Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दोस्रोपटक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल – स्वास्थ्य अवस्था स्थिर
दोस्रोपटक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल – स्वास्थ्य अवस्था स्थिर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २२, २०७६
dr group
Hardik health
काठमाडौं– प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक स्वदेशमै मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा करिब पाँच घण्टा लगाएर प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओलीलाई नाताले भान्जी पर्ने समीक्षा संग्रौला कोइरालाले मिर्गौला दान गरेकी हुन् । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपण सम्पन्न भएको अस्पतालले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य स्थिर अवस्थामा रहेको छ । ‘उहाँको सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ ।’ प्रधानमन्त्रीको शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा अनन्त कुमारलगायत नौ जना चिकित्सक सहभागी थिए । अनन्तकुमार प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक हुन् । यसअघि प्रधानमन्त्री ओलीले पहिलोपटक २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरेका थिए । दोस्रोपटक ओलीको मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी प्रा.डा दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपालीलगायतको टोली रहेको विज्ञप्तिमा जनाइएको छ । त्यस्तै, एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवा आचार्यलगायतको टोली सहभागी भएको कार्यकारी निर्देशक खड्काले बताएका छन् । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली यही गत सोमबार नै अस्पताल भर्ना भएका थिए । उनलाई मंगलबार शल्यक्रिया गर्नुअगाडि गरिने सबै तयारी गरेर बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । चिकित्सकले शल्यक्रिया सम्पन्न गर्न ४ देखि ५ घण्टासम्म लाग्ने बताएका थिए । मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीन भारतीय चिकित्सकसमेत रहेका थिए । ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण भएको थियो । त्यसपछि अहिले प्रधानमन्त्री ओलीकै इच्छाले स्वेदेशमै उनको मिर्गौला प्रत्यारोपण गरिएको हो । शल्यक्रियाका लागि डा.प्रेम ज्ञवालीको टोली र डा. उत्तम शर्माको टोली खटिएको थियो । एक टोलीले दाताको शल्यक्रिया र अर्को टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि कम्तीमा दश दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकले दिएका छन् । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । सोमबारदेखि मंगलबार बेलुकासम्म पनि प्रधानमन्त्री ओलीको विभिन्न परीक्षण गरेर शरीरलाई प्रत्यारोपणका लागि अनुकुल बनाइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौमा सिंगापुर गएका थिए । त्यहाँ उनको ‘प्लाज्माफेरेसिस’ गरिएको थियो । त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए । त्यसपछि उनले नियमित मिर्गौलाको डायलासिस गर्दै आएका थिए । यसैबीच मिर्गौला दान गर्ने समीक्षाको पनि स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ३२ वर्षीया समीक्षाले मिर्गौला दिएपछि प्रधानमन्त्री ओलीको दोस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको हो । समीक्षाका बुवा मेदनी संग्रौला र आमा मुना संग्रौला छोरीको आँट देखेर खुसीले भएका छन् । उनीहरूले छोरीलाई एकदम राम्रो काम गरेको भन्दै धन्यवाद दिएका छन् । उनले आँट गरेर प्रधानमन्त्रीलाई मिर्गौला दिएको भन्दै समीक्षाकी आमा मुनाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेकी छन् । ‘राम्रो होस्, हामी पशुपतिनाथसँग प्रार्थना गर्छौँ’ उनले भनिन् । समीक्षाका बुवा मेदनीले प्रधानमन्त्री र छोरीको स्वास्थ्य लाभको कामना गर्दै छोरीको आँटले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको बताए । प्रधानमन्त्री ओलीको परिवारसँग समीक्षाको परिवारको राम्रो सम्बन्ध छ । पाल्पाका कमल ज्ञवालीसँग विवाह गरेकी समीक्षाको माइती झापाको चारआलीमा हो । समीक्षाका श्रीमान् भने नेपाली सेनामा कार्यरत छन् । उनले समेत आफ्नी पत्नीले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने निर्णय गर्दा खुसी भएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  ०५:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP