Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
कृषि
  • Home
  • कृषि
  • किसानले बङ्गुरपालन छाडे
किसानले बङ्गुरपालन छाडे
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ७, २०८१

टीकापुर - बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् । 

करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ । स्थानीयस्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ । बङ्गुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेका छ । एक वर्षअघि प्रतिकिलो रु तीन सय ५० मा पाइने मासु यतिखेर रु पाँच सय पर्न थालेको छ ।

“दुई वर्षअघि रु दुई सय ५० प्रतिकेजीमा बिक्री हुने मासु हाल रु पाँच सयमा बिक्री भइरहेको छ”, मासु विक्रेता राजकिरण चौधरीले भने, “कैलालीमा बङ्गुर नपाएपछि  दाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट खरिद गरेर ल्याउछौँ ।”
 
जिल्लाभन्दा बाहिरबाट बङ्गुर ल्याउँदा मूल्य बढेको चौधरीले बताए । “पहिले मेरो बङ्गुर छ, काटिदिनुपर्यो भनेर किसान आउँथे, हामी मूल्य गथ्र्याैँ, अहिले बङ्गुर मालिकले मूल्य तोक्ने गरेका छन् तैपनि पाइँदैन”, उनले भने, “बाहिरबाट ल्याउँदा महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ भने पहिलेजस्तो नाफा पनि छैन ।”

Hardik health

 कैलालीको भजनीका जयबहादुर बुढाको करिब दुई वर्षअघि अफ्रिकन स्वाइन फिभरले फार्ममा रहेका चार सय ८२ बङ्गुर मरेपछि पुनः व्यवसाय सुरु गर्ने आँट गर्नुभएको छैन । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनअनुसार बुढाको मात्र रु ९५ लाख २० हजार बराबरको क्षति भएको हो  ।

“बङ्गुरपालनबाट लाखौँ रुपैयाँ क्षति भयो”, उनले भने, “रोग नलागेको भए राम्रै नाफा थियो, एकाएक बङ्गुर मरेपछि थाहा भयो स्वाइन फिभर भन्ने  रोग लागेको रहेछ ।” हामीले थाहा नपाएको रोग बेहोर्नुपरेपछि धेरै व्यवसायीको बङ्गुरपालन चौपट भएको बुढाले बताए । उनले साना व्यवसायीले समेत बङ्गुरपाल्नुस् भनेपछि नाईनाई भन्ने गरेको बताए । फस्टाएको व्यवसाय धरासायी भएपछि यसका बारेमा सरकारले ठोस योजना नबनाएको बुढाले दुखेसो गरे ।
 
व्यवसायी बुढालाई केही राहत होला भनेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द धनगढीले रु दुई लाख ७५ हजार बराबरका बङ्गुरका पाठा ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । अर्का व्यवसायी जानकी–१ दुर्गाैलीका निकेत चौधरीले पनि पुनः व्यवसाय गर्ने आँट गरेको छैन । रु ३५ लाख खर्च गरेर बङ्गुरपालन गरेका चौधरीले चार वर्षदेखि व्यवसाय गर्दै आएका थिए । उनले पनि स्वाइन फिभरको मारमा परेको बताए । चौधरीकोे ७० वटा बङ्गुर अटाउने व्यवस्थित खोर यतिखेर त्यत्तिकै खाली छ । बैंकको ऋण लिएर व्यवसाय गरेका चौधरीले ब्याजसमेत बुझाउन नसकेर बैंककै झमेलामा परेको  बताए ।
 
“स्वाइन फिभरको सङ्क्रमणबाट ४५ वटा बङ्गुर मरे”, चौधरीले भने, “ऋण लिएर बङ्गुर हाल्नुपर्ने हो, फेरि रोग आएपछि डुबिन्छ भन्ने त्रास घरपरिवारमा भएपछि बङ्गुरपालनलाई निरन्तरता दिने आँट गरेको छैन”, व्यवसायी चौधरीले जग्गा खरिद, बङ्गुर खोर र माछापालन गरी रु दुई करोड लगानी गरेको बताए  ।
 
“रोगले बङ्गुरपालक किसानका खोर नै खाली गरेपछि किसानले यो पेसा नै छाडेको अवस्था छ”, रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका पशु प्राविधिक पुष्पराज भारतीले भने, “किसानले जोखिम मोल्न नसकेर यो व्यवसाय नियमित गर्न सकेका छैनन् ।”

आयोजनाले बङ्गुरपालकलाई फार्म सुधार र ग्रामीणस्तरमा जीविकोपार्जनमा सघाउन समूहमार्फत पनि बङ्गुरपालनमा लगानी गरेको पनि भारतीले बताए । कैलाली मासुमा आत्मनिर्भर जिल्लाका रूपमा चिनिन्छ । कैलालीबाट खसीबोका, राँगा र बङ्गुर काठमाडौँसम्म निर्यात गरिन्थ्यो । अहिले बङ्गुरको निर्यात राकिएको व्यवसायीको भनाइ छ । सिँचाइ आयोजनाले टीकापुरका किसानलाई मासु भण्डारण र निर्यातमा सघाएको छ ।

हाल बङ्गुरको मासु अभाव भएकाले उहाँले कञ्चनपुर, बर्दियालगायत छिमेकी जिल्लाबाट बङ्गुर ल्याएर मासु काठमाडौँ पठाउने गर्नुभएको छ ।  बङ्गुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो । यसरी बङ्गुर मरेका कैलालीका किसानले राहत भने पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।


प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP