Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • नेतृत्वविहीन पर्यटन बोर्डमा नयाँ सीईओकाे आशा ,अदातलले गर्‍याे रिट खारेज
नेतृत्वविहीन पर्यटन बोर्डमा नयाँ सीईओकाे आशा ,अदातलले गर्‍याे रिट खारेज
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २, २०८१

काठमाडौं -  नेपाल पर्यटन बोर्डको नयाँ सीईओ छनोटका लागि बाटो खुल्ला भएकाे छ ।उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको नयाँ सीईओ छनोट प्रक्रियाविरुद्ध परेको मुद्दामा निर्णय नगरी अडकाएर राखेकोमा आजा अदातलले रिट खारेज गर्दै प्रक्रिया खोल्दिएको हो ।  

तत्कालिन सीईओ डा.धनन्जय रेग्मीको पदावधि सक्किएपछि बोर्ड नेतृत्वविहीन बन्न पुगेको छ । सीईओ नहुँदा बोर्डको कामकारवाही लथालिङ्ग हुन पुगेको छ । आर्थिक बर्ष सुरु भइसक्दा समेत बोर्डले अहिलेसम्म बजेट पारित गरी कार्यक्रमअघि बढी बढाउन सकेको छैनन्। 

बोर्डका उपाध्यक्ष कमल सापकोटाले रिट खारेज भएको बताउँदै अब सीईओ छनोट प्रक्रिया अघि बढ्ने बताए । सापकोटाले सीईओ छनोट समितिमा पर्यटन मन्त्रालयका सह–सचिवको आवश्यक पर्ने हुँदा मन्त्रालयसँग बोर्डले अनुरोध गरेको बताए । उनले बजेट निर्माणको काम भइरहेको र चाँडै पास हुने पनि बताए ।

Hardik health

यसअघि पर्यटन मन्त्रालयका सचिवले सञ्चालक समितिको राख्न आनाकानी गर्दा बजेट पास हुन नसकेको भन्दै बोर्डकै पदाधिकारीले असन्तुष्टि जनाउँदै आएका थिए । पर्यटन बोर्डको अध्यक्ष पर्यटन सचिव रहने व्यवस्था छ । अब बोर्डको सीईओ छनोटको लागि पर्यटन मन्त्रालयका सह–सचिव र बोर्डबाट दुई जना सदस्य पनि समेटिने बताउँदै सापकोटाले सीईओ पदका लागि रहेका आवेदकहरुबाटै छनोट प्रक्रिया अघि बढाउने कि थप आवेदनका लागि समय थप गर्ने रु भन्ने विषयमा अबको बोर्ड बैठकमा निर्णय गरिने बताए ।

गत वर्ष पर्यटनमन्त्रीका कारण समयमा पास हुन नसकेको बोर्डको बजेट यस बर्ष पर्यटन सचिवका कारण अलमलमा परेको हो । नयाँ सीईओको छनोट प्रक्रियामा बोर्डका पूर्वसीईओ डा। धनन्जय रेग्मी, पूर्वसीईओ दीपकराज जोशी, पर्यटन बोर्डका कर्मचारीहरू हिक्मत सिंह ऐर, श्रद्धा श्रेष्ठ, सन्तोषविक्रम थापा, लक्ष्मण गौतम र नवीन पोखरेलसहित २० जनाले आवेदन दिएकोमा चार जनाको आवेदन मापदण्ड नपुगेको भन्दै रद्द गरिएको थियो । बाँकी आवेदकहरुमा ठाकुर देवकोटा, राम गिरी, राजाराम केसी, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, दीपक बास्ताकोटी, रामचन्द्र सेढाई छन् भने आवेदन रद्द हुनेमा कमल डोधारी, चक्सु मल्ल, पदम वन र ज्ञानेन्द्र अधिकारी छन् । 

योग्य १६ जना आवेदकहरुको कार्ययोजना प्रस्तुती र अन्तरवार्ता चल्दै गर्दा बोर्डका ११ जना कर्मचारीले गत वैशाख ९ मा प्रक्रियाविरुद्ध उच्च अदालतमा रिट निवेदन दिएका थिए । छनोट गैरकानुनी भएको भन्दै दिएको रिटमा अदालतले प्रक्रिया रोक्न अन्तरिम आदेश दिए पछि थप कुनै आदेश नदिँदा लामो समयसम्म छनोट प्रभावित भएको हो ।

अदालतमा रिट गर्दा गर्ने कर्मचारीहरुले सीईओ छनोट समितिका दुई जना सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको नियुक्ति नै गैरकानुनी भएको बताएका थिए । 
 


प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
मनमोहक तनहुँको दुबुङ गाउँ
मनमोहक तनहुँको दुबुङ गाउँ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP