Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
समाचार
  • Home
  • समाचार
  • राजनीतिज्ञ सेमिनारमा सहभागी भएर  फर्किए  महिला सांसदहरू स्वदेश
राजनीतिज्ञ सेमिनारमा सहभागी भएर  फर्किए  महिला सांसदहरू स्वदेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ६, २०८१

काठमाडौं - अखिल चीन महिला महासंघ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फिर्ता भएका छन् ।

‘दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनार’मा सहभागी हुन चीन भ्रमणमा गएका महिला सांसदहरू सेमिनारमा सहभागितासँगै उच्च तहको भेटघाटमा सहभागी भएका छन् । सांसदहरूले चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका महानिर्देशक लुओ चाओहुईसँग भेट गरेका थिए । महानिर्देशक लुओ केही समयअगाडि लगानी सम्मेलनमा भाग लिन नेपाल आएका थिए । नेपाली महिला सांसदको ११ सदस्यीय टोलीले माल्दिभ्सकी उच्चशिक्षा मन्त्री मारियाको नेतृत्वमा लुओसङ्ग संयुक्त भेट गरेको हो । भेटमा महानिर्देशक लुओले दक्षिण एसियामा लैंगिक समानता र महिला तथा बालबालिकाको विकासमा चीनले सहयोग गर्नसक्ने बताएका थिए । 

लुओले कोभिड(१९ महामारीका कारण धेरै समस्याको सामना गरेपनि अहिले विस्तारै सबै कुरा लयमा आएको बताएका थिए । ‘राजनीतिमा महिला नेतृत्वको अवस्था राम्रो हुँदै गएको छ । यो भ्रमणका क्रममा तपाईले चीन र यहाँ भएको महिला नेतृत्वको विषयमा अझ बुझ्न सक्नुहुनेछ’, उनले भनेका थिए, ‘अब दिगो विकास लक्ष्य पुरा गर्न ६ वर्ष बाँकी छ । यो धेरै महत्वपूर्ण विषय हो । जुन हामीले गर्नैपर्नेछ ।’

त्यस अवसरमा माल्दिभ्सको विदेश मामिला मन्त्रालयका राज्यमन्त्री शेरीना अब्दुल समदले माल्दिभ्समा ५२ प्रतिशत महिलाको जनसंख्या भएपनि नेतृत्वमा निकै न्यून सहभागिता रहेको बताएका थिए । समस्या कहाँ छ रु के कारणले महिलाहरू नेतृत्वदायी भूमिकामा आउन सकेन भनेर त्यसको पहिचान गर्न आवश्यक रहेको मन्त्री समदले बताएकी थिइन् । 
त्यस्तै श्रीलंकन महिला तथा बालबालिका राज्यमन्त्री गीता समन्माली कुमारसिंघे, श्रीलंकन स्वास्थ्य राज्यमन्त्री सीथा लगायतले धारणा राखेका थिए । नेपालको तर्फबाट भ्रमण टोलीको नेतृत्व गरेकी सांसद शुसिला श्रेष्ठले राजनीतिक रूपमा नेपालमा महिलाका निम्ति ३३ प्रतिशत संघ र प्रदेशको संसदमा महिला सहभागिता सुनिश्चित गरिएको र स्थानीय तहमा करिब ४४ प्रतिशत भन्दा बढी महिला नेतृत्व रहेको बताएकी थिइन् । तर अझैपनि मूल नेतृत्वमा महिलाको सहभागीता बढाउनका निम्ति काम गर्नुपर्ने अवस्था रहेको उनको भनाई थियो । नेपाललगायत श्रीलंका, माल्दिभ्स र पाकिस्तानका महिला मन्त्री तथा सांसदहरुले सेमिनारमा सहभागिता जनाएका थिए । 

Hardik health

यस्तै महिला सांसदहरू बेइजिङमा आयोजित ‘ग्लोबल शेयर्ड डेभलपमेन्ट एक्सन फोरमको दोस्रो उच्चस्तरीय बैठक’मा पनि सहभागि भएका थिए । यो अर्को एउटा उच्चस्तरीय बैठक हो । उक्त बैठकको उद्घाटन समारोहमा मन्त्री तथा सांसदहरु सहभागी भएका हुन् । उक्त बैठकलाई चिनियाँ विदेशमन्त्री वाङ यीले सम्बोधन गरेका थिए । 

असार २४ गते राती चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६८ मा ११ जनाको टोली काठमाडौंबाट ग्वाङ्चौ हुँदै बेइजिङ गएको थियो । प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठको नेतृत्वमा गएको टोलीमा प्रतिनिधि सभाका सदस्यहरू सूर्यकुमारी श्रेष्ठ, ईश्वरी घर्ती, दुर्गा राई, हर्कमाया विश्वकर्मा, कल्पना मियाँ कुसारी, बिनिताकुमारी सिंह र कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरी सहभागी थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समन्वय गरेको उक्त भ्रमणमा मन्त्रालयका विज्ञ समिति सदस्य राजकुमारी चौधरी, शाखा अधिकृत प्रतिमा ढकाल र स।नि। देविका घर्ती मगर समेत सहभागी थिए ।

उक्त भ्रमण टोलीले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग, परराष्ट्र मन्त्रालय चीन, अखिल चीन महिला महासंघ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिको पार्टी स्कुलसँग भेटघाट गरी महिला राजनीतिज्ञको नेतृत्वमा सहभागिता, महिला तथा बालबालिकाको समग्र अवस्था कसरी राम्रो बनाउन सकिन्छ भन्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको थियो । 
टोलीले चीनको राजधानी बेइजिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सङ्ग्रहालय, महिला विश्वविद्यालय चीन, चिनियाँ राष्ट्रिय महिला तथा बालबालिका सङ्ग्रहालय, ग्रेट वाललगायतको अध्ययनरअवलोकन समेत गरेको थियो । नेपाली सांसदहरूको भ्रमण टोलीले बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको विशेष आमन्त्रणमा नेपाली राजदूतावासमा भेटघाट गरी भ्रमणका सन्दर्भमा छलफल समेत गरेको थियो । 

जुलाई १४ मा भ्रमण टोली हाइस्पिड ट्रेनको यात्रा गरेर जियाङ्सु प्रान्तस्थित नानजिङ शहर प्रस्थान गरेको थियो । नानजिङ शहरमा भ्रमण टोलीले पुकोउ जिल्लास्थित बुलाओ गाउँमा रहेको महिला उद्यमशिलताको अध्ययन अवलोकन गरेको थियो भने जिनाऐ जिल्लामा अवस्थित महिला र बालबालिकाको अधिकार संरक्षण सेवा केन्द्रको अवलोकन गरेको थियो । जहाँ विवाह र पारिवारिक घटनाका सन्दर्भमा कसरी काउन्शिलिङ सेवा प्रदान गरिदै आएको छ भन्ने विषयमा विश्तृत रूपमा देखाइएको थियो । 

त्यस्तै महिला महासंघको व्ष्लmयअजयग मानव संसाधन सेवा औद्योगिक पार्कको Jinmochou  कार्यशाला भ्रमण गरिएको थियो भने त्घ गो नानजिङ चालक महिला महासंघको अध्ययन अवलोकन गरिएको थियो । टोलीले नानजिङ शहरमै अवस्थित मेइयुआन न्यू भिलेज मेमोरियल हलको भ्रमण, देङ यिङचाओको जन्मको १२०औँ वार्षिकोत्सव, मेइयुआन नयाँ गाउँ मेमोरियल हलमा महिला महासंघको विशेष प्रदर्शनी समेत अध्ययन अवलोकन गरेको थियो ।

टोलीले नान्जिङ महिला र बालबालिकाको स्वास्थ्य सेवा अस्पतालको विशेष भ्रमण गरेर त्यहाँको महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था, अस्पतालबाट दिइने स्वास्थ्य सेवा, अस्पतालको नेतृत्व तहमा महिलाको भूमिका लगायतको विषयमा अध्ययन गरेको थियो । 
जुलाई १५ मै भ्रमण टोली नान्जिङ शहरदेखि सुजोउ शहर पुगेको थियो । परम्परागत शहरको रूपमा समेत परिचित सुजोउमा Humble Administrator's Gardenको अवलोकन गरी त्यहाँको परम्परागत चिनियाँ संस्कृतिको अवलोकन गराइएको थियो ।

जुलाई १६ मा भ्रमण टोलीले सुजोउ शहरमा सुजोउ सङ्ग्रहालय, Hua Tong Hua Yuan छैटौं समुदाय,Tong'anTown Women's Council सामुदायिक पारिवारिक शिक्षा, सुजोउ औद्योगिक पार्क प्रदर्शनी केन्द्र, झाओजियास्थित बाल-मैत्री ब्लकमा बालमैत्री सिकाई, सुझौ आर्टिफिसियल इन्टेलिजेन्स औद्योगिक पार्कको अध्ययन अवलोकन गरेको थियो । 

यसरी करिब १०/११ दिनको भ्रमण पुरा गरी नेपाली सांसदहरूको टोली सुजोउबाट साङ्घाई हुँदै हङकङ भएर स्वदेश फिर्ता भएको छ । 


प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्वपूर्ण उपलब्धि
नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्वपूर्ण उपलब्धि आइतबार, चैत ८, २०८२
सरकारी कर्मचारीका लागि  अब जिल्लाबाटै   'ई-पेन्सन' सेवा
सरकारी कर्मचारीका लागि अब जिल्लाबाटै 'ई-पेन्सन' सेवा आइतबार, चैत ८, २०८२
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने आइतबार, चैत ८, २०८२
देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै
देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै आइतबार, चैत ८, २०८२
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत आइतबार, चैत ८, २०८२
विश्वव्यापी आवधिक समीक्षामा प्राप्त सुझाव कार्यान्वयन गर्न माग
विश्वव्यापी आवधिक समीक्षामा प्राप्त सुझाव कार्यान्वयन गर्न माग आइतबार, चैत ८, २०८२
एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ
एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ आइतबार, चैत ८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP