Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • गुरुङ सम्पदा पदमार्गको शुभारम्भ 
गुरुङ सम्पदा पदमार्गको शुभारम्भ 
दिपा सुनुवार
दिपा सुनुवार
प्रभाव संवाददाता
प्रभाव संवाददाता
शनिबार, भदौ ८, २०८१

काठमाडौं- सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्गहरु छोटिंदै र खुम्चिदै गइरहेको बेला गुरुङ सम्पदा पदमार्गले नयाँ आशा जगाएको छ । उक्त पदमार्गको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन् ।  विशेष गरेर विश्वकै उत्कृष्ट मध्यको अन्नपूर्ण चक्रीय पदमार्गलाई पुनः व्यूंताउन सकिने संभावनालाई यस पदमार्गले उजागर गरेको हो। 

कास्कीको मादी गाउँपालिकाभित्र पर्ने तोंनीनासा (ताङतिङ) बाट सुरु भएर दश दिनमा मनाङको चामे गाउँपालिकास्थित तिमाङमा पुगेर पुरा हुने यस गुरुङ सम्पदा पदमार्गको २०८१ जेठ २१ देखि ३० गते सम्म गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) गण्डकीको आयोजना र जिटिन केन्द्रको सहभागितामा खोज तथा अनुसन्धान कार्य सम्पन्न गरेको थियो ।

पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न भएपछि जिटिन गण्डकीको आयोजनामा गुरुङ सम्पदा पदमार्गको पहिलो पटक पोखरामा सार्वजनिकीकरण गरिएको थियो । आज ९शुक्रबार० काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिटिन केन्द्रको तर्फबाट गुरुङ सम्पदा पदमार्गको शुभारम्भ कार्यक्रम गरेको थियो ।  

Hardik health

पदमार्ग योजनामा काम गरिरहेका इञ्जिनियरहरु, अन्वेषकहरु, जीपीएस एक्सपर्ट, सञ्चारविज्ञ, जिटिनका पदाधिकारीहरु, पर्यटक पदप्रदर्शक तथा सहयोगीहरुसहित ३३ जनाको समुहले गरेको यस खोज तथा अनुसन्धान कार्यले यस पदमार्ग सफल हुने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको छ । साथै पदमार्गमा गर्नुपर्ने सुधार तथा निर्माण कार्यहरुको विस्तृत परियोजना प्रतिवेदन पनि तयार पारेको छ । 

प्रकृति, संस्कृति र इतिहासको संगमको रुपमा रहेको यस पदमार्गले पदयात्रामा जाने जो कोहीलाई पनि मोहित बनाउन सक्ने देखिएको छ । त्यसैले यसको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई असर नपर्ने गरी, प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानी नुपुग्ने गरी पर्यटकीय पदमार्गको विकास र प्रवद्र्धन गर्नुपर्ने हाम्रो जोड रहेको छ ।

यस पदमार्गका केही विशेषताहरु यस पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमू (गुरुङ) का पूर्खहरु अहिलेको बस्तीहरुमा फैलिएको भन्ने भनाई रहेको छ । यस भनाई गुरुङको पेले मात्र होइन, क्होलासोंथरमा विभिन्न चरणमा देशी तथा विदेशी विशेषज्ञहरुले गरेको पुरातात्विक अध्ययनहरुले पनि प्रमाणित गरिसकेको छ । क्होलाको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपका विकास गर्न सकेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गर्न सकिने छ । 

त्यसै गरी दोस्रो ऐतिहासिक विरासतको रुपमा कास्की र लमजुङका गुरुङ गाउँहरुमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथाहरु सुन्न पाइन्छ । अहिले खोज तथा अनुसन्धान कार्य गरिएको गुरुङ सम्पदा पदमार्ग नै उक्त नुनको व्यापारिक बाटो रहेको कुरा पनि उजागर भएको छ । अझै पनि पदमार्गमा भेटिने लामा लामा विसौनी चौतारीहरु त्यही नुनको व्यापारिक मार्गको साक्षी बनिरहेका छन् ।
 


प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ सोमबार, माघ ५, २०८२
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु शुक्रबार, माघ २, २०८२
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम शुक्रबार, माघ २, २०८२
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल शुक्रबार, माघ २, २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP