Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महामन्त्री ढकालको प्रतिवेदनले हलचल
महामन्त्री ढकालको प्रतिवेदनले हलचल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १४, २०८१

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदनले रास्वपामा हलचल पैदा भएको छ । उनको प्रतिवेदको सार पक्ष भनेको रास्वपा जनविश्वासको गम्भीर संकटमा छ भन्ने हो । पार्टीको लोकप्रियता पूरै खस्किएको र रास्वपाप्रति नागरिकमा निराशा पैदा भएको पनि भनिएको छ ।

यी मूलभूत पक्षलाई समेटेर तयार गरिएको प्रतिवेदन महामन्त्री ढकालले पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाइसकेका छन् । तर, उनले लामिछानेलाई प्रतिवेदन बुझाउनुभन्दा अघि नै प्रतिवदेनको सार मिडियाबाट सार्वजनिक भएपछि लामिछाने रिसाएका छन् । पार्टी नेतृत्वसँग छलफलै नगरी समीक्षा प्रतिवेदन मिडियालाई दिएको विषयमा उनीमाथि कारबाहीसमेत हुन सक्ने बताइएको छ ।

प्रतिवेदनमा उनले पार्टी बिरामी अवस्थामा रहेको र निको पार्न सामान्य सिटामोलले नभई शल्यक्रिया नै गर्नुपर्ने निचोड सुनाएका छन् । यति मात्र होइन, प्रदेश खारेजी र जनताबाट चुनिने प्रत्यक्ष कार्यकारीको पक्षमा उभिन पनि उनले सुझाएका छन् ।

Hardik health

प्रतिवेदनमा उनले अहिलेकै अवस्थामा चुनावमा गए पार्टीले निराशाजनक परिणाम पाउने पनि बताएका छन् । लामिछानेनिकट नेताहरूले महामन्त्री ढकाललाई जिम्मेवारीमुक्त गर्नुपर्ने आवाज उठाउन थालेको एक नेताले बताए । प्रतिवेदन बुझाउनुअघि नै ढकाल स्वयम्ले आफू कारबाहीमा पर्ने संकेत गरेका थिए । यद्यपि, बुधबार साँझ लामिछानेले आफ्नो पार्टी लोकतान्त्रिक विधिअनुसार चलेको भन्दै यसकै आधारमा कारबाही नगर्ने बताएका थिए ।


तर, उनी महामन्त्री ढकालले पहिल्यै प्रतिवेदन सार्वजनिक गरेको विषयमा रुष्ट रहेको बुझिएको छ । उनीनिकट नेताहरूले महामन्त्री ढकाललाई कारबाही गर्नुपर्ने सुझाव दिएको ती नेताले बताए । बिहीबार संसद भवनबाट निस्कने बेला शिशिर खनाल लगायत सांसदलाई महामन्त्री ढकालको प्रतिवेदनबारे गम्भीर समीक्षा गरिने बताएका छन् । ''महामन्त्रीलाई हामीले नै दलको समीक्षा यात्रामा पठाएका हौँ । उहाँले यात्रापछि लेख्नुभएको प्रतिवेदन अहिले सभापतिकहाँ छ । त्यहाँ केही हामीलाई झस्काउने विषय छन्’, उनले भने, ''। त्यसबारे गम्भीर छलफल गर्छौँ ।’

स्रोतका अनुसार भने लामिछानेबाहेक उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याललगायत पदाधिकारीले ढकालको प्रतिवेदन हेर्न वा छुनसम्म पाएका छैनन् । मुलुक घुमेर आएका महामन्त्री मुकुल ढकाल यतिबेला आफैं आफ्नो प्रतिवेदन सार्वजनिक गरिपाउँ भनेर सभापति लामिछानेलाई गुहारिरहेका छन् । उनले प्रतिवेदन सार्वजनिक नगरुञ्जेल पार्टी केन्द्रीय समिति बैठकसमेत राख्न नदिने ढकालको तयारी छ ।

डोल्पाको शे फोक्सुन्डोनेर बसेर लेखेको भनिएको प्रतिवेदनले रास्वपा महामन्त्री ढकाललाई चर्चाको केन्द्रमा ल्याइदिएको हो । पार्टी सञ्चालनको वर्तमान पद्दति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन ढकालको छ । रास्वपाप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।

उनले भने, 'पार्टीलाई २०८४ मा गाह्रो हुने होइन के यस्तै तरिकाले पार्टी चले शतप्रतिशत पार्टी सकिन्छ’, ढकालले भने । बालेनसँग दूरी बढाए थप क्षति हुने पनि ढकालको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय लामिछानेको सम्बन्ध बालेनसँगको टुटिसकेको स्रोतले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP