
मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज बुधबार गरिएको छ । अस्पताल स्रोतले उनको स्वास्थ्य अवस्था स्थिर रहेको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको जनाएको छ ।
भाञ्जी नाता पर्ने समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई प्रत्यारोपण उपचार कक्षमा मै राखी निरन्तर उपचार गरिने अस्पतालका चिकित्सकहरुले बताएका छन् । मिर्गौला दिने ओलीकी भान्जी संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ओलीलाई अरु एक हप्ता अस्पतालमै राखेर उपचार गरिने भएको छ ।