Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • टानको महासचिवको उम्मेद्वारमा सुवेदी र शेर्पाबीच टक्कर 
टानको महासचिवको उम्मेद्वारमा सुवेदी र शेर्पाबीच टक्कर 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ६, २०८१

काठमाडौं–  पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी सागर पाण्डेको प्यानलबाट महासचिवमा सोनाम ग्यालजेन शेर्पा र अर्का अध्यक्षका प्रत्यासी महासचिवमा राजेन्द्रप्रसाद सापकोटाको समूहबाट महासचिवमा राजेन्द्रप्रसाद सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । 

टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमिति चयनमा सुवेदी र शेर्पाबीच टक्कर हुने भएको हो । पाण्डेको प्यानलबाट महासचिवका उम्मेदवार सोनाम ग्यालजेन शेर्पाले २२ बुँदे घोषण पत्र सार्वजनिक गरेका छन् । यस्तैगरी सापकोटाको समूहबाट महासचिवमा उम्मेदवार राजेन्द्रप्रसाद सुवेदीले २० बुँदे घोषण पत्र सार्वजनिक गरेका छन् ।

पाण्डेको प्यानलबाट महासचिवमा  सोनाम ग्यालजेन शेर्पाले भने, ‘महासचिवको उम्मेद्वारमा किन लागि परेँ भन्दा अर्काे समूह जस्तो दुई तीन वर्ष अगाडिदेखि नै चुनावमा को अध्यक्ष बन्ने को को कुन पदमा रहने भन्ने जुन किसिमको अग्रिम सम्झौता गरेर अगाडि बढेका छन् यस्ता कुरालाई चिर्न र नेपालको पर्यटन प्रवद्र्धन गरी स्वच्छ किसिमले अगाडि बढ्न हाम्रो प्यानलबाट लागेको हौँ । ’‘हामी प्रत्यक्ष रुपमा टानलाई निष्पक्ष व्यक्ति राजनीतिबाट अछुतो राख्न खोजेका छौँ ।  म राजनीतिबाट टाढा छु  । छाता संगठनमा जाँदा हामीले त्यो राजनीतिक हिसाबले लाग्नु हुँदैन’ उनले भने । 'टानको निर्वाचनमा हामी सक्षम छाैँ र हामीले ५०० भन्दा बढी व्यवसायिकहरु एकदम स्वतन्त्र रहेको विश्वास गरेका छौँ । त्यसैले अहिले बजारमा पनि हल्ला छ कि सागर पाण्डेको प्यानल मजबुत  र  योग्य छ  ' उनले भने । 

कोभिड पछाडिको पर्यटनलाई परेको प्रत्यक्ष असरबारेमा बोल्दै अध्यक्षका प्रत्यासी सागर पाण्डेको समूहबाट  महासचिवमा उम्मेदवार सोनाम ग्यालजेन शेर्पाले भने,‘हिमाली क्षेत्रमा दैनिक मजदुरी गर्ने मजदुरहरुको सुरक्षाका लागि हामीले मजदुर कोषको स्थापना लक्ष्य रहेको बताए ।’ उनले भने,'अलिकति हिमाली क्षेत्रमा सरोकार राखेर अहिले स्थानीय निकाय आइरहेको अवस्थामा हिजोका दिनमा स्थानीय निकाय परिपक्क नहुँदा र स्थानीय निकाय स्थापना नभएको अवस्थामा राज्यसँग भएका सम्झौता ,बनेका दस्तावेजमा उनले काम गर्ने बताए। स्थानीय निकाय भइसकेपछि हामी पर्यटन व्यवसायहरुलाई त्यो नीति नियम नीति नियमहरु बाझिदै गर्दा विकसित रुपमा विकास गर्न सकिरहेका छैनन् ।'

Hardik health

‘पर्यटकहरुको चाप बढ्दै गर्दा खेरि सेवासुविधा थप गर्ने र सहजीकरण गर्नेछौँ ।' उनले भने, ‘अहिले जुन किसिममा पदमार्गहरू नयाँ नयाँ पदमार्गहरु खोल्नको लागि राज्य र विभिन्न निकायहरुसँग साझेदारी कार्यक्रमहरु गरेर नेपाल अधिराज्यभरि पहल हुने क्रममा गर्ने बताए । हामी पुराना पदमार्गहरु जुन किसिमले अहिले मेटिरहेका छन् त्यसलाई अनुगमन गरेर त्यसको वैकल्पिक मार्गहरुको निरीक्षण गरेर बनाउने’ उनले बताए । यो सिजनको बेला अहिले जुन किसिमले नेपालमा पर्यटकहरु विगतमा भन्दा अलि पर्यटकहरु चाहिँ विगतमा भन्दा अलिकति राम्रो भएको छ ’ उनले भने  ।

उनले पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसाययिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हाम्रो सस्तो बजारलाई बजार चलाएर धेरै पर्यटक भित्र्याउन लक्ष्य त आफ्नो ठाउँमा छँदैछ तर कुन शीर्षकमा कसरी कर तिर्ने भन्ने समस्याचाहिँ ट्रेकिङ व्यवसायीहरुलाई परेको हुनाले सरकारसँग सहकार्य गरेर कुन मोडालिटी प्रयोग गर्न मिल्छ सो गर्न तयार रहेको उनले बताए । 'हामीले पहिला टुरिजम सर्भिस चान्स् भनेर लिने गथ्यौँ तर यसलाई एउटा जिएसटीको रुपमा पनि लिन सक्छौँ । ' उनले भने, ‘खुल्ला नियमको व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो माग हो  । हामी पर्यटन व्यवसायीहरुलाई  विदेशीहरू बोक्न हरियो नम्बर प्लेट भएको गाडीले मात्र बोक्न पाउने एउटा व्यवस्था कायम गरेको हुनाले हामी यसलाई कसरी सहज र सजिलो रुपमा लान सकिन्छ सो गरिने छ ।' 

यसैगरी अध्यक्षका प्रत्यासी महासचिवमा राजेन्द्रप्रसाद सापकोटाको समूहबाट महासचिवमा राजेन्द्रप्रसाद सुवेदीले ट्रेकिङ पेशा एउटा मर्यादित पेशाको रुपमा चिनिएको बताए । ‘समावेशी र व्यवसायीहरुका बीचमा तयार पारिएको टानको टिमले राम्रो काम गरिरहेका छ । तर अझै भएका नियमहरूलाई परिमार्जन गरेर आगामी दिनमा हाम्रो समितिबाट राम्रो कामको लागि हाम्रो समूहले जित्ने कुराको सम्भव छ ’ उनले भने । 

किनभने हामीसँग विभिन्न सेक्टरमा रहेर काम गरेका साथीहरु अनुभवी टिम भएको कारणले हामी आगामी दिनमा पर्यटन व्यवसायीप्रति उत्तरदायी भूमिका निर्वाह हुनेमा कुनै अविश्वास नरहेको सुवेदीले बताए । उनले भने प्रभावसँग भने,‘ टिम्समा देखिएको समस्या र यावत अन्य समस्याहरूको समाधानको लागि हाम्रो एजेण्डाले ट्रेकिङको कामहरुलाई पुस्तान्तरण गर्न सक्छौँ र हाम्रो भविष्यको फिल्डले पनि यो पेशामा आएर काम गर्न सक्ने वातावरण सिर्जना गर्नको लागि हाम्रो समूहले मलाई महासचिवको पदमा उम्मेद्वार बन्न छनौट गरेको हो ।’

उनका अनुसार राज्यसँग बसेर काम गर्दा राज्यले समन्यनकारी भूमिका खेलेर तपाईंको ट्रेकिङ ट्रायलहरु बचाउन पहल हुनेछ  । 'यसैगरी हामीले जति पनि अहिले ट्रेकङ ट्रायलमा देखिएको समस्या छ यसको समाधानका लागि हाम्रो सहभागिताको टान आवश्यक देखिन्छ । हामीले राज्यको  विद्यालय स्तरमा भएका पाठ्यक्रममा नै ट्रेकिङ र ट्रेकिङ पेशालाई समावेश  गर्न हाम्रो कार्यसमितिले काम गर्ने छ । हामीसँग धेरै कुराहरू छन् जुन कुराहरु हामीले ल्याएका घोषणापत्रमा पनि छन्  । उनले सोही घोषणापत्रको आधारमा सम्पूर्ण काम गर्ने प्रतिबधता जनाए । संस्थासँग नजिक रहेर काम गर्ने अन्तर्राष्ट्रिय नियोग , संघसंस्थाहरुसँग पनि नजिक रहेर काम गर्ने लक्ष्य रहेको' उनले बताए । 

पर्यटन सूचना प्रवाह गर्न एउटा थलको रुपमा सबैलाई इन्फर्मेसन दिन सक्ने वेबसाइटहरु तयार पार्ने पनि उनको योजना रहेको बताए । सुवेदीले भने,‘ अन्तर्राष्ट्रिय बजारमा डिजिटल रुपमा बेच्ने कुरालाई प्राथमिकता रहने छ । म महासचिव भएर एडमिनिस्ट्रेसनको पाटो हेर्दै गर्दा यी कुराहरु सफल बनाउनको लागि मेरो चाहिँ कार्यसमिति तलिन रहनेछ ।’
 


प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
मनमोहक तनहुँको दुबुङ गाउँ
मनमोहक तनहुँको दुबुङ गाउँ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP