Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
राजनीति
  • Home
  • राजनीति
  • इपिजी प्रतिवेदन : भारतले बुझ्ने झिनो आशा 
इपिजी प्रतिवेदन : भारतले बुझ्ने झिनो आशा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २३, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन भारतले बुझ्ने अपेक्षा व्यक्त गरेका छन् । साढे छ वर्षअघि तयार गरिएको प्रतिवेदन बुझेर भारतले छिट्टै नेपाल–भारत सीमा समस्या समाधानका लागि तत्परता देखाउने उनको भनाइ छ । 

तर, आफूले पुस्तक विमोचन गर्दै हिँड्न भ्याउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इपिजी बुझ्न नभ्याएको भनेर ओलीले व्यंग्य गरे । ‘बुझाउने मौका उहाँहरू (प्रबुद्ध व्यक्तिहरू) ले पाउनुभएको छैन । अब यता नेपालतिर त प्रधानमन्त्रीहरू फुर्सदमा नै देखिन्छ । म पनि यहाँ पुस्तक विमोचन गरेर हिँडेको छु,’ ओलीले शनिबार बालुवाटारमा सूर्यनाथ उपाध्यायको नयाँ पुस्तक सार्वजनिक गर्दै भने, ‘इपिजीको रिपोर्ट बुझ्नै नभ्याउने त के हुन्छ र ? हामीहरूलेचाहिँ बुझ्न नभ्याएको हैन । तर, भारततिरबाट अलिकति भ्याइराखेको स्थिति छैन ।’

उनले इपिजी प्रतिवेदनमा उल्लिखित सुझावका आधारमा नेपाल–भारत सीमा समस्या समाधानका लागि छलफल गरेर अघि बढ्न सकिने बताए । ‘नेपाल र भारतका बीचका केही समस्याहरू छन् । तिनलाई धेरै ठूलो समस्या भन्न हुन्न । तर, त्यो समाधान गर्नै नसकिने समस्या होइन,’ उनले भने, ‘अलि सहनशीलता, फराकिलो मन भयो र न्यायोचित मनका साथ कुराकानीमा बस्ने हो भने समाधान गर्न नसकिने भन्ने कुरै हुँदैन ।’

इपिजीको प्रतिवेदन बुझ्नै नभ्याउने त के हुन्छ र ! म यहाँ पुस्तक विमोचन गरेर हिँडेको छु । हामीले नभ्याएको हैन, भारततिरबाट चाहिँ अलि भ्याइराखेको स्थिति छैन ।
केपी शर्मा ओली
प्रधानमन्त्री 

Hardik health


प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन दराजमा थन्किएको साढे छ वर्ष भइसकेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले त अझ भारतले प्रतिवेदन नबुझे नेपाल एक्लैले बुझ्ने र सार्वजनिक गर्ने चेतावनी दिएका थिए ।समूहका संयोजक डा. भेषबहादुर थापाको मत पनि दाहालको जस्तै छ । उनले भारतले नबुझे नेपाल आफैंले बुझेर सार्वजनिक गर्नुपर्ने बताउने गरेका छन् । नेपाल–भारतबीच भएका असमान सन्धि सम्झौतादेखि द्विपक्षीय सम्बन्धको सबै पक्षमा छलफल गरेर सरकारलाई सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ‘इपिजी’ले २०७५ सालमै प्रतिवेदन तयार पारेको थियो । 

समूहका सदस्यहरूका अनुसार प्रतिवेदनमा समावेश गरिएका सुझावहरू नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ आयाम दिने गरिएका छन् । सोही प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री मोदी अझैसम्म अनिच्छुक छन् । नेपालका प्रधानमन्त्री ओलीको पनि चासो थिएन । तर, शनिबार भने नेपालको तर्फबाट प्रबुद्ध समूहका एक जना सदस्य रहेका उपाध्यायको पुस्तक विमोचन समारोहमा ओलीले मुख खोले । 

प्रबुद्ध व्यक्ति समूहको नेपालका सदस्य डा. राजन भट्टराईका अनुसार समूहले दुई वर्ष लगाएर प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन सुरुमा भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने समूहमा समझदारी पनि भएको थियो । त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने र पत्रकार सम्मेलन गरी दुई देशकै जनतालाई थाहा दिने भनिएको थियो । 

तर, मोदी केही असहमति प्रकट गर्दै प्रतिवेदन बुझ्न मानिरहेका छैनन् । सरकारले पनि प्रतिवेदन बुझ्नका लागि भारत सरकारसँग प्रभावकारी कूटनीतिक पहल गर्न सकेको छैन । समूहमा नेपालको तर्फबाट सदस्य रहेका भट्टराईले दुवै देशका प्रधानमन्त्री तहबाट बुझ्ने काम नभए विकल्पबारे सोचिने यसअघि नै चेतावनी दिएका थिए । मतलव, नयाँ विकल्प दुवै देशका प्रधानमन्त्रीले नबुझेको अवस्थामा समूह आफैंले प्रतिवेदन नागरिकको जानकारीका लागि सार्वजनिक गर्ने । 

यसअघि प्रतिवेदन तयार गरेर हस्तान्तरण गर्न प्रधानमन्त्री मोदीसँग समूहले पटक–पटक समय मागेको थियो । व्यस्तताको कारण देखाउँदै उनले समय नदिएको भट्टराई बताउँछन् । उनका अनुसार मोदी प्रतिवेदनको केही मुद्दामा असहमत छन् । उनले प्रतिवेदन सच्याउन पनि भनेका थिए । केही प्रावधान सच्याइएको पनि उनले प्रभावसँग बताए । 

प्रतिवेदनमा इपिजीले नयाँ सन्धिबाट सन् १९५० को असमान सन्धि प्रतिस्थापन गर्नुपर्ने सुझाव दिएको छ । एकअर्काको देशमा लामो समय बस्ने नेपाली तथा भारतीयलाई सन्धिअनुसार के–के सुविधा दिने विषयमा पनि समूहमा छलफल भएको थियो । तर, त्यसमा भारतका तर्फबाट इपिजी सदस्य रहेका भगतसिंह कोसियारीले भारतको पक्षमा प्रतिवेदनले खासै केही नबोलेको टिप्पणी गर्दै आएका छन् । तर, डा. भट्टराई भने प्रतिवेदनमा नेपाल–भारतको सीमालाई नियमन तथा अनुगमन गर्नेबारे निकै महत्वपूर्ण सुझावहरू रहेको बताउँछन् । यसमा भारतीय नागरिकलाई लक्षित गरेर नेपालले परिचयपत्र वा पासपोर्ट नै लागू गर्नैपर्ने सुझाव मुख्य रहेको बताए । 

तर, नेपालले परिचयपत्र अथवा पासपोर्ट नै लागू गर्नुपर्ने प्रतिवेदनमा भनेको छ । उता, भारत भने पासपोर्ट लागू गरेर सीमा बन्द गर्ने पक्षमा छैन । सीमा बन्द भयो भने नेपाल–भारतबीच रहेको सदियौंको सम्बन्धमा असर पर्ने भारतको बुझाइ छ । त्यसकारण सीमा नियमन गर्ने तर पासपोर्ट अथवा परिचयपत्र लागू गरेर सीमा बन्द गर्ने पक्षमा भारत छैन ।प्रतिवेदनअनुसार नेपाल र भारतबीच पारस्परिक र समानताका आधारमा सम्बन्ध स्थापित गर्न सन् १९५० को शान्ति तथा मैत्रीसन्धि बाधक देखिएको छ । नेपालमा कायम विवादलाई सदाका लागि मत्थर पार्न सन् १९५० को सन्धि पुनरावलोकन मात्रै नभई प्रतिस्थापन गर्नुपर्ने उल्लेख छ । 

तर, प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री मोदीले चाहेका छैनन् । यता नेपालका प्रधानमन्त्री ओली पनि मौन थिए । बल्ल शनिबार उनले प्रतिवेदन भारतले नबुझे नेपाल आफैंले भए पनि बुझेर सार्वजनिक गर्ने बताए । प्रतिवेदन बुझेर अन्ततः कार्यान्वयन गरेको अवस्थामा भने नेपाल आएका भारतीयहरूको अभिलेख राखिने छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि खारेज हुने छ ।इपिजी १४ माघ २०७२ मा गठन भएको हो । समूहको पहिलो बैठक २० र २१ असार २०७३ मा काठमाडौंमा बसेको थियो । समूहलाई सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिसहितका असमान सन्धि सम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयमा अध्ययन गरी सुझाव दिने कार्यादेश थियो । सोहीअनुसार समूहले प्रतिवेदन तयार गरेको हो । 

समूहमा भारतका तर्फबाट तत्कालीन भारतीय पूर्वराजदूत जयन्त प्रसाद, जवारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र पी. लामा, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारी र बिसी उप्रेती रहेका थिए । हाल उप्रेतीको निधन भइसकेको छ । नेपालको तर्फबाट डा. थापा, नीलाम्बर आचार्य, डा. भट्टराई र सूर्यनाथ उपाध्याय समूहमा छन् ।२०६८ कात्तिकमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा भट्टराई र उनका भारतीय समकक्षी मनमोहन सिंहले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिको बुँदा १८ र १९ मा सन् १९५० सन्धि आदि विषयमा छलफल गर्न प्रबुद्ध व्यक्तिहरूको समूह नेपाल–भारत दुवैतर्फ गठन गर्ने सैद्धान्तिक सहमति भएको थियो ।

तीन वर्षपछि २०७१ साउनमा मोदीले नेपाल भ्रमण गर्दा इपिजीको विषयमा चर्चा भएको थियो । त्यसबेला नेपालका प्रधानमन्त्री सुशील कोइराला थिए । कोइराला र मोदीले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिको १३ नम्बर बुँदामा स्वतन्त्र र गैरसरकारी संयन्त्रका रूपमा प्रबुद्ध समूह गठन गर्न दुवै सरकार सहमत भएको उल्लेख थियो । २०७२ सालमा ओली प्रधानमन्त्री हुँदा इपिजी गठन भएको थियो ।


प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १०:४३
#इपिजी_प्रतिवेदन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उज्यालो नेपाल  र हाम्रो पार्टी नेपालबिच पार्टी एकताकाे सहमति
उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबिच पार्टी एकताकाे सहमति शुक्रबार, जेठ १५, २०८३
‘समावेशी र समुन्नत राष्ट्र निर्माणमा लागौँ’: गगन थापा
‘समावेशी र समुन्नत राष्ट्र निर्माणमा लागौँ’: गगन थापा शुक्रबार, जेठ १५, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनप्रति कांग्रेसकाे  ६ बुँदे ध्यानाकर्षण
मानवअधिकार आयोगको प्रतिवेदनप्रति कांग्रेसकाे ६ बुँदे ध्यानाकर्षण बिहीबार, जेठ १४, २०८३
हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा
हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा बिहीबार, जेठ १४, २०८३
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै बिहीबार, जेठ १४, २०८३
समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे
समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे बुधबार, जेठ १३, २०८३
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP