Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • ट्राफिक प्रहरीले डेढमहिनामै संकलन गर्‍याे रु चौवालिस लाख ६९ हजार राजस्व
ट्राफिक प्रहरीले डेढमहिनामै संकलन गर्‍याे रु चौवालिस लाख ६९ हजार राजस्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १७, २०८१

बागमती - जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढमहिनाको अवधिमा रु ४४ लाख ६९ हजार पाँच सय राजस्व संकलन गरेको छ । पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ गरेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले राजस्व संकलनमा वृद्धि भएको हो ।

चालु आव २०८१/८२ को पहिलो महिना साउनमा चार हजार एक सय सात सवारी साधनमाथि गरिएको कारबाहीबाट रु ३० लाख ८७ हजार पाँच सय एक र भदौ १५ गतेसम्म एक हजार सात सय ७९ सवारी साधनलाई गरिएको कारबाहीबाट रु १३ लाख ८२ हजार गरी रु ४४ लाख ६९ हजार पाँच सय एक संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।

कार्यालयले अघिल्लो आव २०८०/८१ को पहिलो महिना साउनमा एक हजार सात १७ सवारी साधनलाई कारबाही गर्दा रु १२ लाख १२ हजार मात्र राजस्व संकलन भएको जनाएको छ । विभिन्न सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेपछि मकवानपुरमा सवारी दुर्घटनामा समेत कमी आएको छ । 

Hardik health

कार्यालयकानुसार चालु आव २०८१/८२ को साउन र भदौको १५ गतेसम्ममा ३८ वटा सवारी दुर्घटना भएको छ  । जसमा एक जना बालकको मृत्यु भएको छ । गत आव २०८०/८१ मा मकवानपुरमा दुई सय ४५ सवारी दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। जबकी आव २०७९/८० मा दुई सय ५२ सवारी दुर्घटना हँुदा ६१ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा तीन सय १७ दुर्घटनामा ७० जनाले ज्यान गुमाएका थिए । 

आव २०८०/८१ मा रु दुई करोड ८३ लाख ४२ हजार राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउने ३७ हजार नौ सय ६० सवारी साधनमाथि कारबाही गरी सो राजस्व संकलन गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । 

कार्यालयले गत आव २०७९/८० मा ४७ हजार आठ सय ९९ सवारी साधनमाथि कारबाही गर्दा रु तीन करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको थियो । ‘‘हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै ट्राफिक जाँचमा कडाइ गरेका छौँ”, प्रहरी निरीक्षक अधिकारीले भने,‘‘आव २०८०/८१ मा मात्रै विद्यार्थी, नयाँ चालक, व्यवसायी, कर्मचारीलगायत दुई हजार ३७ पटकमा एक लाख ९६ हजार दुई सय ९५ जनालाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ । यसबाहेक ठाउँ ठाउँमा पर्चा, पम्पलेट, स्टिकर टाँस र समय समयमा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएका छौँ ।” 
    
बढ्दो सवारी साधनको चाप, साघुँरो सडक, चालकको लापरबाही तथा सडकहरूमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना हुने गरेकाले यसबारे पनि  नागरिकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका प्रहरी निरीक्षक अधिकारीको कथन छ ।


प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP