Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटन संवाद कार्यक्रम सम्पन्न
पर्यटन संवाद कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २४, २०८१

काठमाडौं - होटल संघ नेपाल (हान)ले आयोजना गरेको पर्यटन संवाद सम्पन्न भएको छ । आज (बिहीबार) काठमाडौंस्थित शंकर होटलमा आयोजित कार्यक्रममा हानका अध्यक्ष बिनायक शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेयलाई पर्यटन संवादबाट उठेका समस्या र सुझावहरु बुझाएका हुन् ।  

हानले नेपालको समग्र पर्यटन तथा आतिथ्यता क्षेत्रका बस्तुस्थिति एवम् नीति नियम उजागर गर्ने उद्देश्यले होटल संघ नेपालले पर्यटन संवाद आयोजना गरेको छ । मन्त्रालयका सचिव पाण्डेयले भने,‘हामीले सबैले मिलेर पर्यटनको विकासमा समन्वय गर्नुपर्छ । पर्यटन एक रचनारत्मक क्षेत्र हो । नकारात्मक विषयवस्तुलाई चि¥दै सकारात्मकतर्फ केन्द्रित हुनुपर्छ । सबैसँग सहकार्य गरेर जानुपर्छ । ’ उनले भने हान पनि पर्यटन मन्त्रालयको एक सम्पत्ति हो ।  विशेष गरेर हानले पाँच सत्रमा पाँच विषयमा छलफल गरेको छ । वृहत पर्यटन सरोकार र प्राथमिकता, नशक्ति विकास र रोजगार प्रवद्र्धन ,पर्यटन पूर्वधार र पहुँच, पर्यटन प्रवद्र्धन र बजारीकरण र गन्तव्य विकास, पर्यटन समृद्धिका लागि नीतिगत सुधार जस्ता विषयमा पर्यटन संवाद गरेको हो । 

छलफलमा स्थापनाकालदेखि नै आवद्ध भएका हानका आधिकारीक अधिवक्ता प्रा.डा गान्दी पण्डीतले भने पर्यटनमा क्षेत्रीय र राष्ट्रिय समस्याहरु भएको बताए । नेपालमा पर्यटन नीति नहुँदा यी समस्याहरु छ निम्तिएको उनले बताए ।  हानले पर्यटन नीति ल्याउनु पर्ने उनले सुझाव दिए । हान लगायत विभिन्न पर्यटन संघ सस्थाहरुले सरकारसँग हवाई यातायातसम्बन्धी सहकार्य गरी काम गर्नुपर्ने बताए । हजारौं संख्यामा उद्योेग सिर्जना गर्ने र सहयोग दिने पर्यटन क्षेत्रलाई उद्योेगको मान्यता नदिएको उनले भने  । सानो तथा ठलो होटलहरुमा भएका सम्याहरुलाई सरकारको ध्यान नगएको पनि उनले टिप्पणी गरे  ।

 कोशी प्रदेशबाट हानका अध्यक्ष गरेका राजन श्रेष्ठले भने,‘नेपाल पर्यटकले ठूलो सम्भावना भएकोे देश हो । कोशी प्रदेश धेरै पर्यटन सम्भावना भएको देश हो । सगरमाथामा,पदयात्रा, हिलस्टेशन लागि सम्भावना बाकेको देश हो । थुप्रै भारतीय पर्यटकहरु धार्मिक एवम् सहासिक मज्जा लिन आउँछन् । तर भारतीय पर्यटकहरु नेपाल आउँदा उनीहरुलाई एक सयभन्दा माथिको  पैसा साटने सुविधा छैन । साथमा २५ हजार पनि ल्याउन प्रावधान छैन । गाडीबाट आउने पर्यटकहरुलाई रोकेर सास्ती दिइन्छ र यसका लागि अस्थाइ अनुमति गाडी नम्बर दिने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । 

Hardik health

मधेस प्रदेशबाट हानका अध्यक्ष विजय जुुंनझुनवालाले भने,‘ पर्यटकहरुलाई सहज हुनका लागि जनकपुर निजगढको बाटो , जनकपुरको रेलवेको छिटो बनाउनुपर्छ ।’ बागमती प्रदेशका हानका अध्यक्ष राम कुमार पुरीले भने,‘ हामी नेपालमा होटल दर्ता गर्न ११, १२ वटा ठाउँ जानुपर्ने झन्झट छ ,छिटै यसको एकद्वार प्रणानी बनाउन पर्यो ।’हानका महासचिव साजन शाक्यले भने,‘ नेपालमा पर्यटन २०१९ मा अहिले करिब १२ लाख पर्यटक नेपालमा भित्रिएको देखिएको छ । नेपालमा पर्यटक भित्र्याउन नसक्नेको मुख्य कारण भनेको हवाइ कारण हो । भारतबाट नेपालमा पर्यटकहरु भित्रियाउन सके नेपालको पर्यटनमा ठलो सहयोग मिल्ने छ । हाल ठमेल पनि २४ औं घण्टा खल्ला गरिएको छ । 

लुम्बिनी प्रदेशका हानका अध्यक्ष चन्द्र प्रसाद (सीपी)श्रेष्ठले भने आर्थिक विकास गर्ने, रोजगार विकास गर्ने भनेको पनि पर्यटन नै हो । हाम्रो देशको स्थिती हेर्दा एकदम दयनीय अवस्था छ । भैरहवा विमानस्थलबाट जजीरा एयरलायन्सले विभिन्न छुट माग्दा वास्ता नगरेको उनले बताए । ’ कर्णाली प्रदेशका अध्यक्ष दुर्गाबहादुर बस्नेतले भने,‘ यहाँका सडक र हवाइ यात्रा कन्नेक्टीभिटीको कारण पिछिडिएको छ । कर्णाली विकट होइन विराट बनाउनु पर्छ ।’ समग्र कर्णालीको भावी योजना र पर्यटकको सम्भावनाको बारेमा रुचि देखाउनु जरुरी रहेको उनले बताए । 

रुपेश श्रेष्ठको मध्यस्तकर्तामा जनशक्ति विकास र रोजगार प्रवद्र्धन सम्बन्धी पर्यटन संवाद भएको थियो । प्यानलमा ,सिटीभिटीका निर्देशक टेक बहादुर मल्ल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव गोविन्द रिजाल ,नाथमका सह–सचिव संगिता ओझा, इनस्योर(ENSSURE)का टीम लीडर रवीन्द्र बी सिंह, पूर्व एनटीबी बोर्ड सदस्य र पर्यटन उद्यमी पम्फा धमला, र हानका कोषाध्यक्ष युवराज श्रेष्ठ रहेका थिए  । पर्यटन पूर्वाधार र पहुँच सम्बन्धी पर्यटन संवादमा सुमन घिमिरले मध्यस्तकर्ता गरेका थिए । प्यानलहरूमा सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनियर अमित कुमार शर्मा, काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन प्रवद्र्धन विभाग निर्देशक कुमारी राई, वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष माजोज कार्की , नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल, नेपाल पर्यटक वाहन संघका अध्यक्ष वेदराज बास्तोला र  हानका दोस्रो उपाध्यक्ष दिनेश तुलाधर रहेका थिए । 

चौथो सत्रमा विजय अमात्यले पर्यटन प्रवद्र्धन, मार्केटिङ र गन्तव्य विकास  सम्बन्धी मध्यस्ता गरेका थिए । हानका निवर्तमान अध्यक्ष सृजना राणा, नाट्टाका अध्यक्ष कुमारमणि थपलिया, टानका कोषाध्यक्ष पुरुषोत्तम तिमलसिना, एनएमएका महासचिव मोहन लम्साल, नेपाल टुरिजम बोर्डका निर्देशक लक्षमण गौतम ,नाराका अध्यक्ष्य शिव अधिकारी र पाटाका अध्यक्ष खेम लकाईले प्यानलमा छलफल गरेको थिए ।अन्तिम सत्रमा दीपकराज जोशीको मध्यस्तमा पर्यटन समृद्धिका लागि नीतिगत सुधार सम्बन्धी पर्यटन संवाद भएको थियो । 

प्यानलहरूमा राष्ट्रिय योजना आयोग माननीय सदस्य गंगा दत्त अवस्ती, एनटिबीका उपाध्यक्ष रामप्रसाद सापकोटा ‘कमल’, पूर्व गभर्नर एवम नेपाल राष्ट्र बैंकका सचिव दीपेन्द्र पुरुस ढकाल,पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित ,हानका पूर्व अध्यक्ष योगेन्द्र शाक्य र एनटीबीका पूर्व प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठ रहेका छन् । 
 


प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन आइतबार, फागुन १०, २०८२
मुख्य याममा सौराहामा पर्यटक घटे
मुख्य याममा सौराहामा पर्यटक घटे शुक्रबार, फागुन ८, २०८२
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक शुक्रबार, फागुन ८, २०८२
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक बुधबार, फागुन ६, २०८२
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता मंगलबार, फागुन ५, २०८२
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी 
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी  सोमबार, फागुन ४, २०८२
खुल्यो तुम्लिङटार विमानस्थल
खुल्यो तुम्लिङटार विमानस्थल सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP