Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • लाई जलवायु परिवर्तनले ल्यायाे मध्य युरोपमा घातक बाढीको सम्भावना
लाई जलवायु परिवर्तनले ल्यायाे मध्य युरोपमा घातक बाढीको सम्भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ९, २०८१

एपी -  मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको सुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी वर्षाको सम्भावनालाई दोब्बर बनाएको र यसको तीव्रता बढाएको एउटा नयाँ अध्ययनले पत्ता लगाएको छ । 

सेप्टेम्बरको मध्यमा बोरिस आँधीबाट आएको मुसलधारे वर्षाले मध्य युरोपको ठूलो भूभागलाई प्रभावित गर्दा रोमानिया, पोल्यान्ड, चेक गणतन्त्र, अस्ट्रिया, हङ्गेरी, स्लोभाकिया र जर्मनीमा व्यापक क्षति भयो । बाढीबाट २४ जनाको ज्यान गयो, पुलहरू क्षतिग्रस्त भए, कारहरू डुबे, सहरहरू विद्युत्विहीन भए र पूर्वाधार मर्मतका लागि ठूलो आवश्यकता भयो । 

चार दिनको भीषण वर्षा मध्य युरोपमा अहिलेसम्म रेकर्ड गरिएको ‘धेरै ठूलो’ रहेको र कोइला, तेल र प्राकृतिक ग्यास जलाउँदा उत्पन्न हुने तापक्रम वृद्धिका कारण यसको सम्भावना दोब्बर भएको युरोपबाट द्रुत जलवायु एट्रिब्युस अध्ययन गर्ने वैज्ञानिकहरूको एक समूह वर्ल्ड एट्रिब्युसन अध्ययनले बुधबार बताएको छ । अध्ययनले जलवायु परिवर्तनले वर्षालाई सात प्रतिशतदेखि २० प्रतिशतसम्म तीव्र बनाएको बताएको छ ।

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका जलवायु शोधकर्ता जोयस किमुताईले भने, “फेरि पनि एक पटक यी बाढीहरूले जीवाश्म इन्धनसँग प्रेरित तापक्रम वृद्धिको विनाशकारी परिणामहरूलाई उजागर गरेका छन् ।”मानव सिर्जित जलवायु परिवर्तनको प्रभाव परीक्षण गर्न वैज्ञानिकहरूको टोलीले मौसम तथ्याङ्कको विश्लेषण गरे र जलवायु मोडलहरूको प्रयोग गरेर चिसो पूर्वऔद्योगिक कालदेखि आजसम्म यस्ता घटना कसरी परिवर्तन भएका छन् भनेर तुलना गरेको थियो । 

Hardik health

यस्ता मोडलहरूले पूर्वऔद्योगिक कालदेखि हालको एक दशमलव तीन डिग्री सेल्सियको विश्वव्यापी तापक्रम वृद्धिबिनाको संसारको अनुकरण गर्छन र त्यस्तो संसारमा यति गम्भीर वर्षा हुने सम्भावना कति हुन्थ्यो भनेर हेर्छन् । अध्ययनले गम्भीर प्रभाव महसुस गरेका मुलुकहरूमा केन्द्रित रहेर चार दिनको वर्षाको घटनाको विश्लेषण गरेको थियो ।

 “कुनै पनि जलवायुमा तपाईंले कहिलेकाहीँ रेकर्डहरू तोडिउन् भन्ने अपेक्षा गर्नुहुन्छ तर रेकर्डहरू यति ठूलो अन्तरले तोडिएको देख्नु भनेको त्यो वास्तवमै जलवायु परिवर्तनको छाप हो र यो केवल तातिरहेको संसारमा मात्र देखिने कुरा हो”, एट्रिब्युसन अध्ययन टोलीको समन्वय गर्ने इम्पेरियल कलेजका जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले भने । 

बोरिस आँधीबाट उत्पन्न वर्षाको सबैभन्दा गम्भीर प्रभाव विशेषगरी नदी नजिकका सहरी क्षेत्रहरू भएका पोलिश–चेक सीमा क्षेत्र र अस्ट्रियामा महसुस गरिएको थियो । यस महिनाको बाढीबाट मृत्यु हुनेको सङ्ख्या सन् १९९७ र सन् २००२ मा यस क्षेत्रमा आएको विनाशकारी बाढीको तुलनामा धेरै कम थियो । यद्यपि धेरै मामिलामा पूर्वाधार र आपत्कालीन व्यवस्थापन प्रणालीहरू जलमग्न भएकाले यसलाई ठिक गर्न अर्बौं युरो लाग्नेछ ।

गत साता युरोपेली सङ्घ (इयु) का प्रमुख उर्सुला भोन डेर लेयेनले बाढीबाट पूर्वाधार र आवासीय क्षेत्रमा क्षति भोगेका मुलुकहरूलाई अर्बौं युरो सहायता प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । वर्ल्ड वेदर एट्रिब्युसन अध्ययनले अझै बढी तापक्रम भएको संसारमा विशेषगरी पूर्व–औद्योगिक कालदेखि दुई डिग्री सेल्सियसको तापक्रम वृद्धि भएमा हालको स्तरको तुलनामा भयानक चार दिने आँधीको सम्भावना ५० प्रतिशतले बढ्ने चेतावनी दिएको छ । लेखकहरूले यस्ता आँधीहरूको तीव्रता पनि बढ्ने पत्ता लगाएका छन् । 

मध्य युरोपभर भारी वर्षालाई ‘भिबी डिप्रेसन’ को नामले जानिन्छ । यो उत्तरबाट चिसो ध्रुवीय हावा आल्प्स पर्वत माथिबाट बग्दा र दक्षिण युरोपबाट आउने तातो हावासँग भेट्दा बन्दछ । अध्ययनका लेखकहरूले सन् १९५० को दशकदेखि यस्तै भिबी डिप्रेसनहरूको सङ्ख्यामा देख्न सकिने कुनै परिवर्तन फेला पारेनन् ।विशेषगरी चरम मौसमी घटना पछाडि जलवायु परिवर्तन थियो वा थिएन भनी निर्धारण गर्न धेरै समय लाग्ने कुराप्रतिको निराशाका कारण सन् २०१५ मा वर्ल्ड वेदर एट्रिब्युसन समूह सुरु भएको थियो ।


प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP