Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रदेश सरकार पुनर्गठनमा सकस
कांग्रेसको आन्तरिक किचलो र एमालेसँगको भागबण्डा नमिल्दा समस्या प्रदेश सरकार पुनर्गठनमा सकस
प्रभाव संवाददाता
प्रभाव संवाददाता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन
बिहीबार, साउन १७, २०८१

काठमाडौं– संघीय सरकार सहजै पुनर्गठन गरेको नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धनलाई प्रदेश सरकार पुनर्गठनमा सकस परेको छ । कोशी, गण्डकी र कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन गर्न दुई दलले सकेका छैनन् । सुदूरपश्चिम प्रदेशमा त सरकार गठनको प्रक्रिया कहिले थालिन्छ ? टुंगो छैन । मुख्यतः कांग्रेसभित्रको किचलो र केही प्रदेशमा कांग्रेस–एमालेबीचको असमझदारीले  मन्त्रिपरिषद् पुनर्गठनमा विलम्ब भएको हो । 

गण्डकीको हकमा कांग्रेस र एमालेबीच दुई जना मन्त्रीहरू राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाको व्यवस्थापन गठबन्धन सरकारमा कसरी हुन्छ भन्नेमा समझदारी भएकै छैन । कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे घुँडामा समस्या देखिएपछि उपचार गर्न भारत पुगेका छन् । उनी कहिले स्वदेश फर्किन्छन् भन्ने निश्चित छैन । 

गठबन्धनको एउटा घटक एमालेलेचाहिँ जतिसक्दो छिटो सरकारमा सहभागी हुन चाहेको छ । तर, मुख्यमन्त्री पाण्डे स्वदेश फर्केर कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारीसँग सम्वाद नगरी मन्त्रिपरिषद् पुनर्गठन सम्भव देखिँदैन । 

कारण, गण्डकी सरकारमा एमालेलाई सहभागी गराउनु समस्या होइन, मुख्यमन्त्री पाण्डेलाई संकटपूर्ण अवस्थामा विश्वासको मत दिएर सरकार जोगाएका मन्त्रीहरू गुरुङ र देवकोटाको व्यवस्थापन नै हो । गुरुङ र देवकोटालाई कांग्रेसले सरकारमा यथावत् राख्न चाहेको छ । किनभने दुवै जना पाण्डेका लागि ‘सत्तासंकटमोचक’ हुन् । उनीहरूलाई साथै लिएर सरकार पुनर्गठन गर्नुपर्नेमा पक्षमा पाण्डे र उनको दल कांग्रेस देखिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले प्रभावसँग भने, ‘उहाँहरूलाई समेटेरै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ । केन्द्रमा पनि साना दलहरूलाई मिलाएर सरकारमा लगिएको छ, यहाँ पनि त्यसै गर्नुपर्छ,’ न्यौपानेले भने, ‘भागबण्डा गर्दा उहाँहरूलाई पनि समेट्नुपर्छ ।’

Hardik health

एमाले भने गुरुङ र देवकोटालाई मन्त्रिपरिषद्मा सहभागी गराउन नहुने पक्षमा छ । प्रदेशमा दुई दलीय सरकार गठन गर्नुपर्ने मत प्रकट गर्दै आएको छ । जुन कांग्रेसको चाहनाविपरीत हो । एमाले संसदीय दलकी सचेतक देवका पहारी त्रिपाठीले केन्द्रमा जसरी गण्डकीमा पनि कांग्रेस–एमालेको सत्ता समीकरण हुनुपर्ने पक्षमा पार्टी रहेको बताइन् । दुई जना मन्त्री गुरुङ र देवकोटाको व्यवस्थापन कसरी गर्ने भन्ने विषय कांग्रेससँग मात्रै सम्बन्धित रहेको बताइन् । ‘केन्द्रमा जसरी कांग्रेस–एमालेको समीकरण बन्यो, प्रदेशमा त्यसअनुसार हुनुपर्छ । उहाँहरू (गुरुङ र देवकोटा)लाई हटाउने कुरा हाम्रो होइन तर कांग्रेसले कति मन्त्रालय पाउने हो ? त्यसअनुसार उहाँहरूलाई व्यवस्थापन गर्दा हाम्रो आपत्ति रहेन,’ उनले भनिन् । 

अन्य प्रदेशमा पनि सरकार पुनर्गठनमा किचलो छ । चार जना मन्त्री हुनुपर्ने कोशी प्रदेश सरकारमा कांग्रेसका २७ जना आकांक्षी छन् । त्यहाँ आकांक्षी नभएकाहरू पूर्वमुख्यमन्त्रीहरू उद्धव थापा र केदार कार्की मात्रै हुन् । बाँकी सांसदहरू मन्त्री बन्न शक्ति केन्द्र धाइरहेका छन् । मन्त्रीका लागि गुटगत ‘बार्गेनिङ’ चलिरहेको छ । एक नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई डा. शेखर कोइराला गुट र कृष्णप्रसाद कोइराला गुटले मन्त्री बाँडफाँटका लागि दबाब दिइरहेका छन् । यसमै सहमति नजुट्दा सरकार गठनमा ढिलाइ भएको उनको भनाइ छ । 

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङको भनाइले पनि त्यसलाई पुष्टि गर्छ । उनले केन्द्रीय नेताहरूले नै मन्त्री छानेपछि सरकार पुनर्गठन हुने बताए । ‘प्रदेश त भन्ने मात्रै न भयो । मन्त्री छान्ने केन्द्रले नै हो । केन्द्रले छानेपछि मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ उनले भने ।लुम्बिनीको छिमेकी प्रदेश कर्णालीमा त सभापति देउवा टिमभित्रै मन्त्री बन्न हानथाप छ । मन्त्री बन्न रस्साकस्सी जारी छ । त्यहाँ सभापति देउवापत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा, उपसभापति पूर्णबहादुर खड्का, नेता हृदयराम थानी, जीवनबहादुर शाहीलगायतले भाग खोजेका छन् । यसले गर्दा एमालेका यामलाल कँडेल मुख्यमन्त्री भएको सरकारले पूर्णता पाएको छैन ।

सांसदहरू राजीवविक्रम शाही कि जानकी सिंहलाई मन्त्री बनाउने ? टुंगो लागेको छैन । दुवै सांसद देउवानिकट हुन् । डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतरपक्षले भने मन्त्रीका लागि सुरेश अधिकारीको नाम टुंगो लगाइसकेका छन् । तर, त्यहाँ कांग्रेस संसदीय दलको नेता पनि छैन । कारण, दलका नेता जीवनबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो । यससँगै उनी दलको नेताबाट स्वतः हट्नुपरेको हो । यस्तो बेला कर्णालीमा देउवा समूहबाट मन्त्री बन्न पूरै टिम लागेको देखिएको छ ।

अर्को प्रदेश सुदूरपश्चिममा भने कांग्रेस–एमालेले सरकार गठनको प्रक्रिया नै अघि बढाएका छैनन् । त्यहाँ यी दुवै दलमा आन्तरिक किचलो छ । जसको व्यवस्थापन भइसकेको छैन । यहीबेला नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका दीर्घ सोडारीले विश्वासको मत लिने भनिरहेका छन् । कांग्रेस–एमालेले भने सरकार गठन गर्ने तयारी नै गरेका छैनन् । यसअघि कांग्रेस–एमालेको संयुक्त सरकार बागमती र लुम्बिनीमा  गठन भइसकेका छन् । तर, सकसपूर्ण ढंगले दुवै प्रदेशमा सरकार गठन भएका हुन् । बागमतीमा सरकार गठनमा कांग्रेसभित्रको दुुई गुटको ‘सत्तालडाइँ’ प्रस्टै देखियो । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा प्रभात तामाङलाई नियुक्त गरे पनि अन्ततः हटाएर कुन्दनराज काफ्लेलाई मन्त्रीका रूपमा शपथ ग्रहण गराए । अझै त्यहाँ कांग्रेसमा गुटगत विवाद कायमै छ । सांसद इन्द्र बानियाँले मुख्यमन्त्री लामा नेतृत्वको सरकारलाई असहयोग गर्ने छाँट देखाएका छन् । 

लुम्बिनी प्रदेशमा भने सरकार गठनको क्रममा कांग्रेस–एमाले दुवैमा किचलो भयो । एमालेले संसदीय दलको नेता लीला गिरीलाई छाडेर महासचिव शंकर पोखरेलनिकट चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनायो । यसप्रति असन्तुष्ट गिरीले पदबाट राजीनामा दिइसकेका छन् । कांग्रेसमा भने मन्त्रालय भागबण्डामा लफडा पर्‍यो । डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापनइतर पक्षले एक मन्त्रालय पाएको भन्दै असन्तुष्टि जनायो । मन्त्री छनोट केन्द्रबाटै भएको भन्दै कोइरालानिकट मानिने प्रदेश सभापति अमर पुन असन्तुष्ट छन् । १७ असारमा कांग्रेस–एमालेबीच सत्ता समीकरण बनाउनेबारे सात बुँदे सहमति भएको थियो । त्यस आधारमा प्रदेशस्तरमा सरकार गठन गर्ने प्रयासमा जुटे पनि कांग्रेस–एमालेलाई सकस परिरहेको देखिन्छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपाली कांग्रेस नफुट्ने नेता कोइरालाकाे दाबी
नेपाली कांग्रेस नफुट्ने नेता कोइरालाकाे दाबी सोमबार, पुस २८, २०८२
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ?
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ? सोमबार, पुस २८, २०८२
पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला
पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित
कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु सोमबार, पुस २८, २०८२
१८ वर्षपछि युद्धको ‘इपिसेन्टर’ फर्किए दाहाल
१८ वर्षपछि युद्धको ‘इपिसेन्टर’ फर्किए दाहाल सोमबार, पुस २८, २०८२
गगनको शक्ति प्रदर्शनमा देउवाको खोजी
गगनको शक्ति प्रदर्शनमा देउवाको खोजी सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP