Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • दक्षिण कोरियाको ग्वाङ्जुमा नेपालको पर्यटन प्रवद्र्धन तथा बीटुबी सम्पन्न
दक्षिण कोरियाको ग्वाङ्जुमा नेपालको पर्यटन प्रवद्र्धन तथा बीटुबी सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १२, २०८१

काठमाडौं - नेपाल पर्यटन बोर्डले सियोलस्थित नेपाली राजदूतावास र कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा दक्षिण कोरियाको ग्वाङ्जुमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ ।

असार ११ गते ९२५ जुन २०२४ ० मा दक्षिण कोरियाको ग्वाङ्जुमा बीटुबी बैठकसहित आयोजना गरेको कार्यक्रममा बोल्दै सियोलस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर पुष्पराज भट्टराईले नेपाली र कोरियाली टुर अपरेटरहरूको समूहले सामूहिक रूपमा आयोजना गरेका कार्यक्रमले दुवै देशबीचको पर्यटन प्रवद्र्धन हुने धारणा राखेका थिए।


नेपाल र कोरिया गणतन्त्र कोरियाबीचको नेपाल(कोरिया कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठका अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले नेपालको पर्यटन प्रवद्र्धनका लागि कोरियाली र नेपाली अपरेटर दुवै मिलेर काम गर्न आग्रह गरे । उनले नेपाल र कोरियाबीचको द्विपक्षीय पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारको तर्फबाट पूणर् सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै नेपाल र कारिया बीच छिट्टै नियमित उडान हुनेमा आफु आशाबादी रहेको जानकारी दिए ।

Hardik health


त्यसैगरी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, वरिष्ठ निर्देशक हिक्मतसिंह ऐयरले नेपाल दूतावास र कोटानसँगको साझेदारीमा बोर्डले लामो समयपछि नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेको जानकारी दिँदै यस प्रकारका कार्यक्रमले दुई देशलाई पर्यटन प्रवद्र्धनको सम्भावनालाई उजागर गर्न फराकिलो मञ्च प्रदान गर्ने बताए । सो अवसरमा उनले ‘डेस्टिनेसन नेपाल’ र ‘नेपालको पर्यटन क्षेत्रमा लगानीका अवसर’ विषयका दुईवटा प्रस्तुति दिनु भएको थियो ।


ग्वाङ्जुस्थित नेपालका अवैतनिक वाणिज्य दूतावास श्री जेओन, सुङ ह्युनले कोरियामा यस्ता कार्यक्रम आयोजना गरेकोमा नेपाली प्रतिनिधिमण्डलप्रति हार्दिक आभार प्रकट गर्दै नेपालको अनुपम संस्कृति, एड्रेनालाईन रश साहसिक र प्राचीन प्राकृतिक सौन्दर्यप्रतिको आफ्नो लगाव रहेका बताए । उक्त कार्यक्रममा कोटानले लक्की ड्र मार्फत आमन्त्रित तीन कोरियाली टुर अपरेटरहरूलाई नेपाल भ्रमणका लागि टुर प्याकेजहरू समेत पुरस्कारका रुपमा प्रदान गरेको थियो।

समापनका अवसरमा बोल्दै कोटानका अध्यक्ष अमरबहादुर शाहीले सबै कोरियाली टुर अपरेटरहरुलाई नेपालको सौन्दर्य र यहाँका जनताको न्यानो आतिथ्य अनुभव गर्न नेपाल भ्रमण गर्न आग्रह गरे। कार्यक्रममा नेपाली ट्राभल एण्ड टुर कम्पनीहरु लगायत ६५ भन्दा बढीको सहभागिता रहेको थियो । यस कार्यक्रम अघि, नेपाल सेल्स मिसन मे २०२३ मा सियोल र बुसानमा आयोजना गरिएको थियो ।आगामी २७ जुन २०२४ मा यस्तै बि २ बि कार्यक्रम सिओलमा आयोजना समेत हुनेछ ।
 


प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP