Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस
मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ६, २०८१
  •  मुख्यमन्त्री सालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै
  •  मुख्यमन्त्री सालिकराम जम्कट्टेलले विश्वासको मत पाउने निश्चित जस्तै भएकोले कांग्रेस–एमालेको गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी गर्ने तयारी
  • कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नयाँ मुख्यमन्त्री बन्ने

 
बागमती– नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली कांग्रेस र नेकपा एमालेले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका हुन् ।

‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ,’ लामाले भने, ‘कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, हाम्रो पार्टीभित्र मुख्यमन्त्रीका लागि कुनै विवाद छैन ।’नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुनासाथ बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाले दाबी पेस गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । 

‘मुख्यमन्त्री जम्कट्टेलले भोलि (आइतबार) विश्वासको मत लिनुहुन्छ, उहाँले विश्वासको मत पाउन नसकेपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ,’ थपलियाले शनिबार भने, ‘प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुहुन्छ र त्यसलगत्तै हाम्रो दुई दलको तर्फबाट कांग्रेसका नेताले मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ ।’

Nada Auto Show 2026
Hardik health

संघीय सरकार निर्माणका क्रममा भएको नयाँ राजनीतिक समीकरणपश्चात् बागमती सरकारबाट एमाले बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वास लिन लागेका हुन् । विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

कूल ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १२, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।जसमध्ये कांग्रेस र एमालेले मुख्यमन्त्री कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका छ । राप्रपा पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने मनस्थितिमा छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने कुरामा एकमत रहेको बताए ।

प्रदेशसभाका तीन दलले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको प्रदेश सरकार परिवर्तन हुने निश्चितजस्तै छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि कांग्रेस–एमाले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भएको कांग्रेस संसदीय दलका नेता लामाले जानकारी दिए ।कांग्रेसभित्र संसदीय दलका नेता लामा र इन्द्रबहादुर बानियाँबीच सरकारको नेतृत्वलाई लिएर विवाद छ । केन्द्रबाट हस्तक्षेप नभए वा दलको नेता परिवर्तन नभएको खण्डमा लामा नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको कांग्रेसका प्रदेशसभा सदस्यहरूले बताएका छन् । 

विश्वासको मतका पक्षमा तीन दल
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रसहित तीन दलले विश्वासको मत दिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीले विश्वासको मत दिने भएको हो । तीनवटा दलको केही दिनअघि बसेको संयुक्त बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको एकीकृत समाजवादीका प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

‘हाम्रै सहमतिमा मुख्यमन्त्रीज्यूले विश्वासको मत लिन लाग्नुभएको हो, हाम्रै अनुरोधमा प्रदेशसभा बैठक बोलाइएको हो,’ श्रेष्ठले भने, ‘त्यसैले हामी मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन्छौं, हामी एक ठाउँमा छौं ।’ प्रदेशसभामा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् । रासस


प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ११:०५
#बागमती_प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बागमतीको मुख्यमन्त्रीमा थापा मगर, ६ मन्त्रीले लिए शपथ
बागमतीको मुख्यमन्त्रीमा थापा मगर, ६ मन्त्रीले लिए शपथ बिहीबार, भदौ ४, २०८३
दलको विधान संशोधन गर्दै रास्वपा
दलको विधान संशोधन गर्दै रास्वपा बुधबार, भदौ ३, २०८३
रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी
रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी बुधबार, भदौ ३, २०८३
कांग्रेसले पर्खेन सर्वोच्चको निर्णय
कांग्रेसले पर्खेन सर्वोच्चको निर्णय बुधबार, भदौ ३, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने मंगलबार, भदौ २, २०८३
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो सोमबार, भदौ १, २०८३
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज सोमबार, भदौ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP