Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सुदूरपश्चिममा २२ वटा पर्यटन पूर्वाधार योजना सम्पन्न
सुदूरपश्चिममा २२ वटा पर्यटन पूर्वाधार योजना सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १३, २०८१

गोदावरी - सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास कार्यक्रमअन्तर्गत २२ वटा योजना सम्पन्न भएका छन् । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले गत आवमा प्रदेश पर्यटन पूर्वाधार निर्माणका २० र सङ्घतर्फका दुई गरी २२ वटा योजना सम्पन्न गरेका हुन् ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त कार्यालय प्रमुख डबलबहादुर बोहराले प्रदेशभर पहिचान भएका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि विनियोजन गरिएको कूल रु चार करोड दुई लाख २० हजारमध्ये रु तीन करोड ६८ लाख ८१ हजार र सङ्घ शसर्तको रु २५ लाखमा रु २४ लाख खर्च भएको जानकारी दिए । 

बाजुराको बडीमालिका पर्यटकीय क्षेत्रमा रु ३५ लाख ९० हजारको लागतमा बडीमालिका मन्दिर परिसर, बासुधारा, रौलेगोल, थिउरे, लौडी विनायक, भुज्याडा ठाउँमा रेलिङको पदमार्ग निर्माण, स्वामी कार्तिक खापर गाउँपालिका–३ मा यात्रु प्रतिक्षालय तथा फिल्ड निर्माण र गौमुल गाउँपालिकाको दहकोट झर्ना संरक्षण तथा व्यवस्थापन गरिएको उहाँले जानकारी दिए । यस्तै, खप्तडमा पदमार्ग स्तरोन्नतिमा रु ३६ लाख ५३ हजार, दार्चुलाको अपि बेसक्याम्पमा पर्यटकीय आवासगृह मर्मत तथा आवासगृह निर्माणमा रु ३५ लाख २८ हजार, ब्यास गाउँपालिका–१ स्थित योखरजाङ पदमार्ग निर्माणमा रु नौ लाख ९६ हजार, मालिकार्जुनधाम पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनमा रु नौ लाख ९६ हजार खर्च रिएको निमित्त प्रमुख बोहराले बताए ।

Hardik health

यसैगरी कैलालीको गोदावरी धाममा पर्यटकीय पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनमा रु २२ लाख २९ हजार, शिवपुरी धाममा पुर्वाधार स्तरोन्नतिमा रु २९ लाख ९६ हजार, बेहडाबाबामा धार्मिक पर्यटकीय पूर्वाधार निर्माणमा रु नौ लाख ८५ हजार, जाखौर ताल र मुरफुट्टा तालमा मिचाहा प्रजाती जलकुम्भी हटाउन रु नौ लाख ९९ हजार, बुढीतोलामा रिङ्ने हिलसाइड साइक्लिनिङ निर्माणमा रु नौ लाख ४७ हजार र टीकापुर—७ डल्फिन क्षेत्रमा पर्यटकीय विश्रामगृह निर्माणमा रु नौ लाख ९१ हजार खर्च गरिएको पर्यटन एकाइ कार्यालयले जनाएको छ ।

यस्तै, रु १० लाखमा कैलालीको टीकापुर–५ मा त्रिवेणी धामको संरचना, मोहना, कर्णाली, भेरी कर्णाली र सेती कर्णाली धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरिएको छ । कैलाली र कञ्चनपुरमा एकीकृत पर्यटन सर्किटमा पर्यापर्यटन पूर्वाधार निर्माणमा रु ४९ लाख ९० हजार, डडेल्धुराको परशुरामधाम क्षेत्रमा ‘पानी फोहोरा’ निर्माणमा रु १९ लाख ८८ हजार, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा पर्ने बतासे झर्ना संरक्षण एवं व्यवस्थापनमा रु १० लाख, भीमदत्त नगरपालिकामा पर्ने भम्केनीधाममा आवश्यक पूर्वाधार निर्माणका लागि रु १९ लाख ८८ हजार खर्च गरिएको एकाइ कार्यालयका निमित्त प्रमुख बोहराले बताए ।

यसैगरी गत आवमा सङ्घतर्फको शसर्त अनुदानबाट रु २५ लाखमध्ये १४ लाख ७६ हजारको लागतमा बाजुराको त्रिबेणी नगरपालिका–६ ठुलाघर, पन्धारास्थित भगवती मन्दिर जाने बाटोमा उद्यानसहितको पदमार्ग र डोटीको जोरायल गाउँपालिका–४ गोल्लामा रु ९ लाख ८४ हजारको लागतमा वगनचौर पार्क निर्माण गरिएको जनाइएको छ । प्रदेशमा पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षको पहिलो चौमासिकदेखि कार्ययोजना बनाएर अघि बढ्ने योजना रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
मनमोहक तनहुँको दुबुङ गाउँ
मनमोहक तनहुँको दुबुङ गाउँ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP