Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली सरकारविरुद्ध कांग्रेसको इतरसमूह 
ओली सरकारविरुद्ध कांग्रेसको इतरसमूह 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २३, २०८१

 

  • एमाले नेतृत्वको सरकारविरुद्ध कांग्रेसको इतरसमूह
  • एमालेबाट मन्त्री भएका सञ्चार र भूमिसुधार मन्त्रीको राजीनामा माग 
  • डा. शेखर कोइरालासँगै महामन्त्री गगन थापा सरकारविरुद्ध चर्किंदै

काठमाडौं– वर्तमान सत्ता गठबन्धनको मूल सूत्रधार मानिने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापनइतरसमूह सरकारविरुद्ध उभिन थालेको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकार ढल्नु पहिले पनि उक्त समूह सरकारविरुद्ध उभिएको थियो । 

सातबुँदे समझदारीअनुसार ३० असारमा ओली नेतृत्वमा कांग्रेस सम्मिलित गठबन्धन सरकार बनेको हो । यति छोटो अवधिमै उक्त समूहका नेताहरू सरकारविरुद्ध उभिँदै एमालेका मन्त्रीहरूको राजीनामा माग्न थालेका छन् । 

गत शनिबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले पोखरा पुगेर ‘प्रहरी महानिरीक्षक (वसन्तबहादुर कुँवर)को जिब्रो थुत्नुुपर्ने’ हिंसाप्रेरित अभिव्यक्ति दिएका थिए । त्यसविरुद्ध कांग्रेस सांसद शंकर भण्डारीले विज्ञप्ति निकालेर गुरुङलाई बर्खास्त गर्न माग गरिसकेका छन् । देशको शान्ति सुरक्षामा तलमाथि भए त्यसको जिम्मेवार प्रधानमन्त्री ओली हुने उनको चेतावनी छ । 

Hardik health

कांग्रेसनिकट सहकारीपीडितहरूले नेकपा एमालेबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका बलराम अधिकारीको पनि राजीनामा माग्दै आएका छन् । उनीहरूले पछिल्ला दिनमा काठमाडौंमा प्रदर्शन गरेका छन् । मन्त्री अधिकारीको पुत्लासमेत जलाए ।
बुधबार मन्त्री अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरूले आन्दोलन गरेको आरोप लगाएका थिए । त्यसपछि कांग्रेसनिकट सहकारीपीडितहरूको निसानामा मन्त्री अधिकारी परे ।

यसबाहेक अघिल्लो साता सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा इतरसमूहका नेताहरू सरकारविरुद्ध चर्को सुनिए । समूहका मूल नेता डा. कोइरालाले त बैठकमा एमालेसँगको सत्ता सहकार्यले पार्टीलाई पुग्ने क्षतिबारे विश्लेषण नै सुनाएका थिए । 

इतरसमूहमै रहेका महामन्त्री गगन थापाले एमाले नेतृत्वको सरकार सफल बनाएर आगामी निर्वाचनमा एमालेसँगै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था कांग्रेसका लागि चुनौतीपूर्ण रहेको औंल्याएका थिए । थापाको यो अभिव्यक्तिको घुमाउरो अर्थ एमालेसँगको गठबन्धनलाई निरन्तरता नदिउँ भन्ने बुझिएको बैठकमा सहभागी एक नेताले बताए ।

कांग्रेसको इतरसमूहका सांसदहरूबाट संसद्मै सरकारविरोधी अभिव्यक्तिसमेत सुनिन थालिएको छ । तर, एमाले सांसदहरूले प्रतिवाद गरेका छैनन् । बरु, उनीहरूले कुनै हालतमा यो गठबन्धन २०८४ सम्म जाने दाबी गर्दै आएका छन् ।यहीबीच प्रधानमन्त्री ओलीले दोहो¥याएर आफ्नो सत्ता सञ्चालनको अवधिबारे भनिरहेका छन् । कांग्रेसबाट गृहमन्त्री भएका रमेश लेखकले दुई दलबीच १७ असारमा भएको सत्ता सहकार्यको सातबुँदे समझदारी कार्यान्वयन हुने र त्यसमा शंका नगर्न आग्रह गरे । 

राजनीतिक विश्लेषक हरि रोका प्रधानमन्त्री ओलीले यसअघि नै  टुंगो लागेको आफ्नो पदावधिलाई दोहो¥याएर भन्नु र गृहमन्त्री लेखकले सहमति कार्यान्वयन हुन्छ भन्नुलाई गठबन्धनमा ‘खटपट’ पैदा भएको अर्थमा विश्लेषण गर्छन् ।‘दुई वर्ष प्रधानमन्त्री बन्ने भन्ने कुरा ओलीजीले दोहो¥याइराख्नुपर्ने विषय होइन । सबैलाई थाहा छ त । किन दोहो¥याउनुभयो,’ उनले प्रभावसँग भने, ‘गृहमन्त्री लेखकले पनि समझदारी कार्यान्वयन हुन्छ भन्नु आवश्यक छैन । तर, भन्नुुभयो । यसको अर्थ त आपसी विश्वास जगाउने प्रयास हो । मतलव गठबन्धनमा खिचडी पाकिरहेको संकेत हो ।’

रोकाले कांग्रेस–एमाले गठबन्धनको सैद्धान्तिक जग नै फितलो रहेको पनि टिप्पणी गरे । त्यसले गर्दा ढल्न सक्ने र कारक कांग्रेसको इतरसमूह हुने उनको विश्लेषण छ ।
 


प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP