Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #रेमिट्यान्समा रेकर्ड
  • #गाजा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपाल एडभेन्चर एक्स्पो २०२४ शनिबार आयोजना हुँदै
नेपाल एडभेन्चर एक्स्पो २०२४ शनिबार आयोजना हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ८, २०८१

काठमाडौं-  पहिलो संस्करणको सफलतापछि नेपाल एडभेन्चर एक्स्पोको दोस्रो स्रस्करण पनि आयोजना हुने भएको छ ।

एआर भेन्चर्स को आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना शानिबारको दिन नागपोखरीस्थित आरण्य बुटिक होटलमा आयोजना हुने कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाले बताए ।

बिहान १० बजेदेखि साँझ ६ बजे सम्म साे एडभेन्चर एक्स्पो हुने आयोजकले जनाएकाे  छ । कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवद्र्धन गर्ने छ भने इन्टरनेट पार्टनरमा क्लासिटेक, भेन्यु पार्टनरमा अरण्य बुटिक होटल र डिजाइन् पार्टनरमा सत्य मिडिया कोलेभोरेटिभ रहेका छन् ।

यसअघि नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को पहिलो संस्करण दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको थियो । नेपालको भौतिक ,सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको प्रवर्दन, पद–यात्रा, ट्रेकिंङ, हिमाल आरोहण र विभिन्न साहसिक पर्यटकिया गतिविधिहरुमा प्रयोग हुने स्वदेशी तथा विदेशी  ब्रान्डका सामानहरुको प्रदर्शन, किनमेल र नेपालीहरुलाई साहसिक पर्यटन गतिविधिहरुमा प्रोत्साहित गर्ने उद्देश्य सहित हामीले गत वर्ष नै नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना गरेका थियौं र यस पटक पनि सो उद्दश्यसहित दोस्रो संस्करण लिएर आएका शेर्पाको भनाइ छ । 

Hardik health

यस पटकको एक्स्पोमा पनि एक सय भन्दा ब्राण्डका ५० वटा स्टलसहरु राखिने छन्। शेर्पाका अनुसार हाम्रो पहिलो संस्करण पनि राम्रो भएकोले पनि हामीलाई दोश्रो संस्करण अयोजना गर्न अझ होसला मिलेको छ । यो दोस्रो संस्करणको पनि हामीले भव्य सफलतापूर्वक सम्पन्न गर्ने हामीले विश्वास लिएको शेर्पाको भनाइ छ । 

उनले भने, ‘पहिलो संस्करणमा हामीले ५० वटा प्रदर्शकहरु राखेका थियौं । सो कार्यक्रममा दुई हजार पाँच सय भन्दा बढी नेपाली व्यवसायी, ग्राहक तथा अन्तरास्ट्रिय पर्यटकहरुले एक्सपोको भ्रमण गरेको थियो । 

उक्त एक्स्पोमा पिक प्रमोसन ट्रेडिंग, हिमालयन सिङ्गल ट्रयाक, स्विचव्यक नेपाल, इनिसियाटीभ आउटडोर, एक्सटेर्र नेपाल, द लस्ट रिसोर्ट, हाइग्राउन्ड एड्भेन्चर, बलुन नेपाल, एपिक माउन्टेन बाइक, बि. एंड बि. अस्पताल, द बाइक फर्म, फÞलयिङ्ग वन्डरस् प्यारागलाइडिंग स्कुल, हुम्टो, ग्रभिटी नेपाल, पोखरा एण्डुरो, हिमालयन मेडिक्स, द नर्थ फेस्, आरोहण, काठमाडौँ बाइक स्टेशन, हिरो मोटो कर्प नेपाल, लुक्ला आउटडोर, सत्य मिडिया कलेक्टिभ, शान्त नेपाली प्रडक्शन, डुलुवा आउटडोर्स, हिमालयन एभरेस्ट, स्योसल टुर्स, ल्युमिन एड नेपाल, स्न्याक अन नेपाल, श्रेडर्स, ट्रेलमन्डु, नेपाल ट्रेल सिरिज, नोभेल्टिज इन्टरनेशनल, एड्भेंजी, सप्लाई सप्पोर्ट, आशस हेल्थ केर, गेको गेयर, द पम्प, क्लकवर्क ट्रेल्स, हाइटेड नेपाल, ८८५० मिडिया लगायतको स्टलहरु राखिने छ । 

यस पटक पनि दुई हजार पाँच यस भन्दा बढीलाई भ्रमण गराउने योजना रहेको शेर्पाले बताए । उक्त एक्स्पोमा ५० देखि एक सय वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डको स्टल राखिने छ । साथै एक्स्पोमा राखेका विभिन्न ब्राण्डले आफनो ब्राण्डलाई अन्वेषण गर्ने प्लेटफर्म पाउने उनले जानकारी दिए । 

पर्यटन क्षेत्रमा आवद्ध व्यक्तित्ववाहरुबाट अनुभवका कथा, यात्राको बारेमा कार्यशाला र सहसिक पर्यटन सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने अजय नरसिंह राणाले जानकारी दिए ।आयोजकका संस्थापक अजय नर्सिङ्ग राणाले भने, ‘एक दशकभन्दा बढी समयदेखि साहसिक र खेलकुद कार्यक्रमहरू आयोजना गर्नमा विशेषज्ञता हासिल गरिसकेपछि, हामीले २०२१ मा नेपाल बाइसाइकल एक्स्पो सुरु गरेका थियौं । यो एक्स्पो नेपाली साइकल उद्योग भित्रका निर्माता, वितरक र सेवा प्रदायकहरूका लागि विशेष प्लेटफर्मको रूपमा रहेको छ । पहिलो दुई संस्करणको सफलताले हामीलाई हाम्रो क्षितिज विस्तार गर्न र बाहिरी साहसिक दृश्यको लागि अर्को कार्यक्रमको आयोजना गर्न प्रेरित गराएको हो ।’ 

राणाले थपे, ‘नेपाल एडभेन्चर एक्स्पो एक वार्षिक कार्यक्रम हो, जसले साहसिक, बाहिरी सौन्दर्यप्रमी, यात्री र उद्योग व्यवसायीहरूलाई आकर्षित गर्ने उनको भनाइ छ । साहसिक खेलहरू, यात्रा गन्तव्यहरू, क्याम्पिङ गियर, आउटडोर उपकरणहरू, चरम खेलहरु (एक्सटिम स्पोर्टस) र वेलनेससँग सम्बन्धित नवीनतम र सबैभन्दा राम्रो उत्पादनहरू, सेवाहरू, र अनुभवहरू प्रस्तुत गर्न यो एक विशेष कार्यक्रम हो ।’

हिन्दु नेपालीहरुको महानपर्व दशैं र तिहारको बिदा अक्टोबरमा सुरु भएसँगै अहिले धेरैले विभिन्न साहसिक बिदा मनाउन यो समय रोज्न थालेका छन् । यस अवधिमा ग्राहकहरुले आउटडोर गतिविधिहरूको लागि र आफ्नो गन्तव्य, कपडा, सामान र अन्य सम्बन्धित सामागीहरू सबै एकै ठाउँमा पाउने सकिने र सहज हुने शेर्पाको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
‘लोमान्थाङ सङ्ग्रहालय स्थापना’
‘लोमान्थाङ सङ्ग्रहालय स्थापना’ बुधबार, भदौ ४, २०८२
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश शनिबार, साउन ३१, २०८२
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा आइतबार, साउन १८, २०८२
जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, ७महिनामा ६ लाख ४७ हजार
जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, ७महिनामा ६ लाख ४७ हजार शनिबार, साउन १७, २०८२
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध बिहीबार, साउन १५, २०८२
राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने
राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने बिहीबार, साउन १५, २०८२
पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा
पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा बुधबार, साउन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP