Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • साेलाे उडानमा रोक भएपछि नेपाली प्याराग्लाइडरहरु अभ्यासका लागि विदेश जान बाध्य
साेलाे उडानमा रोक भएपछि नेपाली प्याराग्लाइडरहरु अभ्यासका लागि विदेश जान बाध्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३, २०८१

काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालमा ‘सोलो’ (एकल) प्याराग्लाइडिङ उडान रोकेपछि नेपाली खेलाडीहरु अभ्यासका लागि विदेश जान बाध्य भएका छन् । क्यानले यस्तो उडानका रोकेको दुई वर्ष भइसक्दा पनि खुल्ला नगरेपछि उनीहरु विदेशमा अभ्यासका लागि जान बाध्य भएका हुन् ।

पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुदमा क्रस कन्ट्री खेलका क्रममा सहभागी प्याराग्लाइडिङ खेलाडी तथा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएपछि क्यानले देशभरका यस्ता उडानहरु रोकेको थियो । प्राधिकरणले व्यवसायिक उडान खुल्ला गरे पनि सोलो उडानका लागि भने खुल्ला नगरेको नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघका अध्यक्ष भूपेन्द्र चाम्लिङ राई बताउँछन् । ‘सोलो’ उडानमा लगाएको रोकले नेपालका तीन सयभन्दा बढी प्याराग्लाइडिङ पाइलट भारतमा तालिम तथा अभ्यास गरिरहेको उनले बताए । 

नेपाल हवाई खेलकुद संस्था (ना)लाई व्यवसायिक उडानका लागि प्राधिकरणले सम्बन्धन दिएको संस्था हो । व्यवसायिक प्याराग्लाइडिङ उडानका लागि पनि सोलो अभ्यास नगरि उडान गर्न नसकिने भन्दै राईले खेल तालिमको सम्बन्धनमा नेपालका सबै खेलाडीलाई सोलो उडान नदिएकोले भारतलगायतका देशहरुमा गरिरहेको बताए । 

नेपालले १८ औं एसियन खेलमा ४५ मध्ये प्याराग्लाइडिङले मात्र रजत पदक ल्याउन सफल भएको थियो । प्राधिकरणबाट लाइसेन्स लिएर मात्र व्यवसायिक प्याराग्लाइडिङ उडान गर्न मिल्छ । राईले भने, ‘सुरुमा ‘सोलो’ सिक्नपर्छ । जति पनि प्याराग्लाइडिङ सामग्रीसम्बन्धी ग्ल्यान्डरको ज्ञान भनेको सोलो उडान गर्दा थाहा हुने हो । साथै १८ देखि २४ महिनासम्म तालिम गरेपछि टेन्डम पाइलट बन्छ ।’

Hardik health

प्राधिकरणले सोलो प्याराग्लाइडिङ उडान रोकेकाले प्याराग्लाइडिङ खेलाडीहरुले कुनै पनि अन्तर्राष्ट्रिय खेलहरुमा जान नपाएपछि बाध्य भएर अरु देशमा अभ्यासका लागि  गएको उनले बताए । राईले थपे, ‘प्याराग्लाइडिङ पाइलट बन्न पहिला १८ देखि २४ महिना सोलो सिकिसकेपछि ११ वटा म्यानुअल पाठ्यक्रम पास गर्नुपर्छ । त्यसपछि मात्र व्यवसायिक टेन्डमको प्रकियामा जान्छ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय इजाजत संसार भरिका जम्मा १४० भन्दा बढी देशहरुमा सम्बन्ध छ । विदेशी भिजिटर पाइलट नेपाल आउँदा फन–फ्लाइङ गर्न आउने १४० भन्दा बढी देशबाट कम्तिमा वार्षिक तीन लाखभन्दा बढी रहेको तत्यांकले देखाएको छ । नेपालमा साहसिक खेलमार्पmत पर्यटन प्रवर्द्धन गर्ने अथाह संभावना छ ।

‘फन–फ्लाइङ’ विशुद्ध सोलो उडन गर्ने हो भन्दै राईले नेपालमा यस्ता पर्यटक आफ्नै ग्ल्यान्डर बोकेर उड्ने, ती पाइलटहरुले विमानस्थलमै कर बुझाएर नेपाल भित्रिने बताए । नेपालमा अधिकांश महिना प्याराग्लाइडिङ उडान गर्न सकिने भन्दै उनले अरु सबै देशमा यस्तो नरहेको बताए । 

राईले भने, ‘यो संभावनालाई सरकारले सदुपयोग गर्नुपर्छ । तराईबाहेक नेपालका सबै पहाडी र हिमाली जिल्लामा प्याराग्लाइडिङ गर्नसक्ने संभावना छ । यसलाई सहजीकरण गरियोस भन्ने हाम्रो माग हो । मुख्य कुरा ठाउँहरु निधारण गरी दिनुपर्यो ।’ उनले अहिले नेपालीहरुले १० औं राष्ट्रिय खेलको लागि भारत तयारी राम्रो कुरा होइन् भन्दै सोलो लडानमा लगाइएको प्रतिवन्ध हटाउन गत वर्ष नै प्राधिकरणले निवेदन दिँदा पनि सुनुवाई नभएको बताए । 

राईले थपे, ‘गत वर्ष नै हामीले लिखित आग्रह गरेको । मौखिंकरुपमा पनि भन्दै आएका छौं । छलफलको लागि प्राधिकरणले बोलाएको छैन । सोलो उडान रोकेको दुई वर्ष भइसक्यो । सुदन किरातीदेखि हितबहादुर तामाङसम्मका पर्यटनमन्त्रीलाई भेटेर पनि कुरा गरेको हो । प्राधिकरणको सेफ्टी डिपार्टमेन्टका कर्मचारीसँग कुरा गर्दा महानिर्देशकले नै अनुमति दिनुपर्छ भन्छन् । महानिर्देशक चासै दिनुहुन्न ।’ यस विषयमा नयाँ पर्यटनमन्त्रीसँग पनि कुरा गर्ने उनले बताए । 

यस्तो सोलो उडानका लागि प्राधिकरणले अध्ययन गरी ‘एयरस्पेस’ निर्धारण गर्नुपर्ने हुन्छ भने खेलका लागि राष्ट्रिय खेलकुद परिषदमा संघ दर्ता गरि उक्त संघमार्फत खेलकुदको अनुमति लिनुपर्छ ।  छोटो प्रतिक्रियामा प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले सालो उडानका लागि खुल्ला गर्ने कुनै तयारी नरहेको बताए । त्यसको कारण पोखराको दुर्घटनालाई उनले देखाए । 


प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
मनमोहक तनहुँको दुबुङ गाउँ
मनमोहक तनहुँको दुबुङ गाउँ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP