Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • संसद्मै लगाइयो मानव तस्करीको आरोप
विवादमा उपसभामुख राना संसद्मै लगाइयो मानव तस्करीको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ७, २०८१

 

  • कांग्रेस–एमाले सांसदहरूद्वारा उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको गम्भीर आरोप
  • रानाको बचाउमा माओवादी र रास्वपा सांसदहरू
     

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरमाथि मानव तस्करको गम्भीर आरोप लागेको छ । अमेरिकी राजदूतावासलाई उनले लेखेको एउटा विवादित बनेको चिठीबारे संसद्मा कांग्रेस र एमालेका सांसदहरूले धारणा राख्दै उपसभामुख रानामाथि मानव तस्करीको आरोप लगाएका हुन् ।

बैठकको सुरुमै राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखले गरेको काम मानव तस्करीसँग सम्बन्धित भएको बताए । ‘मैले केही दिनअघि एउटा पत्र प्राप्त गरें । २६ फेब्रुअरी २०२३ मा उपसभामुखको नाउँबाट संसद्बाट एउटा चिठी लेखिएको रहेछ,’ उनले आइतबार संसद् बैठकमा भने, ‘संसद्सँग कुनै साइनो नभएका पाँचजना मान्छे, मानव तस्करले प्रयोग गरेर अमेरिका भिसाको अन्तर्वार्ताका लागि प्रयोग गरिएको पत्र हामीसँग प्राप्त भयो ।’ उनले उपसभामुखमाथि संसद् सञ्चालनबारे पनि प्रश्न गरे ।

‘यस्तो अवस्थामा उपसभामुखले अब संसद्को कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?,’ खतिवडाले प्रश्न गरे । यस विषयले संसद्को मात्रै नभई देशको पनि अपमान भएको भन्दै खतिवडाले उपसभामुख रानामाथि छानबिनको माग गरे । उनले पदबाट राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्ने बताए । ‘यो भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद् हुन सक्दैन,’ उनले भने, ‘यसलाई कन्सल्टेन्सीजस्तो नबनाइयोस् र उपसभामुखले बाहिर बसेर सहयोग गर्दा राम्रो ।’

Hardik health

एमाले सांसद दामोदर पौडेलले उपसभामुखले भिसा समय अगाडि सारिदिन अनुरोध गर्दै अमेरिकी दूतावासलाई लेखेको पत्र र उनले निकालेको विज्ञप्तिले मानव तस्करी गरेको प्रमाणित हुने ठोकुवा गरे । ‘मिडिया ट्रायल हो कि के हो, पत्र आफैं बोल्छ । पत्रमात्रै बोल्दैन, पत्र सँगसँगै स्वयं उपसभामुखको विज्ञप्ति पनि बोल्छ । मैले मानव तस्करी गरेको हो भन्ने बोल्छ त्यो पत्रले,’ पौडेलले भने ।

त्यसपछि भने माओवादी, रास्वपालगायत विपक्षी दलका सांसदहरू उपसभामुख रानाको बचाउमा उत्रिए । माओवादी सांसद माधव सापकोटाले संवैधानिक परिषद्मा अल्पमतमा परेपछि उपसभामुखको विवाद झिकिएको तर्क गरे । उनले भने, ‘संवैधानिक परिषद्मा तपाईंहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ यसलाई हाइलाइट गरिएको छ, यदि साँच्चै त्यो कुरा हो भने मान्छेका आफ्नो अधिकारप्रति, मान्छेको चरित्र हत्या गर्नेप्रति यो संसद्ले पनि न्याय गर्नुपर्दछ ।’

उनले राजनीतिक र नैतिक प्रश्नका बारेमा संसद्मा छलफल गर्न सकिने तर संवैधानिक परिषद्मा रातारात सत्तापक्षले अनुकूल निर्णय गर्ने उद्देश्यका लागि उपसभामुखमाथि प्रश्न उठाइएको भए प्रतिवाद गर्ने चेतावनी दिए । रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख रानाको नामबाट मिडिया ट्रायल भइरहेको भन्दै आपत्ति जनाइन् । श्रेष्ठले भनिन्, ‘उपसभामुख इन्दिरा राना मगरको नामबाट जुन मिडिया ट्रायल भइरहेको छ, यसमा म घोर आपत्ति जनाउन चाहन्छु । यदि साँच्चै नै गर्ने हो भने पहिला बुझौं, यो पद्धति बनाउने हो भने यहीँ सभामा छ नि हैन ?’

उनले कांग्रेस र एमालेका सांसदहरूले विगतमा सदन र सडकबाट एउटा अमुक मान्छेलाई भिसा चाहियो भनेर पुत्ला जलाउँदै आमसभा गरेको स्मरण गराइन् । उनले भुटानी शरणार्थी काण्डसँग तुलना गर्दै खासमा मानव तस्कर को हो भनेर सदनमा प्रश्न उठाइन् । 

गत २६ फेब्रुअरी २०२३ (२०७९ को फागुन १४) मा उपसभामुखको लेटरप्याडमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको भिसाका लागि अन्तर्वार्ताको मिति सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र केही दिनअघि सार्वजनिक भएको थियो । यसपछि उपसभामुख राना विवादमा तानिएकी हुन् ।आफूमाथि प्रश्न उठेपछि उपसभामुख रानाले विज्ञप्ति निकालेर पदीय दुरुपयोग नगरेको स्पष्टीकरण दिँदै आफूमा करुणा जागेकाले अन्तर्वार्ता मितिमात्रै सार्न अनुरोध गरेको बताएकी छन् ।
 


प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP