको जनधनको क्षति र बाढीपहिरोको कारण नागरिकले भोग्नुपरेको कठिनाइ, उद्धार, राहत, सुरक्षा र पुनःस्थापनालगायत विषयमा अविलम्ब काम गर्न पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सुझावपत्र बुझाउने निर्णय गरेको छ । यसैगरी, बाढीपहिरोबाट बढी प्रभावित प्रदेशका प्रदेश सरकारलाई उद्धार, राहत र पुनःस्थापनाका सन्दर्भमा थप क्रियाशील बनाउन कांग्रेस प्रदेश कार्यसमितिको तर्फबाट ध्यानाकर्षण गराइने र त्यसका लागि पार्टी केन्द्रले, प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ । 

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा ‘हेल्प डेक्स’ राख्ने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिवास खुमलटारमा बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले मौसम पूर्वानुमानअनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आँकलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको थियो । 

यस्तै, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरूमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको थियो ।मंगलबार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले राहत र पुनःस्थापनाका काम तदारुकताका साथ अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
 


प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP