Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकको रोजाइमा ‘तीनधारे झरना’
पर्यटकको रोजाइमा ‘तीनधारे झरना’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ९, २०८१

काफलडाँडा - काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो ।

रोशिखोलाको तिरबाट उकालो चड्दै गर्दा मन फुरुङ्ग हुन्छ । बादलुको घुम्टोले घरिघरी महाभारतलाई छोपिदिन्छ । केही क्षणमा कपास जस्तै बादल फाटेर महाभारतबाट बगिरहेको तीनधारे झरनाको घुम्टो उघार्दा देखिने मनमोहक दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउने गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक झरनाको अवलोकन गर्दा जो कोहीलाई मोहित तुल्याउछ । 

छिनभरमा बदलिरहने मौसम र बादलको लुकामारीको दृश्यले पुल्कित बनाउँछ । “मनमोहक झरनालाई नजिकबाट साक्षात्कार गर्न पाउँदा आनन्द आइरहेको छ”, झरनासँग डुबुल्की मार्दै धरानका नवीन किरातीले भने, “सामाजिक सञ्जालबाट थाहा पाएर आएको हुँ । यो ठाउँ सुन्दर र आकर्षित रहेछ, यहाँसम्मको यात्राका क्रममा भएको थकानलाई बिर्सायो ।” सल्लाको सुसेली, चराचुरुङ्गीको चिरबिर सुमधुर आवाजले यात्रालाई थप रोमाञ्चक बनाइदिने उनको बुझाइ छ ।

अग्लो महाभारत, वरिपरि हरियाली पहाडका थुम्काले झरनाको सौन्र्दयतालाई बेहुली झैँ सिँगारको छ । प्राकृतिक विविधतासँग भौतिक पूर्वाधारले झरनाको सुन्दरतालाई निखारपन ल्याएको छ । काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विस्तार हुन्दै गएको छ ।

Hardik health

“उचाइ बढ्दै गयो मौसम बदलिन्छ । बादलुको घुम्टो उघार्दा झरनाको रङ्गीविरङ्गी दृश्यावलोकनले जो कोहीलाई मोहित तुल्याउँछ । झरनाको चिसो पानीमा खेल्दा थप मन आनन्दित हुन्छ”, काठमाडौँको कागेश्वरी मनोहरा–७ का प्रमेश थापाले भन्नुभयो, “मनै फुरुङ्ग भएको छ, सारा दुःख, कष्ट बिर्साएर मन हलुङ्गो भएको छ । झरनाको थेरापीले शारीरिक आनन्दको वर्ण गर्न सकिदैन ।” प्रकृतिको अनुपम उपहारका रुपमा रहेको झरनाको प्रचारप्रसार गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिए ।  

थापाले टिकटकमा भाइरल भएको बाहुबली झरनाको रुपमा चिनिने तीन धारे झरना अवलोकन गर्न आएको बताउँदै प्रकृतिको सुन्दर उपहारका रुपमा रहेको यस झरनाले मानिसका दुःख र पीडाका भारी बिसाउने उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गर्नुभयो । “झरनाको स्पर्शले सबै कष्ट बिर्साउँछ । कञ्चन कलकल बहने पानीले रोमाञ्चकारी दृश्यलाई कैद गर्न÷गराउँन बाध्य गराउँछ । अझ पानीमा खेल्दै छाँगाबाट झरना चढ्नुको आनन्द बेग्लै हुन्छ । मानिसका तृप्तिलाई झरनाले दुर गराइदिन्छ”, उनले भने ।

काभ्रेपलाञ्चोकको तीनधारे झरना अवलोकन गर्न जाने जो कोहीलाई उल्लेखित दृश्यले मोहित तुल्याउँछ । समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाइमा रहेको यो झरना अहिले आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको छ । यो झरना अहिले सामाजिक सञ्चालमा पनि चर्चामा छ ।

दक्षिण भारतीय फिल्म बाहुबलीमा देखाइएको झरनासँग मिल्दोजुल्दो भएकाले यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बाहुबली झरना नाम दिएका छन् । काफलडाँडासम्म सडक पहुँच विस्तार भएको छ । सडकबाटो सकिएपछि मुख्य केन्द्रबाट करिब आधा घण्टाको पैदल यात्रापछि तीनधारे झरना पुगिन्छ । यहाँ पुग्न एक हजार ८० मिटर दूरीको यात्रा गर्नुपर्दछ । 

नेपालका प्रसिद्ध झरनामध्ये तेह्रथुम जिल्लामा रहेको सबैभन्दा अग्लो ह्यात्रुङ झरना र म्याग्दीको चर्चित रुप्से झरना पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेका गन्तव्य हुन् । ती क्षेत्रमा उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने गरेका नेपाल पर्यटन बोर्डले जनाएको छ ।पोखराको पातले छाँगोलगायत चर्चित गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । राजधानी नजिकैको तीनधारे झरनाको आनन्द लिन छोटो समय र कम खर्चमा पुगिने उपयुक्त गन्तव्य हो । नेपालमा झरना पर्यटन बढिरहेकाले यसको आवश्यक प्रचारप्रसारमा पर्यटन बोर्डले सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायसँग समन्वय र सहकार्य बढाएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थल तीनधारे झरनाको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको बताए । “गाउँपालिकाभित्रको सम्भावित पर्यटकीयस्थलको पहिचान गरी संरक्षण र प्रवर्द्धनमार्फत आन्दानीको स्रोत बढाउन गाउँपालिकाले येजनाबद्ध रुपमा काम गरिरहेको छ”, उनले भने, “झरनाको संरक्षण, प्रवर्द्धन गरी आर्थिक आम्दानीसँग जोड्ने उद्देश्यले वार्षिक नीति र कार्यक्रममा समावेश गरेर अगाडि बढेका छौँ ।” 

तीनधारे झरनालाई स्थानीयले कोरोनाको बेला फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि चर्चामा आएको अध्यक्ष लामाले जानकारी दिए। पछिल्लो तीनवर्षयता झरना पुग्ने पहुँच मार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिएको उनको भनाइ छ ।अध्यक्ष लामाले झरनालाई बाह्रैमहिना सञ्चालनका लागि व्यवस्थापकीय काम गरिरहेको उल्लेख गरे । उनले पदमार्गमा सिँडी निर्माण, शौचालय, फोहर व्यवस्थापन, खानेपानीको व्यवस्थापनलगायत क्षेत्रलाई थप व्यवस्थित बनाएर लैजाने योजनामा पालिका रहेको जानकारी दिए । 

“झरनालाई प्रवर्द्धन गर्नका लागि आसपासका बासिन्दालाई होमस्टे (घरबास) सम्बन्धी तालिम दिएका छौँ । अहिले चार/पाँच वटा होमस्टे बनिसकेका छन्”, अध्यक्ष लामाले भन्नुभयो, “पर्यटक वृद्धि भएसँगै होमस्टे बढाउने, पदमार्गलाई व्यवस्थित बनाउने, ठाउँठाउँमा विश्रामस्थल, झरनामा पोखरी निर्माणलगायत कार्यक्रमलाई आगामी दिनमा प्राथमिकता दिने छाैँ ।” उनका अनुसार तीन÷चार वर्षको अवधिमा उल्लेख्य सङ्ख्यामा झरना अवलोकन गर्न पर्यटक पुगेका छन् । 

होमस्टेमा फापरको ढिँडो, हरियो मकै, गुन्द्रुकको अचार, काँक्रोलगायत स्थानीय परिकारको स्वाद लिन पाइन्छ । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने नाराका साथ गाउँपालिकाले पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकता दिएको छ । चालु आर्थिक वर्षमा झरना स्थलमा स्वागतद्वार निर्माण गर्ने, बाटोमा रेलिङ र ढुङ्गा विछ्याउने योजना छ । भविष्यमा निश्चित शुल्क तोकेर आम्दानीको स्रोत बनाउने गाउँपालिकाको योजना छ । नमोबुद्ध आउने पर्यटकलाई तीनधारे झरनामा आकर्षण गर्ने र झरनाबाट माथितिर ताराखसे तालभएर पदमार्ग विस्तार गर्ने योजना छ ।

सङ्घीय राजधानी काठमाडौँ नजिक रहेको यो गन्तव्यमा पछिल्लो समय पर्यटक बाक्लो सङ्ख्यामा जाने गरेका छन् । तीनधारे झरनाको उद्गम स्थान महाभारत पर्वत शृङ्खला हो । काभ्रेको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दूरीमा झरना स्थल पुगिन्छ । महाभारत लेकबाट तीनवटा धारा झरेकाले यसलाई तीनधारे झरना भनिएको स्थानीय बताउँछन् । 

प्राकृतिक सुन्दरताले भरिपूर्ण झरना हेर्न सो ठाउँमा सिजनमा दैनिक पाँच छ सय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका घरबास कार्यक्रम ‘होमस्टे’ एण्ड फम हाउसका सञ्चालक सुनिल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य समयमा भन्दा साउनदेखि असोजसम्म उल्लेख्य सङ्ख्यामा पर्यटक आउँछन् । शुक्रबार र बिदाको दिन आन्तरिक पर्यटकको उल्लेख्य उपस्सित हुने उनले बताए । 

विसं २०८० मा स्थापना भएको होमस्टेमा अहिले पाहुनाको भीड लाग्ने गर्दछ । उक्त स्थानबाट सूर्य उदाएको र अस्ताएको देख्न पाइन्छ । हिउँदमा यहाँबाट सर्वोच्च शिखर सगरमाथा पनि अवलोकन गर्न सकिन्छ । काठमाडौँ नजिकको गन्तव्य भएर पनि धेरै सङ्ख्यामा पर्यटक आउन नसकेका घरबास सञ्चालक बताउँछन् । सडक बाटो राम्रो भइदिए अगामी दिनमा पर्यटकको आगमन बढ्ने पर्यटन व्यवसायीको विश्वास छ । झरना अवलोकनमा जाने पर्यटकलाई रोशी किनारका हरियाली फाँटले झनै मोहित बनाउँछ । रैथाने बस्ती, आकर्षक घर, स्थानीय बालीनाली र परिकारको आनन्द यहाँका विशेषता हो ।

कसरी पुग्ने झरनामा

विसं २०२८ मा पत्ता लागेको यो झरनाको उचित प्रचारप्रसार हुन नसक्दा राजधानी नजिक रहेर पनि ओझेलमा परेको छ । पछिल्लो सयम सामाजिक सञ्जाल, सञ्चारमाध्यमलगायतमा झरनाको चर्चा चुलिएपछि अहिले स्थानीय तहले उक्त गन्तव्यको पूर्वाधार विकासका क्षेत्रमा काम गरिरहेका छन् । विस्तारै पर्यटक बढ्न थालेपछि पर्यटक व्यवस्थापनका लागि होटल तथा होमस्टे सञ्चालन गरिएका छन् ।

तीनधारे झरनामा काठमाडौँबाट सडक मार्गबाट धुलिखेल, नमोबुद्ध दाप्चा हुँदै जान सकिन्छ । पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको रोशी गाउँपालिकाले जनाएको छ ।

रोशी गाउँपालिकाका प्राविधिक हिमाल जिसीले पदमार्ग संरक्षण र व्यवस्थित बनाउन प्राथमिकता दिइएको बताए। चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको जनाउँदै उनले जानकारी दिए । शौचालय, कपडा फेर्ने कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संरचना निर्माण गरिएको उहाँले जानकारी दिए । 

वर्षातको समयमा हरियाली र झरना हेर्न आन्तरिक र विदेशी पर्यटक लालायित हुने गरेका छन् । गर्मी छल्नका लागि चिसो पानीमा नुहाउने र फोटो खिच्दै रमाउने युवायुवतीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालका पहाडी जिल्लामा मनमोहक, आकर्षक र सुन्दर झरनाहरू छन् । वर्षायाममा झरनासँगै हरियाली अवलोकन गर्न आउने पर्यटक लालायित हुने गरेका स्थानीय बताउँछन् । 


प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम सोमबार, कात्तिक १७, २०८२
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए सोमबार, कात्तिक १७, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’ आइतबार, कात्तिक १६, २०८२
मनास्लु पदमार्गमा आवातजावत खुला
मनास्लु पदमार्गमा आवातजावत खुला आइतबार, कात्तिक १६, २०८२
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन आइतबार, कात्तिक १६, २०८२
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP