Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विवादले मेडिकल व्यवसायी संघको निर्वाचन अनिश्चित
विवादले मेडिकल व्यवसायी संघको निर्वाचन अनिश्चित
बिहीबार, साउन १७, २०८१
  • सहमति जुट्न नसक्दा स्थगित निर्वाचन गर्न व्यवसायीबीच जुटेन सहमति
  • अध्यक्ष सीताराम रेग्मीका कारण निर्वाचन अनिश्चित बनेको व्यवसायीको आरोप
  • जतिसक्दो चाँडो नेतृत्व हस्तान्तरण गर्न आफू प्रयासरत रहेको अध्यक्ष रेग्मीको भनाइ

काठमाडौं– नेपाल मेडिकल व्यवसायी संघको सातौं वार्षिक साधारणसभा गत वैशाख २२ गते सम्पन्न भयो । तर, नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया भने स्थगित हुन पुग्यो । उक्त साधारणसभाले संघको नयाँ कार्यसमिति चयन गर्न निर्वाचनको म्याण्डेड दिए पनि विवादका कारण चुनाव हुन सकेन । 

संघमा सर्वसम्मत कार्यसमिति चयनका लागि पहल भए पनि सहमति जुट्न नसक्दा निर्वाचनका सबै प्रक्रिया रोकियो । यस्तो किन भयो त ? संघको अध्यक्ष सीताराम रेग्मी र आगामी कार्यसमितिमार्फत नेतृत्वमा जान खोज्ने व्यवसायीबीचको द्वन्द्वका कारण तोकिएको समयमा निर्वाचन हुन नसकेको व्यवसायीहरु बताउँछन् । 

संघका अध्यक्ष रेग्मीले टीका लगाएर नेतृत्व चयन गर्न लागेका कारण निर्वाचन हुन नसकेको एक व्यवसायीले बताए । उनका अनुसार संघकी उपाध्यक्ष कला दाहाललाई रेग्मीले सर्वसम्मत अध्यक्ष बनाउने प्रयास गरेका थिए । तर, त्यसको विरोध भयो र प्रतिस्पर्धामार्फत कार्यसमिति चयन गर्नुपर्ने माग गर्दै संघका कार्यसमिति सदस्य एवं अग्रज व्यवसायी अरुण देवको नेतृत्वमा चुनावी प्यानल नै खडा भयो । आफ्नो पक्षमा परिणाम नआउने देखेपछि रेग्मीले चुनाव नगराई स्थगित गरे,’ ती व्यवसायीले भने

अध्यक्ष रेग्मी भने उक्त आरोप स्वीकार गर्न तयार छैनन् । आफूले संघमा कसैलाई काखा र कसैलाई पाखा नगरेको उनी बताउँछन् । स्वस्च्छ र पारदर्शी ढंगले नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको उनको भनाइ छ । ‘सकभर सर्वसम्मत कार्यसमिति चयन गरौं भन्ने थियो तर व्यवसायी सदस्यहरुले नै चुनाव रोक्नुपर्ने अवस्था सिर्जना गर्नुभयो,’ उनले भने, ‘अहिले पनि नेतृत्व हस्तान्तरणमा मबाट कुनै रोकावट छैन, तर नेतृत्वमा जाने केही उम्मेदवार सदस्यहरुविरुद्ध उजुरी परेका कारण छानबिन गर्नुपर्ने दायित्व भएकाले समयमै निर्वाचन हुन सकेन ।’ 

Hardik health

संघको विधानमा नयाँ आर्थिक वर्ष सुरु भएपछि फेरि साधारणसभा गर्नुपर्ने व्यवस्था भएकाले नयाँ प्रक्रियामा जानुपर्ने अवस्था आउनसक्ने रेग्मीले बताए । उनले व्यवसायी र जिल्ला प्रशासन कार्यालयसँगको छलफलपश्चात् निर्णय गरिने बताए । ‘संघ गरिब नै छ, पैसा छैन, किन धेरै खर्च गर्नू ? मिलेसम्म पुरानै प्रक्रिया (गत साधारणसभाको निर्णय) अनुसार नै निर्वाचन गरौं, नेतृत्व हस्तान्तरण गरौं भन्ने पनि छ,’ अध्यक्ष रेग्मीले भने । 

तत्कालीन अवस्थामा साधारणसभा गराएर नेतृत्व हस्तान्तरण गर्न लाग्दा गणपूरक संख्या नपुग्नु, व्यवसायी सदस्यहरुबीच नै विवाद सिर्जना हुनु, उम्मेदवार बन्न खोजेका सदस्यहरुविरुद्ध उजुरी पर्नुलगायतका समस्या उत्पन्न भएका कारण निर्वाचन हुन नसकेको उनले प्रस्ट पारे । अन्य संस्थामा आबद्ध व्यवसायी पनि संघमा नयाँ सदस्य भएर आएको र विधानअनुसार उस्तै प्रकृति भएका संघसंस्थाका सदस्यहरुलाई सदस्यता दिन नमिल्ले प्रावधान भएकाले पनि समस्या देखिएकोले त्यतिवेला निर्वाचन स्थगित गर्नुपर्ने अवस्था आएको उनले बताए । 

‘संघकी उपाध्यक्ष कला दाहालले गणपूरक संख्या नभई निर्वाचनमा भाग नलिने भन्दै विरोध गर्नु र अन्य संस्थाका सदस्यहरु (१६÷१७ जना)ले संघमा नयाँ सदस्यता लिएको उजुरी परेपछि विधानविपरीत निर्वाचन गराउन सकिएन,’ रेग्मीले भने, ‘यद्यपि सहमतिनजिक पुग्नै लाग्दा केही व्यवसायीहरु बेग्लै ढंगबाट प्रस्तुत हुनुभयो । महासचिवका आकांक्षी कृष्ण बजगाईंले भाँडभैलो मच्चाउनुभयो, उहाँले दुईटा डुंगामा खुट्टा राख्न खोज्नुभयो, उहाँकी श्रीमती अर्को संस्थामा आबद्ध हुनुहुन्छ, यस्तो अवस्थामा संघको हित हुने कुरा सोच्नुप¥यो । उजुरी परेको छ, छानबिन पनि गर्नुप¥यो ।’ उनले सबै व्यवसायी एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।

लामो समयसम्म संघको अध्यक्ष भएर एकछत्र गर्न खोजेको र आफ्नो स्वार्थ अनुकूल नहुने देखेपछि विभिन्न बहाना बनाएर निर्वाचन स्थगित गराइएको अध्यक्षका आकांक्षी रहेका कार्यसमिति सदस्य एवं पुराना व्यवसायी अरुण देवले बताए । रेग्मीले संघको अध्यक्ष टीका लगाएर बनाउन खोजेको भन्दै त्यसलाई आफूहरुले रोकेर निर्वाचनको माग गर्दा निर्वाचन नै स्थगित गरेको देवको भनाइ छ । ‘मुलुकमा गणतन्त्र आइसकेको छ, अब पनि टीके प्रथा चलाएर हुन्छ ?,’ उनले प्रश्न गरे, ‘यत्रो वर्ष अध्यक्ष भएर माखो मार्न नसकेको उसले जसलाई टीका लगाएर दिन्छ हामीले त्यो मान्नुपर्ने ?’ 

साधारणसभा सकिएपछि अध्यक्ष रेग्मीले इमानदारिता नदेखाएको देवको भनाइ छ । ‘इमानदारिता भएको मान्छेले आठ–दश दिन वा एक महिनाभित्र चुनाव गराउनुपथ्र्यो,’ उनले भने, ‘आफूलाई एमालेको ठूलै नेता हुँ भन्नेले लोभ किन पालेको ? व्यवसायीहरुको हकहितमा माखो मारेको छैन ।’ चुनाव गर्न इच्छा नभएपछि गणपूरक संख्या पुगेन, उजुरी प¥यो, भन्नुको कुनै अर्थ नहुने देवले बताए । 

उनले स्वास्थ्य व्यवसायी महासंघमा कैलाश खड्काले गणपूरक संख्या नपु¥याए पनि निर्वाचन गरिरहेको उदाहरण दिए । निर्वाचन गर्न अध्यक्ष रेग्मीले बाटो खोल्नुपर्ने र लामो समयसम्म संघलाई बन्दी बनाउन नहुने देवको भनाइ छ । ‘अध्यक्ष भएकाले रेग्मीको सेरोफेरोमा केही व्यवसायीहरु घुमिरहेका छन्,’ उनले भने, ‘गलत सल्लाह दिनेहरु पनि छन्, यतिवेला टीका लगाएर अध्यक्ष बनाउन खोज्नुभन्दा धरापमा परेको व्यवसाय र व्यवसायीको मनोबल उकास्नु पर्ने अवस्था छ ।’ 

आफ्नो नेतृत्वको कार्यसमिति आए छ महिनाभित्र व्यवसायीको हितका लागि ठूलै परिवर्तन ल्याउने देवको दाबी छ । उक्त अवधिमा परिणाम दिन नसके नेतृत्व छाड्ने उनले बताए ।
 


प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगार सुरक्षित बनाउन गाउँगाउँमा सचेतना अभियान
वैदेशिक रोजगार सुरक्षित बनाउन गाउँगाउँमा सचेतना अभियान आइतबार, फागुन १०, २०८२
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ आइतबार, फागुन १०, २०८२
रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता
रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता शुक्रबार, फागुन ८, २०८२
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता शुक्रबार, फागुन ८, २०८२
पोर्चुगलमा प्रजातन्त्र दिवस
पोर्चुगलमा प्रजातन्त्र दिवस शुक्रबार, फागुन ८, २०८२
नेपाल- पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार
नेपाल- पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार बिहीबार, फागुन ७, २०८२
आप्रवासी श्रमिकका लागि क्रोएसियामा अवसरसँगै चुनौती
आप्रवासी श्रमिकका लागि क्रोएसियामा अवसरसँगै चुनौती बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP