Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
समाचार
  • Home
  • समाचार
  • रेबिज शून्यमा झार्न कुकुर र बिरालो सूचिकृत गरिँदै
रेबिज शून्यमा झार्न कुकुर र बिरालो सूचिकृत गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ९, २०८१

कञ्चनपुर -  रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज सङ्क्रमण शून्यमा झार्ने उद्देश्यले कुकुर र बिरालो सूचिकृत गर्न थालेको हो ।
 
कुकुर तथा बिरालोको टोकाइबाट हुने रेबिज रोकथाम गर्न नगरपालिकाले वडा कार्यालयमार्फत सूचिकृत गर्ने कार्य गरिरहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए । सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने उद्देश्यले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन सञ्चालनको तयारी भइरहेको जनाउँदै सोही अनुसार पहिलो चरणमा सूचिकृत गर्न थालिएको उनले उल्लेख गरे ।

“सूचिकृत भएका कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन सहज होस् भनेर सूचिकृत गरिएको हो”, भट्टले भने, “खोप अभियान सञ्चालन गरी रेबिजलाई शून्यमा झार्ने छौँ । सूचिकृत गर्नका लागि आगामी कात्तिक ६ गते सम्मको समयसीमा निर्धारण गरिएको उनले जानकारी दिए ।

सूचिकृत गर्ने काम सम्पन्न भएपछि त्यसको आधारमा रेबिजविरुद्धको खोप लगाउन वडावडामा टोली परिचालन गरिने शाखा प्रमुख भट्टले बताए । बर्सेनि बहुलाएका स्यालले कुकुर र बिरालोलाई टोक्दा नगरपालिका क्षेत्रमा रेबिजको सङ्क्रमण बढ्दै गएको उनको भनाइ छ ।

Nada Auto Show 2026
Hardik health

दुई साताअघि मात्रै बहुलाएको स्यालले शुक्लाफाँटा–२ रानीपुरमा छजना मानिस र केही घरपालुवा कुकुरलाई टोकेको थियो । बहुलाएका स्यालले घरपालुवा कुकुर, बिरालो, जनावर तथा मानिसलाइ टोक्ने र त्यसबाट रेबिजको सङ्क्रमण सर्ने गरेको शाखा प्रमुख भट्टले बताए।

“जनचेतनाको अभावमा धेरै जनाले रेबिजविरुद्धको खोप नलगाएर घरमा बस्दा अन्यलाई सङ्क्रमण सर्ने जोखिम हुनाका साथै स्थानीयको मृत्यु समेतका घटना भएका छन्”, उनले भने । बहुलाएका स्याल, कुकुर, बिरालोलगायत जनावरले टोकेमा अनिवार्य रेबिजविरुद्धको खोप लगाउनुपर्ने भन्दै खोपबारे जनचेतना फैलाउन स्थानीय जनप्रतिनिधि, सरोकार भएका सङ्घसंस्थालगायत निकायले सहकार्य र समन्वय गर्नुपर्ने शाखा प्रमुख भट्टले जोड दिए ।

“रेबिजको भाइरस शरीरमा प्रवेश गरेको एक सातादेखि एक वर्षभित्रमा शरीरमा सङ्क्रमण देखापर्ने गर्दछ । रेबिजविरुद्धको खोप नलिएमा लक्षण देखा परेका व्यक्तिलाई कुनै पनि हालतमा बचाउन सकिँदैन”, उनले भने । घरपालुवा तथा सामुदायिक (छाडा) कुकुर र बिरालोको बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप लगाउने कार्य सँगै गरिने शाखा प्रमुख भट्टले जानकारी दिए। 


प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:५१
#रेबिज
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह बुधबार, भदौ ३, २०८३
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बुधबार, भदौ ३, २०८३
प्रेस काउन्सिलका चार सदस्यको शपथ
प्रेस काउन्सिलका चार सदस्यको शपथ बुधबार, भदौ ३, २०८३
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय बुधबार, भदौ ३, २०८३
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते बुधबार, भदौ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP