Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • बुढानिलकण्ठ मन्दिरदेखि डाँडागाउँसम्मको उत्कृष्ट पदयात्रा
बुढानिलकण्ठ मन्दिरदेखि डाँडागाउँसम्मको उत्कृष्ट पदयात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ६, २०८१

काठमाडौं - बुढानिलकण्ठ मन्दिरदेखि डाँडागाउँसम्मको एक दिवसीय पदयात्रा  गरेको छ । सोट्टो नेपाल र बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो नेपाल) र बुढानिलकण्ठ नगरपालिकाद्धारा संयुक्तरुपमा आयोजित एक दिवसीय पदयात्रा गरिएको छ । एक दिवसीय पदयात्राले बुढानिलकण्ठ नगरपालिकाभित्रको उत्कृष्ट सांस्कृतिक र प्राकृतिक सम्पदाको उजागर गरेको हाे  । 

यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटन र शान्ति’ भएको र सोही सन्देशसहित बुढानिलकण्ठ मन्दिर–मुहानपोखरी–विष्णुद्धार–डाँडागाउँ होमस्टेसम्मको प्रचार प्रसार एवं प्रवद्र्धन गरेको हो ।

नेपाल पर्यटन बोर्ड, बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्ड, पर्यटन कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधि, पर्यटन व्यवसायीसहित करिब २०० जनाको उपस्थितिमा एक दिवसीय पदयात्रा सम्पन्न गरेको हो । 

त्यस अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक छटा र त्यस क्षेत्रको सांस्कृतिक महत्व एवं होमस्टेको अर्गानिक खाना लगायत त्यहाँको सम्पदाबारे नगरपालिकाले सबैलाई जानकारी दिँदै घुमौं बुढानिलकण्ठ भन्ने अभियानका साथ नगरपालिका अगाडि बढेको जानकारी गराएको थियो ।

Hardik health

नगरपालिकाकी उपेमयर अनिता लामाले पदयात्रा समापनमा डाँडागाउँसम्मको संस्कृति र प्रकृतिको सदुपयोगमार्फत अर्थाेपार्जनको उपयुक्त माध्यम बनाउन आफूहरु लागिरहेको जानकारी दिइन् । त्यहाँको पदयात्रालाई बिक्री गर्न योग्य बनाउन सबै मिलेर लाग्नुपर्नेमा उनले जोड दिइन् ।  

पदयात्रा समापन गर्दै सोट्टो नेपालका अध्यक्ष भुवन पाण्डेले सबै दल र तीन तहको सरकार मिलेमा पर्यटन दिवसको नाराअनुरुप पर्यटन र शान्ति कायम हुने बताउँदै सांस्कृतिक एवं प्राकृतिक सम्पदामार्फत पाहुनालाई पटक–पटक आउने बनाउन सबै मिलेर लाग्नुपर्ने बताए । पर्यटकलाई आफ्नो यात्रा सम्झनयोग्य बनाइदिन सबैको सहकार्य आवश्यक भएकोमा उनले जोड दिए । आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने भन्दै उनले स्थानीय पालिकाले बजेट छुट्याएर पूर्वाधार सहज बनाइदिनुपर्ने भनाइ राखे । 

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले नयाँ–नयाँ रुट प्रवद्र्धन गर्न सोट्टो नेपालले खेलेको भूमिकाप्रति प्रशंशा व्यक्त गर्दै बोर्डले प्रचार प्रसार एवं प्रवद्र्धनका लागि संधै सघाउने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्यमशिलता विकासमा होमस्टेले सहयोग गरिरहेको भन्दै पर्यटनमा आकर्षण बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने बताए ।

 

नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजालले अमेरिका जापानमा भन्दा पनि नेपालको पदयात्रा पर्यटन उन्नत रहेको भन्दै यस्ता क्षेत्रको उजागर गर्न सोट्टो नेपाल आक्रमक ढंगले लागेकोमा प्रशंशा व्यक्त गरे । सोट्टो नेपालका पूर्व अध्यक्ष यम खड्काले निकुञ्जको प्रकृति नमासिने गरी सहज संरचना बन्नुपर्ने भन्दै बुढानिलकण्ठ मन्दिरसँगै त्यस क्षेत्रको प्रकृतिको सदुपयोगमा नगरपालिकाले पहल लिनुपर्ने धारणा राखे । बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डका अध्यक्ष अर्जुन पाण्डेले त्यस क्षेत्रको प्रचार प्रसारमा सबैको सहयोग आवश्यक रहेको धारणा राखे । 

बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डकी सदस्य एवं पर्यटन व्यवसायी जया बरालले त्यहाँ होमस्टेको मिठो खाना र आतिथ्यताले सबैको मन जितेको भन्दै विश्व प्रसिद्ध पॉच तारे चेन होटल लेमन ट्रि प्रिमियर, होलिडे इन रिसोर्टका साथै रेजेन्टा सब्रिना(रोयल अरकिड होटल ग्रुप) देिख ३/ ४ तारे होटलहरु तथा नन्स्टार होटलहरु रहेको र पर्यटकहरुलाई त्यस क्षेत्रमा बस्न कुनै समस्या नहुने जानकारी दिइन् ।

जुनसुकै स्तरका आन्तरिक तथा बाह्य पर्यटकलाई बुढानिलकण्ठले स्वागत गर्ने जानकारी दिँदै बरालले शान्तिको खोजि गर्न ध्यान र मेडिटेशन गर्ने प्रसिद्ध विपश्यना ध्यान केन्द्र, नागी गुुम्बा, इश्कोन मंन्दिरहरु पनि त्यहाँका उत्कृष्ट सम्पदा रहेको जानकारी दिइन् । सोट्टो नेपालले हरेक वर्ष विश्व पर्यटन दिवसको अवसर पारेर कुनै एक नयाँ गन्तव्यको हाइकिङ(पदयात्रा) गरी त्यसको उजागर गर्दै आइरहेको छ ।


प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम सोमबार, कात्तिक १७, २०८२
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए सोमबार, कात्तिक १७, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’ आइतबार, कात्तिक १६, २०८२
मनास्लु पदमार्गमा आवातजावत खुला
मनास्लु पदमार्गमा आवातजावत खुला आइतबार, कात्तिक १६, २०८२
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन आइतबार, कात्तिक १६, २०८२
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP