Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • लेक लागेर ०८०/८१मा २१ जनाको मृत्यु
लेक लागेर ०८०/८१मा २१ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ५, २०८१

गण्डकी -  पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/ ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको हाे ।

आयोजना प्रमुख डा रविन कडरियाका अनुसार लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक हुन् ।  “अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्”, उनले भने, “हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ ।”

लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्कनुपर्ने उनको भनाइ छ । लेक लागेका पर्यटकलाई हेलिकप्टरबाटसमेत उद्धार गरेर बचाइएको उनले बताए । आयोजना कार्यालयले गत वर्षदेखि त्यस्ता घटनाको तथ्याङ्क राख्न सुरु गरेको प्रमुख डा कडरियाको भनाइ छ । उक्त वर्ष पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको आयोजना कार्यालयले जनाएको छ ।

Hardik health

कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको मृत्यु भएको आयोजना प्रमुख डा कडरियाले जानकारी दिए । मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्विडिस नागरिकको मानव अवशेष सात महिनापछि गत साउनमा फेला परेको उहाँको भनाइ छ । 

“लामो दुरीको पदयात्रामा निक्कँदा एक्लै जानुहुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ”, प्रमुख डा कडरियाले भने, “ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।” अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् । 

आयोजना कार्यालयका अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । प्रमुख डा कडरियाले अघिल्लो आव २०७९/८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएको बताए । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कुल एक लाख ७२ हजार पाँच सय दस पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । 

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । 


प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:३९
#लेक
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
मनमोहक तनहुँको दुबुङ गाउँ
मनमोहक तनहुँको दुबुङ गाउँ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP