Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटनका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
पर्यटनका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ७, २०८१

काठमाडौं -  पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता अभिमुखिकरण अभियान सुरु गरेको छ । यस क्षेत्रमा दक्षजनशक्ति उत्पादन तथा आगामी पुस्तालाई अभ्यस्त गराउने उद्देश्यले बोर्डले अभिमुखिकरण अभियान शुभारम्भ गरेको हो ।

पर्यटन जनशक्तिलाई सशक्त बनाउने लक्ष्यका साथ कार्यक्रम सुरुवात गरिएको बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । “अभियान पर्यटन प्रवद्र्धनको पहल हो । यस कार्यमा विद्यार्थी र उद्योगी व्यवसायीको सक्रिय साथको अपेक्षा गरेका छौँ”, उनले भने, “यो पहल ज्ञान हस्तान्तरणका लागि मात्र नभइ पर्यटन उद्योगको भविष्यलाई आकार दिने युवा नेताहरु बनाउने अभियान पनि हो ।” 

‘इम्पावरिङ फ्युचर टुरिज्म लिडरसिपः शेयरिङ नलेज एन्ड इन्सपायरिङ ग्रोथ’ शीर्षकको मासिक शृङ्खलाको उद्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टका ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थी सहभागी थिए । बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले यस कार्यक्रमले विद्यार्थीलाई उद्यमी बन्नेतर्फ प्रेरित गर्ने बताए । 

Hardik health

बोर्डका वरिष्ठ प्रबन्धक बिमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाबारेमा प्रस्तुतिकरण गरेका थिए । शुभश्री कलेजका प्रिन्सिपल मनिता ओलीले विद्यार्थीले आतिथ्य क्षेत्रमा नयाँ सीप र ज्ञान हासिल गर्दै भविष्यमा पर्यटन पेसाप्रति अभिप्रेरणा जगाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे  ।

यो पहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाबीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ । कार्यक्रमले सिकाइ, सहकार्य र नवप्रवर्तनलाई बढावा दिने जनाइएको छ । यसमार्फत अनुभवी प्रशिक्षक, शिक्षक र विद्यार्थीलाई पर्यटनमा नवीनतम प्रवृत्ति छलफल गर्न र भविष्यका अवसर अन्वेषण गर्न अभिप्रेरित गर्ने कार्यक्रमको समन्वय गरिरहनुभएका बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताए । 

कार्यक्रममा सहभागी हुन चाहने शैक्षिक संस्थाले पर्यटन सम्पदा तथा संशोधन विकास महाशाखाको पर्यटन क्षमता विकास एकाइमा सम्पर्क गर्नसक्ने बोर्डले उल्लेख गरेको छ । बोर्डले नेपालमा दिगो पर्यटन प्रवद्र्धन गर्न र प्रमुख पर्यटन गन्तव्यका रूपमा देशको छवि बढाउन प्रतिबद्ध रहेको भन्दै नवीन कार्यक्रम र साझेदारीमार्फत, बोर्डले पर्यटन उद्योगको विकासलाई दीर्घकालीन सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ ।


प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम सोमबार, कात्तिक १७, २०८२
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए सोमबार, कात्तिक १७, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’ आइतबार, कात्तिक १६, २०८२
मनास्लु पदमार्गमा आवातजावत खुला
मनास्लु पदमार्गमा आवातजावत खुला आइतबार, कात्तिक १६, २०८२
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन आइतबार, कात्तिक १६, २०८२
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP