Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #प्राइम_टाइल्स
  • #बेबी_वार्मर
  • #मन्त्रिपरिषद बैठक
Search Here
समाचार
  • Home
  • समाचार
  • वालिङमा एक हजार दिनका आमालाई कोशेलीमा पोषिलो झोला
वालिङमा एक हजार दिनका आमालाई कोशेलीमा पोषिलो झोला
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १, २०८१

वालिङ–वालिङमा एक हजार दिनका आमालाई कोशेलीमा पोषिलो झोला  दिइएको छ  ।वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी बिहीबार जगतभञ्याङमा एक हजार दिनका सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा सहितको झोला वोकेर उनीहरुलाई भेट्न पुगिन् ।

काखमा बच्चा वोकेका आमा तथा गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा भेला भएका थिए । उक्त भेला वालिङ नगरपालिकाको पोषण सुधार कार्यक्रम अन्तर्गत उपमेयर संग पोषिलो झोला कार्यक्रमको रहेको थियो ।

एक क्यारेट अण्डा सहितको झोलामा लेखिएको थियो “आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ ।“ झोला भित्र आमा र बच्चाका लागी २ प्याकेट सर्वोत्तम पिठो, १ किलो नुन, सरसफाईका लागि दन्तमञ्जन, दाँत माँझने ब्रस, नङकट र साबुन थियो ।

Hardik health

कार्यक्रमको वारेमा जानकारी दिन वालिङ नगरपालिका स्वास्थ्य शाखावाट पोषण अधिकृत रुपा पाठकले आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन पोषिलो खानेकुरा आवश्यक छ भन्ने सन्देश सहित नगरपालिकाले पोषिलो झोला कार्यक्रम लिएर सबै वडामा पुग्ने त्यसैको सुरुवात ५ नंवर वडावाट सुरु गरिएको जानकारी दिईन् ।

सुनौलो हजार दिनका आमाहरुका लागि आमा तथा बच्चाको स्वास्थ्य राम्रो होस भन्ने हेतुले नगरपालिका भित्रका एक हजार जना सुनौलो हजार दिनका आमाहरुलाई यो झोला वितरण गरिने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिए ।
कार्यक्रमको सुभारम्भ गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले ग्रामीण क्षेत्रमा घरमै असुरक्षित रूपमा सुत्केरी हुने, आमा र बच्चाको स्वास्थ्यमा खासै ध्यान नदिने चलन यथावत छ ।

उनीहरूलाई कोसेली  कार्यक्रम मार्फत यसबारेमा सचेत समेत गराउन यो अभियान थालिएको बताइन् । ‘नगरपालिकाले यो वर्षदेखि कोसेली कार्यक्रम उपमेयर संग पोषिलो झोला कार्यक्रम लागू गरेका हौं । सबै गर्भवतीलाई स्वास्थ्य संस्थामै आएर सुत्केरी गराउन तथा आफ्नो र बच्चाको स्वास्थ्यमा ख्याल गर्न प्रेरित गरेका छौं ।’

नगरपालिकाले सन्चालन गरेको यो अभियानले आमा र बच्चामा देखिने कुपोषण घटाउने लक्ष्य लिएको उनको भनाइ छ । पोषणको अवस्थामा सुधार ल्याउन र संस्थागत सुत्केरीको संख्या बढाउनको लागि कोसेली कार्यक्रम प्रभावकारी हुने उपप्रमुख तिवारीको विश्वास छ । आगामी वर्ष समेत कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।


प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आदिवासी जनजाति प्रतिष्ठानले निःशुल्क लोकसेवा परीक्षा तयारी सञ्चालन गर्दै
आदिवासी जनजाति प्रतिष्ठानले निःशुल्क लोकसेवा परीक्षा तयारी सञ्चालन गर्दै शुक्रबार, पुस २५, २०८२
जिप दुर्घटनामा दुई जनाको मृत्यु
जिप दुर्घटनामा दुई जनाको मृत्यु शुक्रबार, पुस २५, २०८२
माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू गर्ने तयारी
माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू गर्ने तयारी शुक्रबार, पुस २५, २०८२
वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण
वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण शुक्रबार, पुस २५, २०८२
सहकारी व्यवस्थापन गर्न प्रदेश सरकारद्वारा समिति गठन
सहकारी व्यवस्थापन गर्न प्रदेश सरकारद्वारा समिति गठन शुक्रबार, पुस २५, २०८२
दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
दुई महिनामा नौ हजार लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने
प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP