Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भुसाललाई खनालको साथ
एकीकृत समाजवादीको नेतृत्व दौड भुसाललाई खनालको साथ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १३, २०८१
  •  अध्यक्षको दौडबाट सम्मानित नेता झलनाथ खनाल बाहिरिए
  •  महासचिव घनश्याम भुसाललाई अध्यक्षमा समर्थन 
  •  खनालले अघि सारेको समाजवादी कार्यक्रमलाई भुसालले अँगाल्ने
  •  खनालको साथले पनि वर्तमान अध्यक्ष माधव नेपालसँग प्रतिस्पर्धा गर्न भुसाललाई कठिन हुने अनुमान

काठमाडौं– नेकपा एकीकृत समाजवादीको भावी अध्यक्षको दौडबाट सम्मानित नेता झलनाथ खनाल बाहिरिएका छन् । उनले पार्टी महासचिव घनश्याम भुसाललाई अध्यक्षमा समर्थन गर्ने भएका छन् । बुधबार खनालनिवास डल्लुमा दुई नेताबीच भेटवार्ता भएको थियो । त्यसक्रममा खनाल भुसाललाई अध्यक्षमा अघि बढाउन सहमत भएका हुन् ।

डल्लुमा लगातार केही दिनदेखि युवा विद्यार्थीहरूको भीड लागेको थियो । उनीहरूले खनाल र भुसालमध्ये एक जनामात्रै अध्यक्षका लागि अघि बढ्नुपर्ने भन्दै आपसमा समझदारी गर्न दबाब दिएका थिए । दुई जना नेता नै अध्यक्षमा लड्ने भए चुनाव जित्न मुस्किल पर्ने उनीहरूको विश्लेषण थियो । 

सोहीअनुसार बुधबार दुई नेताबीच भेटवार्ता भएको र भुसाललाई अघि बढाउन खनाल सहमत भएको पार्टी सचिव जीवनराम श्रेष्ठले बताए । दुई नेतालाई मिलेर अघि बढ्नका लागि उपमहासचिव प्रकाश ज्वाला, युवा नेताहरू नरेश शाही, सन्दीप राईलगायतले चर्को दबाब दिएका थिए । त्यसपछि खनालले अगाडि सारेको समाजवादी कार्यक्रमलाई भुसालले अँगाल्ने र नेतृत्वमा भुसाललाई साथ दिने सहमति भएको हो । सचिव श्रेष्ठका अनुसार छलफलमा खनालले छोरा निर्भिक खनाल र भुसालले नरेश शाहीलाई साथमा राखेका थिए । र, दुई नेताबीचको अहिलेको सहमतिलाई एमालेको आठौं महाधिवेशनको निरन्तरताको रुपमा पनि व्याख्या गरिएको छ । आठौं महाधिवेशनमा खनाल र भुसाल एउटा कित्तामा थिए । माधवकुमार नेपाल र केपी ओली अर्को कित्तामा रहेका थिए । 

Hardik health

एकीकृत समाजवादीका सम्मानित नेता खनालले पार्टीलाई क्रान्तिकारी र समाजवादी बाटोमा लैजानका लागि मिलेर अगाडि बढ्ने सहमति भएको बताए । प्रभावसँगको कुराकानीमा खनालले नेता भुसालसँग भएको महाधिवेशन केन्द्रित छलफलमा वैचारिक र राजनीतिक सहमति भएको बताए । उनले भने, ‘हामीहरूबीच पार्टीलाई क्रान्तिकारी र समाजवादी बाटोमा लैजानका लागि वैचारिक र राजनीतिक सहमति भएको छ । अब हामी महाधिवेशनमा मिलेर जान्छौं । यसमा दायाबायाँ हुँदैन ।’

खनाल अध्यक्षको दौडबाट पछि हटेपछि भुसालको प्रतिस्पर्धा पार्टी अध्यक्ष नेपालसँग हुने भएको छ । नेपाललाई हराउन भने भुसाललाई त्यति सजिलो छैन । कारण अधिकांश प्रदेशबाट आउने प्रतिनिधिमा नेपालको बहुमतजस्तो छ । पदाधिकारीदेखि सचिवालय हुँदै केन्द्रीय कमिटीसम्म आइपुग्दा पनि नेपालको पक्षमा ठूलो टिम छ । जसले गर्दा उनी अध्यक्षको दौडमा रहेकामध्ये शक्तिशाली दाबेदार हुन् । उनले एमालेसँगको विद्रोहलाई अनुमोदन गर्न पनि आफू अध्यक्ष हुनुपर्ने तर्क गर्दै आएका छन् । 

एकीकृत समाजवादीको महाधिवेशन यही असारको १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदै छ । यस महाधिवेशनलाई १०औं भनिएको छ । महाधिवेशनमा एक हजार ८४९ जना प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP