Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रोजगारी माग्दा हिरासतमाः पीडककै पक्षमा प्रहरी, नागरिकसँग प्रहरी चुक्दै
रोजगारी माग्दा हिरासतमाः पीडककै पक्षमा प्रहरी, नागरिकसँग प्रहरी चुक्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २३, २०७६
Balephi
Hardik health
चौतारा– वैदेशिक रोजगारलाई विस्थापन गर्ने योजनामा सरकार अघि बढ्दै जाँदा प्रहरी प्रशासनले भने तिनै रोजगार माग्नेहरूलाई हिरासतमा पुर्याएको समाचार छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ मा निर्माणाधीन बलेफी हाइड्रोपावर प्रालिमा स्थानीयले क्षमता र योग्यताबमोजिम काम गर्न पाउनुपर्ने माग गर्दा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधअन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेको स्थानीय बताउँछन् । निर्माणाधीन हाइड्रोपावरमा स्थानीयले काम माग्न जाँदा स्थानीय जंघा तामाङ र पेमा दोर्जे (काइँला) तामाङलाई प्रहरीले पक्राउ गरी उनीहरूलाई हिरासतमा राखेको भए पनि सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले भने उनीहरूलाई पक्राउ नगरेको बताएका छन् । तामाङद्वयलाई प्रहरीले गत १८ फागुन आइतबार पक्राउ गरेर मंगलबार अदालतबाट ७ दिनको म्याद थप गरेको अदालतले जनाएको छ । तर, प्रहरी प्रमुख महर्जनलाई यसबारे प्रतिक्रिया माग्दा आफू सुरक्षा बैठकमा बसेकाले अहिले बोल्न नमिल्ने भन्दै हतार–हतार फोन काटे । प्रहरीले तामाङद्वयलाई पक्राउ गरेको गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले पनि बताएकी छन् । उनले भनिन्, ‘म प्रहरीकोमा गएर भेटेको छुइनँ, प्रहरीलाई पनि सोधेकी छुइनँ, तर मैले प्रहरीले पक्राउ गरेको भन्ने सुनेको छु ।’ पक्राउको विरोध र हाइड्रोपावरसँग विभिन्न माग राख्दै अहिले दैनिकजसो बलेफीमा स्थानीयले आन्दोलन गरिरहेका छन् । सिन्धुपाल्चोक मुलुककै अत्यन्तै संवेदनशील जिल्लाको सूचीमा छ । त्यसैले पनि प्रहरीले तामाङद्वयलाई बेपत्ता पार्न सक्ने स्थानीयले जनाएका छन् । यसबारे एसपी महर्जनले प्रभावसँग लामो कुरा गर्न नमान्नु र सुरक्षा बैठकको बाहनामा फोन काट्नुले स्थानीयको शंकालाई थप पुष्टि गरेको छ । तामाङद्वयको गिरफ्तारीको विरोधमा गत आइतबारदेखि बफेफीमा स्थानीयले आन्दोलन गरिरहेका छन् । तर, यस विषयलाई चौकीका असई सुरेन्द्र शाहले पहिला सानातिना कुरा भएको बताएका थिए । उनले स्थानीयले अनावश्यक माग राख्दै निहुँ खोजेकोले नियन्त्रणमा लिइएको बताए पनि प्रभाव दैनिकको नाम लिनेबित्तिकै उनले आफूले यस सम्बन्धमा जिल्लामा रिपोर्टिङ गरिसकेको हुनाले विस्तृत जानकारीका लागि जिल्लामा नै सोध्न भन्दै आफू पन्छिए । स्रोतका अनुसार चौकीमा हरेक हप्ता भोज चल्ने गर्दछ । चौकी नजिकैका एक स्थानीयले नाम नबताउने सर्तमा प्रभाव दैनिकसँग भने, ‘हरेक हप्ता खसी ढालेको देख्छु, ठुल्ठूला ज्यानका मानिसहरू जम्मा भएर भोज खाएको देख्छु ।’ प्रहरी चौकीमा भोजभतेर भन्नेबित्तिकै प्रहरी संगठनमाथि प्रश्न उठ्न थालेको स्थानीयले बताएका छन् । कतिपय स्थानीयले कात्तिके प्रहरी चौकी पनि हाइड्रोपावरकै पक्षमा काम गरिरहेको बताएका छन् । स्रोतका अनुसार सो भोजको आयोजक बलेफी हाइड्रोपावरका अध्यक्ष उमेश कसजू हुन् । उसो त पछिल्लो समय प्रहरीको छबि धुमिल हुँदै गएको छ । बच्चा बोक्ने महिलामाथि लाठी चार्ज, सेवाग्राहीलाई बलात्कार, प्रहरी नै सुन तस्करीमा संलग्न भएको समाचारले प्रहरीको छविमा धब्बा लगाएको छ । यहि बेला सिन्धुपाल्चोकका प्रहरी प्रमुखले नै सञ्चारकर्मीसँग सूचना लुकाउने काम गर्नुले प्रहरी मेरो साथी भन्ने नारालाई गिज्याएको सुरक्षाविद्हरूले पनि बताउन थालेका छन् । स्थानीयले आफूहरू व्यक्तिगत मागमा नअल्झेको भन्दै हाइड्रोपावरको सुरुङ खनेपछि त्यहाँ पानीको मुहान सुकेको भन्दै उनीहरूले चित्त बुझ्दो मुआब्जा माग गर्दै आएका छन् । उनीहरूले हाइड्रोपावरले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयको शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकास गर्नुपर्ने माग राखेका छन् । स्थानीयले कानुनले भनेजति क्षतिपूर्ति, सडक निर्माण गर्नुपर्ने माग गरिरहेका छन् । पछिल्लोपटक उनीहरूले हाइड्रोपावरसँग माग राख्ने क्रममा नै तामाङद्वय पक्राउ परेको भन्दै निःसर्त रिहाइको समेत माग राखेका छन् । उहि मागसहित अहिले स्थानीयले बलेफी हाइड्रोपावरनजिक दैनिक आन्दोलन गरिरहेका छन् । तर उनीहरूको मागको सुनुवाइ नभएको स्थानीयले बताएका छन् । प्रशासन र स्थानीय जनप्रतिनिधि पनि हाइड्रोपावरको पक्षमा उभिएकाले आफूहरूको माग पूरा नभएको उनीहरू बताउँछन् । नेपाल सरकारले आइएलओ अभिसन्धि स्वीकार गरिसकेको र आइएलओ १७९ बमोजिम हाइड्रोपावर निर्माणमा सबैभन्दा पहिले स्थानीयले काम गर्न पाउनुपर्ने भए पनि हाइड्रोपावरले स्थानीयलाई रोजगार दिन इन्कार गरेको स्थानीयको आरोप छ । हरेक हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन (आइइई) गर्नुपर्ने र सार्वजनिक सुनुवाई हुनुपर्ने कानुन छ । तर, सो हाइड्रोपावरको सार्वजनिक सुनुवाइमा पनि गुन्डागर्दीलाई प्रयोग गर्दै एकतर्फी रूपमा हस्ताक्षर गराएको स्थानीयले बताए । त्यसो त आइइईको सूचना पनि सार्वजनिक नगरी लुकाएर राखिएको बताइन्छ । स्थानीयका अनुसार सार्वजनिक सुनुवाई हुँदा स्थानीय झिँगे भनिने सञ्जय लामाको नेतृत्वमा २०÷२१ जना गुन्डा ल्याएर स्थानीयलाई तर्साएका थिए । उनीहरूले स्थानीयमाथि आक्रमण गरेर जबर्जस्ती हस्ताक्षर गर्न लगाएको आरोप छ । यसबारे गाउँपालिकाका उपाध्यक्ष तामाङले सार्वजनिक सुनुवाईमा गुन्डा ल्याएर रोजगार माग्नेमाथि आक्रमण गर्नु गलत भएको बताएकी छन् । स्थानीय परियोजनामा स्थानीयले नै काम नपाउने हो भने परियोजना सञ्चालकमाथि प्रश्न उठ्ने उनले बताएकी छन् । परियोजनामा काम माग्न जाँदा प्रहरीले स्थानीयमाथि धरपकड गर्नु प्रहरीको सबैभन्दा ठूलो भुल भएको बताउँदै स्थानीयमाथि गुन्डागर्दी र धम्कीको साहरामा परियोजना निर्माण गर्न खोज्नु गलत भएको उनको भनाइ छ । कसजू अध्यक्ष रहेको हाइड्रोपावर कम्पनीले स्थानीयलाई रोजगार दिनुका सट्टा जिल्लाबाहिरका केही गुन्डाहरूलाई प्रयोग गरेर आफू निकटकालाई मात्र रोजगार दिएको स्थानीयको दाबी छ । स्थानीयका अनुसार अध्यक्ष कसजूले अहिले ‘झिँगे’लाई सबै काम जिम्मा लगाएका छन् । उनले पनि पेटी ठेकेदारहरूलाई काम बाँड्दै हिँड्ने र ठूलो मात्रामा कमिसन लिइरहेको स्थानीयको आरोप छ । स्थानीयले आफ्नो सीप र क्षमताअनुसार परियोजनामा काम गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । यहि माग राख्दा स्थानीयलाई प्रहरी र गुन्डागर्दीले तर्साउने, धरपकड गर्ने र झुठा मुद्दा (केही सार्वजनिक अपराध) सम्म लगाउने गरेको उनीहरूले बताएका छन् । झिँगेलाई प्रहरी र हाइड्रोपावर व्यवस्थापन दुवै पक्षले संरक्षण गरिरहेकोले स्थानीयबासीमाथि उनी हाबी भएको स्थानीयले बताए । यसबारे प्रतिक्रिया लिन खोज्दा अध्यक्ष कसजूले फोन उठाएनन् । स्रोतका अनुसार दुई वर्षअघिको प्रहरीको प्रतिवेदनमा झिँगे उर्फ सञ्जय लामा प्रहरीको दोस्रो दर्जाका गुन्डानाइके हुन् । उनी अझै पनि प्रहरीले खोजी गरेको तर सिन्धुपाल्चोक प्रहरीसँग निकटता भएका कारण उनी पक्राउ परेका छैनन् । सिन्धुपाल्चोकमा जुनसुकै प्रहरी प्रमुख आए पनि आफूले आफ्नो मान्छे बनाएको भन्दै उनले जुगल गाउँपालिकामा उर्दी नै गरेर हिँड्ने गरेको स्थानीयले बताएका छन् । गाउँपालिकाका कात्तिके प्रहरी चौकी पनि तिनै अध्यक्ष कसजुकै पक्षमा काम गरिरहेको स्थानीयको आरोप छ । अहिले पनि झिँगे भनेपछि स्थानीयहरू डराउँछन् । उनीहरूले आफ्नो नाम प्रकाशन नगर्न प्रभाव दैनिकलाई पनि बारम्बार आग्रह गरेका थिए । उनीहरूको नाम नछाप्ने निश्चित गरेपछि मात्र उनीहरू प्रभाव दैनिकसँग कुरा गर्न राजी भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  ०५:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP