Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अध्यक्ष दाहाललाई जनार्दनको १३ प्रश्न
माओवादी स्थायी कमिटी बैठक अध्यक्ष दाहाललाई जनार्दनको १३ प्रश्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २८, २०८१

 

  • दाहाललाई शर्माको प्रश्न– पार्टी फुटाएर एमालेमा जाँदै छ भनेर किन प्रचार गरियो ?
  • आफूविरुद्ध खुमलटारबाट षड्यन्त्र सुरु भएको र बालुवाटार पुगेपछि तीव्र भएको शर्माको दाबी
  • अध्यक्ष दाहालले स–साना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सिर्जना गरेको पनि शर्माको टिप्पणी 

काठमाडौं– जेठको मध्यतिर नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा चोइटिन लागेको एउटा सनसनीपूर्ण खबर फैलियो । शर्माका अनुसार उनलाई त्यसबेला जताजतैबाट तारान्तार फोन आयो । जवाफ दिँदादिँदा काबु भए । उसै त माओवादी फुट्दाफुट्दा अस्तित्व नै संकटोन्मुख छ । त्यहीबेला उपमहासचिव शर्माले पार्टी फुटाउन लागेको भन्दै फैलिएको खबरले माओवादी नेता कार्यकर्ताहरू बेचैनीमा परे ।

यही विषय माओवादीको जारी स्थायी कमिटी बैठकमा उठेको छ । उपमहासचिव शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालबाटै यस्तो दुष्प्रचार भएको ठोकुवा गरेका छन् । यसबारे दाहालसँग शर्माले आइतबार प्रश्न गरे, ‘पार्टी फुटाएर एमालेमा जाँदै छ भनेर किन प्रचार गरियो ?’शर्माले पार्टी फुटाउँदै छ भनेर प्रचार गरी अध्यक्ष दाहालले कार्यकर्ता पंक्तिमा भ्रम र त्रास सिर्जना गराएको बताएका छन् । अध्यक्ष दाहालकै ग्राण्ड डिजाइनमा आफूविरुद्ध षड्यन्त्र भएको उनको आरोप छ । 

शर्माले आफूविरुद्ध खुमलटारबाट षड्यन्त्र सुरु भएको र बालुवाटार पुगेपछि तीव्र भएको दाबी गरेका छन् । ‘खुमलटारबाट एमालेमा जाँदै छ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ, कसैलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो ।’

Hardik health

माओवादीको संगठनमा उपमहासचिव शर्मा र अर्का उपमहासचिव वर्षमान पुनको बलियो पकड छ । दुवै पार्टी महासचिव हुन चाहन्थे । त्यसका लागि दुईबीच तीव्र संघर्ष भयो । त्यसपछि दाहालले देवप्रसाद गुरुङलाई महासचिव बनाए । दाहालको यो कदमप्रति शर्मा पूरै आक्रोशित छन् । दाहालप्रति प्रश्नैप्रश्न उठाउँदै आएका छन् । जारी स्थायी कमिटी बैठकमा उनले अध्यक्ष दाहाललाई लिखित रूपमा १३ वटा प्रश्न गरेका छन् । तर, आफूविरुद्ध उठेका प्रश्नबाट पन्छिन दाहालले आफ्नाविरुद्ध हल्ला गराएको पनि आरोप लगाए । ‘मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरू छन्,’ उनले लेखेका छन्, ‘ती प्रश्नहरूको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आमपंक्तिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ ।’

अध्यक्ष दाहालले स–साना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सिर्जना गरेको पनि शर्माको टिप्पणी छ । यसलाई शर्माले गलत भनेका छन् । उनले पार्टीको आठौं महाधिवेशनको समापनपूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर आठौं महाधिवेशनको महŒवलाई हलभित्रै समाप्त गरेको भन्दै दाहालविरुद्ध प्रश्न गरेका छन् । महाधिवेशनको बेला बोल्न नदिएको भन्दै उनी रुष्ट छन् ।‘पार्टीलाई विधि र पद्धतिमा लैजाने संकल्पको रुपमा आयोजना गरिएको विधान महाधिवेशन हलमा उत्साहका साथ भएका छलफल र हलको अभिमतलाई अस्वीकार गर्दै फक खालको घोषणा र विधान सम्मेलनभन्दा महाधिवेशन ठूलो हो जे गर्नुछ, त्यहीबाट गर्नुपर्छ भनी विधान महाधिवेशनको महŒवलाई ठाउँको ठाउँ समाप्त गरेको र सो अधिवेशनमा बोल्नसमेत नदिइएको प्रश्न छ,’ शर्माले भने । 

अध्यक्ष दाहाल प्रधानमन्त्री छँदा बारम्बार आफूू र अर्का उपमहासचिव पुनविरुद्ध बालुवाटारबाट दुष्प्रचार गरिएकोमा पनि शर्माको असन्तुष्टि छ । उनले दाहालले आफूूविरुद्ध प्रतिशोध नै साँधेको पनि बताए । त्यसका लागि राज्यशक्तिको प्रयोग गर्न खोजेको खुलाए । पार्टी फुटाउन दाहाल आफैं लागिपरेको पनि आरोप लगाए ।‘पार्टीभित्र विभिन्न तहका नेताहरूलाई जुटाउन हैन फुटाउनका लागि गरिने मिहिनतबारेको प्रश्न छ,’ शर्माले बैठकमा बुझाएको लिखित प्रश्नावलीमा छ, ‘नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएकोबारे प्रश्न छ ।’

गत २८ असारदेखि माओवादी प्रतिपक्षी दलको हैसियतमा छ । माओवादीले भएभरको राजकीय पद सबै गुमाएको छ । यसलाई लिएर दाहालमाथि थप प्रश्न जनार्दनको छ । प्रदेश प्रहरी समायोजन नगरिएकोमा पनि प्रश्न उठाइएको छ । प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोग माओवादीबाटै हुँदा पनि साना तथा मझौला आयोजना र बजेट स्थानीय तह र प्रदेशलाई हस्तान्तरण नगरिएको भन्ने पनि जनार्दनको प्रश्न छ । 

यसबाहेक कोशी प्रदेशमा जारी पहिचान आन्दोलनबीच कोशी नाममा किराँत नाम शब्द जोड्ने विषयमा माओवादीको अहसमति किन ? भन्दै अर्को प्रश्न पनि शर्माले गरेका छन् । माओवादीले १७ फागुन २०७९ मा बसेको कोशी प्रदेश संसदम कोशी नाममा मतदान गरेको थियो । जबकि, त्यसअघि माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले किराँतबाहेकका प्रदेश नाममा हस्ताक्षर नगर्ने बताएका थिए । आफ्नै प्रतिबद्धताविरुद्ध उनले मतदान गरेका थिए । जसले गर्दा माओवादी त्यहाँ सर्वाधिक आलोचित भयो ।

पहिचान पक्षधरहरूले लगातार आन्दोलन गरे । अहिले पनि जारी छ । यसकारण, कोशीमा माओवादीभित्र ठूलो पंक्ति किराँत नाम थप्नुपर्ने पक्षमा छन् । तर, माओवादी अध्यक्ष दाहालले आधिकारिकरुपमा किराँत नाम जोड्न अस्वीकार गर्दै आएका छन् । यही विषयलाई पनि जोडेर माओवादी उपमहासचिव शर्माले स्थायी कमिटी बैठकमा दाहाललक्षित प्रश्न गरेका हुन् । उनले आफ्नो राजनीतिक जीवन सक्न दाहाल पूरापूर लागेको भन्दै आक्रोश पनि ओकलेका छन् । पछिल्ला समय दाहाल–शर्मा सम्बन्ध पूरै बिग्रेको छ । यतिसम्मकी दाहालले शर्मालाई जेल कोच्न अख्तियार लगाउने तयारीसमेत गरेको आफूूले थाहा पाएको बताए ।  

दाहालको प्रतिपक्षी शर्मा
माओवादीमा अध्यक्ष दाहाललाई औंला ठड्याउने नेताका रूपमा उपमहासचिव शर्मा देखापरेका छन् । केही वर्षयता उनी दाहालसँग औंला ठड्याएर प्रश्न गर्छन् । उनलाई कतिपयले पार्टीको प्रमुख प्रतिपक्षी नेता पनि भन्ने गरिन्छ । उनीअघि भने पार्टीमा दाहाललाई प्रश्न गर्ने नेता डा. बाबुराम भट्टराई थिए । उनलाई दाहालको खरो आलोचकको संज्ञा दिइएको थियो । भट्टराईअघि उपाध्यक्ष मोहन वैद्य थिए । हाल भने उपमहासचिव शर्मा दाहालविरुद्ध प्रश्न गर्ने भएका छन् ।
 


प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १०:०६
#माओवादी स्थायी कमिटी बैठक
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP