Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
  • #दराज
  • #बोराबाध
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • तिब्बती क्षेत्रको पर्यटन प्रवर्द्धनबारे छलफल      
तिब्बती क्षेत्रको पर्यटन प्रवर्द्धनबारे छलफल      
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २७, २०८१

काठमाडौं - प्रसिद्ध पवित्र स्थल कैलास मानसरोवर जाने नेपाली पर्यटकको सङ्ख्या बढेसँगै चीनको बृहत तिब्बती क्षेत्रको पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने भएको छ । 

चीनमा पर्यटकीय भ्रमण व्यवस्थापन गर्ने नेपाली संस्था नेपाल कल्चर एण्ड टुरिजम इन्भेष्टमेन्ट प्रालिको आयोजनामा आज यहाँ ‘सुन्दर चीनः तिब्बती क्षेत्रको पर्यटन प्रवद्र्धन’ विषयक कार्यक्रमको आयोजना गरी तिब्बतको पर्यटकीय सम्भावनाबारे नेपाली पर्यटन व्यवसायी एवं सरोकारवालालाई जानकारी दिइएको हो ।
     
हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीहरुको पवित्रस्थल कैलास मानसरोवर जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ । कार्यक्रममा बृहत् तिब्बत समेटिएको चीनका तिब्बत, छिङ्गहाइ, कान्सु, सिछुवान र युनान गरी पाँच प्रान्तको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिएको छ । पाँचै प्रान्तको पर्यटकीय क्षेत्रका तस्वीर र भिडियोसमेत राखेर तयार पारिएको अनलाइन पोर्टल पनि आजै सार्वजनिक गरिएको छ ।
     
कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले तिब्बत पर्यटन प्रवद्र्धन कार्यक्रमले नेपाल र चीनको पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । “यस्ता कार्यक्रम पर्यटन बोर्डले गर्नुपर्ने थियो, तर निजी क्षेत्रबाट जुन किसिमको पहल भएको यसका लागि आयोजक संस्थालाई विशेष धन्ववाद दिन चाहन्छु”, उनले भने, “पछिल्लो समय धेरै नेपाली मानसरोवर पुग्नेगरेका तथा धेरै विदेशी पर्यटक नेपाल भएर मानसरोवर गइरहेको सन्दर्भमा यस्ता कार्यक्रमले तिब्बतमा माउन्ट कैलासबारे व्यवसाय प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।”
     
उपाध्यक्ष सापकोटाले पवित्र माउन्ट कैलाशका लागि विभिन्न चार रुटको चिनारीले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने भन्दै नेपाली व्यवसायी र चिनियाँ व्यवसायीबीच ‘बिटुबी’ कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गरिनुपर्ने खाँचो औंल्याए । उनले आगामी दिनमा नेपालको पर्यटनलाई चीनको तिब्बत, मानसरोवरलगायत समग्र चीनका पर्यटकीय गन्तव्यमा प्रवद्र्धन गर्न बोर्ड सक्रिय ढङ्गले लाग्ने बताए । चीन सरकार, चीनका पर्यटन व्यवसायी संस्थासँग सहकार्य गरेर चीनबाट धेरैभन्दा धेरै पर्यटक आकर्षण गर्न लागिपर्ने उनले बताए ।
    
विज्ञ पुण्यप्रसाद पराजुलीले मानसरोवर यात्रा गर्ने नेपालीको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको गुणस्तरीय पर्यटन सेवाका बारेमा नेपाली व्यवसायीले पनि जानकारी लिनुपर्ने बताए । उनले भने, “बौद्धधर्मसँग सम्बन्धित थुपै तीर्थस्थल रहेको छ, त्यहाँ जाने नेपालीको सङ्ख्या पनि अत्याधिक छ, माग र आपूर्तिबीचको खाडल पुरेर नेपाली पर्यटन व्यवसायीले फाइदा लिनसक्ने ठूलो अवसर छ ।”
     
कार्यक्रममा चीनका वरिष्ठ पथप्रदर्शक चाओ स्युवांगले नेपालका राष्टिय विभूति अरनिकाले सात सय वर्षअगाडि तिब्बत र बेइजिङ गएर मन्दिर स्तूपा बनाएको चर्चा गर्दै चीनका पाँचै प्रान्तमा अरनिकोले लगेको नेपाली शैलीका स्तूपा चैत्य देख्न सकिने बताए । राजधानी बेइजिङ, औद्योगिक सहर साङघाइ, तिब्बत, क्वांचौँ, शनचन, स्यामनलगायतका सहरमा नेपाली रेष्टुराँ सञ्चालन रहेको उदाहरण दिँदै उहाँले दुवै देशबीच पर्यटन क्षेत्रको आदानप्रदान बढ्दै गएको उल्लेख गरे  ।

त्यसैगरी तिब्बत सी माउन्टेन हश्री टुरिजम कम्पनीका उपमहाप्रबन्धक लि काङ्गले आफ्नो कम्पनीले नेपाली सीमा नाकाहरुबाट कैलास मानसरोवरसम्मको यात्राको जिम्मेवारी लिँदै आएको चर्चा गर्दै नेपाली तीर्थयात्री र पर्यटकलाई स्वस्थकर खाना, सुरक्षित आवास, आरामदायी यातायात, दक्ष गाइडलगायतका उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए।उनले बङ्गलादेशका पर्यटकका लागि तिब्बत मानसरोवर घुमाउने अनुमति पाएको एकमात्र कम्पनी आफ्नो रहेको उल्लेख गर्दै क्यानाडा, सिङ्गापुर, श्रीलङ्का, भारत, थाइल्याण्ड, बङ्गलादेशलगायतका दक्षिणपूर्वी एशियाको बजार विस्तार गर्न अर्को वर्ष नेपालमा शाखा खोल्ने योजना बनाएको जानकारी दिए ।

Hardik health

कार्यक्रममा छिङ्गहाइस्थित युसु स्नो लेपड टाभल कम्पनीको अध्यक्ष काङ्ग छिछाङ्गले पश्चिम चीन हेर्न र बुझ्न युसु पुग्नुपर्ने बताए । उनले चीनको हान र तिब्तती जातिको संस्कृति, व्यापारको सङ्मस्थल रहेर चीनलाई र दक्षिण एशियासँग जोड्ने कोरिडोरको काम गरिरहेको उल्लेख गरे ।  कला, संस्कृति, इतिहास रहेको युसुमा पर्यटकीय क्षेत्रको प्रचुर स्रोत रहेकाले त्यहाँको भ्रमण गर्न र लगानी गर्न उनले अनुरोध गरे  ।
     
आयोजकका तर्फबाट उपप्रमुख डिकेश महर्जनले चीन भ्रमणमा जाने नेपालीको सङ्ख्या बढ्दै गएकाले प्रतिस्पर्धात्मक दरमा भ्रमण तालिका सार्वजनिक गरेको बताए । उनले भ्रमणलाई विविधता दिन  तिब्बती क्षेत्रलाई मुख्य भूमिका ठूला सहर पनि जोडिएको जानकारी दिए  । अहिले काठमाडौँबाट रसुवागढी नाका हुँदै धेरै सङ्ख्यामा पर्यटक मानसरोवर जाने गरेका छन् । हवाई मार्ग भएर पनि पर्यटक उल्लेख्य सङ्ख्यामा त्यहाँ पुग्ने गरेका छन् । मानसरोवार क्षेत्रमा पर्यटक व्यवस्थापनका लागि होटललगायत पूर्वाधार व्यवस्थित रहेको व्यवसायीको भनाइ छ ।
     
छेन्दुमा विगत चार वर्षदेखि स्थापित नेपाल प्याभिलेनमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको संस्थाले जनाएको छ । छेन्दुमा नेपाली वाणिज्य दूतावास स्थापना भएसँगै कूटनीतिक सम्बन्ध विस्तारका साथै संस्कृति, पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको छ । नेपालको थाङका र हस्तकलाका सामग्री छेन्दु जाने गरेका छन् । संस्कृति आदान प्रदान, व्यापार प्रवद्र्धन र पर्यटन प्रवद्र्धनका कामलाई दुवै मुलुकको बृहत साझेदारीबाट अगाडि बढ्नुपर्नेमा व्यवसायीको जोड छ ।


प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी मंगलबार, मंसिर १६, २०८२
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया मंगलबार, मंसिर १६, २०८२
‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’
‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’ सोमबार, मंसिर १५, २०८२
अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा सञ्‍चारमन्त्री खरेलको जोड
अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा सञ्‍चारमन्त्री खरेलको जोड सोमबार, मंसिर १५, २०८२
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान सोमबार, मंसिर १५, २०८२
दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन
दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन आइतबार, मंसिर १४, २०८२
‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’
‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’ आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP