Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
समाचार
  • Home
  • समाचार
  • 'पर्यटन र शान्ति' भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस मनाइयाे
'पर्यटन र शान्ति' भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस मनाइयाे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ११, २०८१

 सोज ‍ - विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै छ  । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएकाे   छ ।

यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वर्पूण क्षेत्र भएको बताए । उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति अपरिहार्य रहे जस्तै शान्ति विना पर्यटनको विकास समेत सम्भव नभएको धारणा राखे ।

“पर्यटनलाई नेपालको विकासको इन्जिनको रुपमा लैजान सकिन्छ । यसको लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिवद्द्ता यो अवसरमा व्यक्त गर्न चाहन्छु । ”उनले भने । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने गरि राज्य र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताए ।

“ यो वर्षको विश्व पर्यटनको नारा पर्यटन र शान्ति छ । पर्यटनका लागि शान्ति अपरिहार्य छ । एकातिर जलवायु परिवर्तनले विश्व आक्रान्त बनेको अवस्था छ । यसका असरलाई कम गर्दै लैजानु पर्ने छ अवस्था एकातिर छ भने अर्कोतर्फ विश्वले नै शान्ति खोजिरहेको छ । विश्व शान्तिको नै पर्यटनको लागि आधार बन्न सक्छ , ”उनले भने । मन्त्री पाण्डेले देशको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै नीतिगत सुधार र व्यवसायिक बजार योजना सहित निगम सुधार गर्नु पर्ने बताए ।

Hardik health

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटनको विकासको लागि निजी क्षेत्रको महत्वपूणर् योगदान रहेको उल्लेख गर्दै सरकारले पर्यटन मैत्री नीति बनाउने तर्फ काम गरिरहेको बताए ।

मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.गणेश प्रसाद पाण्डेले पर्वतीय पर्यटनमा नेपाल विश्वमा नै अग्रणी रहेको उल्लेख गर्दै पर्यटनबाट थप लाभ लिन सबैपक्षबीच सहकार्य आवश्यक रहेको बताए । 

पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले पर्यटन र शान्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै पर्यटनमैत्री नीतिले मात्रै पर्यटनको विकास सम्भव भएको बताए । 

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अर्बौंको लगानी रहेका र करिब १० लाख व्यक्तिलाई रोजगारी सिर्जना गरेको अवस्थामा राज्यले पर्यटनलाई प्राथमिकतामा राखेर अगाडी जानु पर्ने धारणा राखे । होटल व्यवसायी संगीता श्रेष्ठले नेपालमा पर्यटनको व्यापक सम्भावना भएकोले पर्यटनबाटै समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखिन् । 

४५ औं विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको थियो । यसैबीच दिवसकै अवसरमा आज जजिरा एअरलायन्स र फ्लाई दुवईबाट नेपाल आउने पर्यटकहरुलाई विमानस्थलमा स्वागत गरिएको थियो । नेपाल पर्यटन बोर्डमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकहरुलाई खादा तथा बुद्ध मुर्तिले स्वागत गरेका थिए । 

विश्व पर्यटन दिवसकै अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले सबैभन्दा बढि टिम्स काट्ने पाँच वटा कम्पनीलाई सम्मान गरेको छ । ग्रामिण पर्यटन मञ्च (भिटोफ) ले गुल्मी, धादिङ र संखुवासभाका तीनवटा होमस्टेलाई ३ वटा होमस्टेहरुलाई पर्यटन गाउँ घोषणा गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’ आइतबार, कात्तिक १६, २०८२
मनास्लु पदमार्गमा आवातजावत खुला
मनास्लु पदमार्गमा आवातजावत खुला आइतबार, कात्तिक १६, २०८२
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन आइतबार, कात्तिक १६, २०८२
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी आइतबार, कात्तिक १६, २०८२
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’ आइतबार, कात्तिक १६, २०८२
स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु
स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP