Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि भदौमा ५७ हजारभन्दा बढी विदेशिए
रोजगारीका लागि भदौमा ५७ हजारभन्दा बढी विदेशिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १०, २०८१

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना अर्थात् भदौमा वैदेशिक रोजगारीका लागि ५७ हजारभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनामा ५७ हजार ४९३ जना नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् ।

विभागको तथ्यांकअनुसार भदौमा विदेशिने नेपालीहरुको संख्या गत साउन महिनाको भन्दा दुई हजारले कमी भएको छ । साउनमा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । विभागको तथ्यांकअनुसार नेपाली युवाहरु ९५ वटा मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् ।

गत आवको अन्तिमसम्म पहिलो गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)ले चालु आवको सुरुआती महिनादेखि नै पहिलो स्थान ओगटेको छ । विभागको तथ्यांकअनुसार युएईमा जानका लागि भदौमा १८ हजार ६०५ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै भदौ महिनामा रोजगारीका लागि कतार जान ११ हजार २९१ जनाले श्रम स्वीकृति लिएका छन् । संख्याको हिसाबमा कतार दोस्रो स्थानमा परेको छ । त्यसैगरी तेस्रो स्थानमा परेको साउदी अरेबियामा १० हजार ८३५ जना श्रमिकले श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेको विभागले उल्लेख गरेको छ । गत आवदेखि नै साउदी र कतार जाने नेपालीको संख्या हाराहारीमा रहेको विभागको तथ्यांकले देखाएको छ ।

Hardik health

यस्तै चौथो गन्तव्यमा कुवेत रहेको छ । कुवेतका लागि चार हजार २१५ जना रोजगारीका लागि पुगेका छन् । यस्तै युरोपेली मुलुक रोमानिया पाँचौं स्थानमा परेको छ । जहाँ एक हजार ८८८ जना गएका छन् ।यसैगरी नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको मलेसियामा भने नगन्य मात्रामा श्रमिकले श्रम स्वीकृति लिएका छन् । मलेसिया सरकारले गत मे अन्तिमबाट विदेशी कामदार लिन बन्देज गरेसँगै त्यहाँ जाने नेपालीको संख्या भदौमा एक हजार १९३ जनामात्रै रहेको छ ।

यद्यपि, विभागको तथ्यांकलाई हेर्दा उल्लिखित मुलुकहरुले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशत बढी) ओगटेको देखिन्छ । यसैगरी जापान एक हजार ४५६, बहराइन ९६०, मोरिसस ८२२, माल्दिभ्स जान ७३८, क्रोएसिया ७०९, साइप्रस ६१२, ओमान जान ५०२ र जोर्डनका लागि ३३८ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै भदौ महिनामा इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार १०६ मात्रै रहेको छ ।

विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १७ हजार ९३६ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३९ हजार ५५७ जना रहेका छन् । चालु आवको दोस्रो महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ७२३ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । चालु आव सुरु भएसँगै वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको विभागको तथ्यांकले देखाएको छ । 

यसरी श्रम स्वीकृति लिएर जानेहरुमा उच्च दक्षता भएकादेखि अदक्ष श्रमिक रहेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । भदौ महिनामा उच्च दक्षता हासिल गरेका ५५ जना र पेसागत दक्षता भएका ३०९ जना नेपालीहरु श्रम स्वीकृति लिएर रोजगारीको लागि विभिन्न मुलुकमा पुगेका छन् । वैदेशिक रोजगारीको क्रममा सबैभन्दा बढी दक्ष कामदार गएको विभागले जनाएको छ । यो संख्या ३७ हजार ७८३ रहेको छ । यस्तै अर्धदक्ष श्रमिकका रुपमा छ हजार १७५ जना बाहिरिएका छन् भने १३ हजार १७१ अदक्ष श्रमिक भदौ महिनामा विदेशिएका छन् ।  

धेरै श्रमिक गएका १० मुलुक
युएई– १८,६०५
कतार– ११,२९१
साउदी– १०,८३५
कुवेत– ४,२१५ 
रोमानिया– १,८८८
जापान– १,४५६
मलेसिया– १,१९३
कोरिया– १,१०६
बहराइन– ९६०
मौरिसस– ८२२
 


प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP