Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि भदौमा ५७ हजारभन्दा बढी विदेशिए
रोजगारीका लागि भदौमा ५७ हजारभन्दा बढी विदेशिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १०, २०८१

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना अर्थात् भदौमा वैदेशिक रोजगारीका लागि ५७ हजारभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनामा ५७ हजार ४९३ जना नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् ।

विभागको तथ्यांकअनुसार भदौमा विदेशिने नेपालीहरुको संख्या गत साउन महिनाको भन्दा दुई हजारले कमी भएको छ । साउनमा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । विभागको तथ्यांकअनुसार नेपाली युवाहरु ९५ वटा मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् ।

गत आवको अन्तिमसम्म पहिलो गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)ले चालु आवको सुरुआती महिनादेखि नै पहिलो स्थान ओगटेको छ । विभागको तथ्यांकअनुसार युएईमा जानका लागि भदौमा १८ हजार ६०५ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै भदौ महिनामा रोजगारीका लागि कतार जान ११ हजार २९१ जनाले श्रम स्वीकृति लिएका छन् । संख्याको हिसाबमा कतार दोस्रो स्थानमा परेको छ । त्यसैगरी तेस्रो स्थानमा परेको साउदी अरेबियामा १० हजार ८३५ जना श्रमिकले श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेको विभागले उल्लेख गरेको छ । गत आवदेखि नै साउदी र कतार जाने नेपालीको संख्या हाराहारीमा रहेको विभागको तथ्यांकले देखाएको छ ।

Hardik health

यस्तै चौथो गन्तव्यमा कुवेत रहेको छ । कुवेतका लागि चार हजार २१५ जना रोजगारीका लागि पुगेका छन् । यस्तै युरोपेली मुलुक रोमानिया पाँचौं स्थानमा परेको छ । जहाँ एक हजार ८८८ जना गएका छन् ।यसैगरी नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको मलेसियामा भने नगन्य मात्रामा श्रमिकले श्रम स्वीकृति लिएका छन् । मलेसिया सरकारले गत मे अन्तिमबाट विदेशी कामदार लिन बन्देज गरेसँगै त्यहाँ जाने नेपालीको संख्या भदौमा एक हजार १९३ जनामात्रै रहेको छ ।

यद्यपि, विभागको तथ्यांकलाई हेर्दा उल्लिखित मुलुकहरुले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशत बढी) ओगटेको देखिन्छ । यसैगरी जापान एक हजार ४५६, बहराइन ९६०, मोरिसस ८२२, माल्दिभ्स जान ७३८, क्रोएसिया ७०९, साइप्रस ६१२, ओमान जान ५०२ र जोर्डनका लागि ३३८ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै भदौ महिनामा इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार १०६ मात्रै रहेको छ ।

विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १७ हजार ९३६ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३९ हजार ५५७ जना रहेका छन् । चालु आवको दोस्रो महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ७२३ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । चालु आव सुरु भएसँगै वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको विभागको तथ्यांकले देखाएको छ । 

यसरी श्रम स्वीकृति लिएर जानेहरुमा उच्च दक्षता भएकादेखि अदक्ष श्रमिक रहेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । भदौ महिनामा उच्च दक्षता हासिल गरेका ५५ जना र पेसागत दक्षता भएका ३०९ जना नेपालीहरु श्रम स्वीकृति लिएर रोजगारीको लागि विभिन्न मुलुकमा पुगेका छन् । वैदेशिक रोजगारीको क्रममा सबैभन्दा बढी दक्ष कामदार गएको विभागले जनाएको छ । यो संख्या ३७ हजार ७८३ रहेको छ । यस्तै अर्धदक्ष श्रमिकका रुपमा छ हजार १७५ जना बाहिरिएका छन् भने १३ हजार १७१ अदक्ष श्रमिक भदौ महिनामा विदेशिएका छन् ।  

धेरै श्रमिक गएका १० मुलुक
युएई– १८,६०५
कतार– ११,२९१
साउदी– १०,८३५
कुवेत– ४,२१५ 
रोमानिया– १,८८८
जापान– १,४५६
मलेसिया– १,१९३
कोरिया– १,१०६
बहराइन– ९६०
मौरिसस– ८२२
 


प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP