Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संयुक्त मधेश संघर्ष समितिले खबरदारी सभा गर्दै
संयुक्त मधेश संघर्ष समितिले खबरदारी सभा गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २०, २०८१

जनकपुरधाम-  संयुक्त मधेश संघर्ष समितिले जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले २०८१ भाद्र ३१ गते  खबरदारी सभा आयोजना गर्ने निर्णय गरेको हो ।

तराई-मधेश लोकतान्त्रिक पार्टीको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले भने,  “२०८१ भाद्र ३१ गते संयुक्त मधेश संघर्ष समितिले जनकपुरधामको कलवार कुटीमा दिउँसो १ बजे ‘मधेश र संविधान संशोधनः हाम्रो खबरदारी’ माथि केन्द्रित रहेर खबरदारी सभा गर्नेछ ।“

संयुक्त मधेश संघर्ष समितिले मिति २०८१/०४/०४ गते प्रकाशित प्रेस विज्ञप्ति मार्फत प्रदेशहरुलाई निर्वाचन क्षेत्र मानी पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरुको सीमाङ्कनमा पहिचान आधारित सुधार, अनुचित थ्रेसहोल्डको समाप्ति, प्रदेश र स्थानिय तहको प्रतिनिधि सदन राष्ट्रिय सभा को भूमिकामा अझ मजबूती, संघीय संरचनामा प्रदेशिक स्वशासनको सुदृढताको निमित्त प्रादेशिक राजनीतिक दलहरुको मान्यता, भ्रष्टाचारमाथि कारगर नियन्त्रण र सुशासनको सुनिश्चितता जस्ता मागहरु अघि सारेको छ । समितिले सबै पहिचानवादी संघीयतावादीहरुलाई गोलबन्द हुन आह्वान समेत गरेको छ ।

Hardik health

बैठकमा तराई-मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेश चन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, मधेश राष्ट्रिय मुक्ति मोर्चाको संयोजक जगत प्रसाद यादव, एकीकृत समाजवादी पार्टीको नेता शीतल झा, नेपाल सद्भावना पार्टीको महामन्त्री पवन कुमार साह, जनअधिकार पार्टीको अध्यक्ष इमदाद गड्डी लगायतका जोगेन्द्र राय, सतीश लाल दास, सुभाष कर्ण, बिभा ठाकुर, बिन्दु ठाकुर, बिमला साह, भोलानाथ झा, मुरारी कर्ण, इश्वर पण्डित, आदि नेताहरुको उपस्थिति थियो ।


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु शुक्रबार, साउन २९, २०८३
शेखरको साथ पाएका देउवा ढुक्क, गगनविरुद्ध मोर्चाबन्दी 
शेखरको साथ पाएका देउवा ढुक्क, गगनविरुद्ध मोर्चाबन्दी  शुक्रबार, साउन २९, २०८३
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता बिहीबार, साउन २८, २०८३
देउवाको आगमनमा प्रहरी अलर्ट, शक्ति प्रदर्शनको तयारीमा कांग्रेस
देउवाको आगमनमा प्रहरी अलर्ट, शक्ति प्रदर्शनको तयारीमा कांग्रेस बिहीबार, साउन २८, २०८३
‘सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्छ’ : नेपाली कांग्रेस
‘सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्छ’ : नेपाली कांग्रेस बिहीबार, साउन २८, २०८३
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग बुधबार, साउन २७, २०८३
सुटुक्क भारत पुगेर फर्किए शेखर
सुटुक्क भारत पुगेर फर्किए शेखर बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP