Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विशेष महाधिवेशनउन्मुख माओवादी केन्द्र
विशेष महाधिवेशनउन्मुख माओवादी केन्द्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ९, २०८१
  • यही वर्षको अन्तिमतिर पार्टीको विशेष महाधिवेशन बोलाउनेगरी तालिका बनेको पार्टी उपमहासचिव वर्षमान पुनको भनाइ
  • विशेष महाधिवेशन भएर माओवादीको नयाँ विधान कार्यान्वयन भएको अवस्थामा तल्ला कमिटीदेखि माथिल्ला कमिटीसम्मै प्रतिस्पर्धा हुने


काठमाडौं– सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रमा तीन वर्षपछि बल्ल विशेष महाधिवेशनको प्रसंग उठेको छ । २०७८ सालको पुसमा छ महिनाभित्रै विशेष महाधिवेशन गर्ने भनिएको थियो । तर, त्यसयता माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरू विशेष महाधिवेशनबारे मौन थिए । शनिबार भने दाहालसँगै अर्थमन्त्रीसमेत रहेका पार्टी उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको प्रसंग उप्काए ।

दाहालले अब बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्ने बताए । ‘फेरि समाजवादी क्रान्तिको निम्ति, नयाँ संश्लेषण र विचारको निम्ति महाधिवेशनतिर जान्छौं र अबको केन्द्रीय समितिको बैठकले महाधिवेशनको दिन तोक्छ,’ शनिबार पार्टीको भ्रातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले भने ।

केन्द्रीय समिति बैठकचाहिँ कहिले बस्छ ? टुंगो छैन । सरकारको काममा आफू र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेताहरू केन्द्रित हुनुपरेको भन्दै उनले केन्द्रीय समिति बैठक धकेलेको धकेलेकै छन् । यसले गर्दा दाहालले विशेष महाधिवेशन गर्ने भनिए पनि अनिश्चित छ । तर, उनले माओवादी आन्दोलनको ऐतिहासिक दिनमा महाधिवेशन गर्ने उल्लेख गरे ।

Hardik health

फेरि समाजवादी क्रान्तिको निम्ति, नयाँ संश्लेषण र विचारको निम्ति महाधिवेशनतिर जान्छौं । र, अबको केन्द्रीय समितिको बैठकले महाधिवेशनको दिन तोक्छ
पुष्पकमल दाहाल
अध्यक्ष, नेकपा माओवादी केन्द्र

‘पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौं । सायद त्यस्तै दिन छानेर महाधिवेशनको उद्घाटन गर्छौं,’ उनले भने, ‘महाधिवेशनबाटै सच्चिएर पार्टी एकतालाई अझै बलियो बनाउनेगरी अघि बढ्छौं ।’विशेष महाधिवेशन नहुँदा गत फागुनमा माओवादीले तय गरेको नयाँ विधानसमेत कार्यान्वयनमा छैन । जसले पार्टी संगठनको गतिविधि सञ्चालनमासमेत असहजता पैदा भएको माओवादी नेताहरू बताउँछन् । यसले गर्दा पनि विशेष महाधिवेशन छिटो गर्नुपर्ने बाध्यतामा माओवादी पुगेको छ । 

पार्टीका उपमहासचिव तथा अर्थमन्त्री पुनले यही वर्षको अन्तिमतिर पार्टीको विशेष महाधिवेशन बोलाउनेगरी तालिका बनेको बताए । ‘यो वर्षको अन्तिमसम्म कुनै न कुनै रुपले हामी विशेष महाधिवेशनतिर जाने कुरा पार्टीले मोटामोटी तालिका बनाएको छ,’ पुनले मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै भने, ‘त्यो क्रममा वडा हुँदै पालिकाका विभिन्न सम्मेलन हुँदै महाधिवेशनसम्म जान्छौं ।’

विशेष महाधिवेशन भएर माओवादीको नयाँ विधान कार्यान्वयन भएको अवस्थामा तल्ला कमिटीदेखि माथिल्ला कमिटीसम्मै प्रतिस्पर्धा हुने छ । टिके प्रथा अर्थात् मनोनीत गर्ने प्रणाली अन्त्य हुने छ । झण्डै साढे तीन दशकयता माओवादीमा लगातार दाहाल अध्यक्ष छन् । उनी आफू सर्वसम्मत अध्यक्ष हुने र पदाधिकारीसँगै अन्य पार्टी संरचनामा नेताहरूको मनोनीत गर्छन् ।गत फागुनमा भएको विधान अधिवेशनमा यसको विरोध भयो ।

अन्ततः माओवादी पार्टीको आन्तरिक कमिटीमा पनि प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्न बाध्य भएको हो । यसबारे उपमहासचिव पुनले कार्यकर्ताको मन जित्ने नै नेता हुने बताए ।‘अब हामी टिके प्रथा गर्दैनौं । बाहिर पनि राजनीतिक प्रतिस्पर्धाले जनप्रतिनिधि हुने हो । पार्टीभित्र पनि प्रतिस्पर्धा गरेर, कार्यकर्ताको मत जितेर वा टीका लगाएर हुँदैन,’ पुनले भने, ‘महाधिवेशनमा जसले मन जित्छ ऊ नेता हुन्छ ।’पार्टी अध्यक्ष दाहालले भने यसअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्रराय यादवसहितका माओवादी घटकसँग एकता गरेपछि विशेष महाविधेशनमा जाँदा व्यावहारिक हुने बताएका थिए । अर्कोतिर समाजवादी मोर्चाको नाममा गोलबद्ध अन्य दललाई पनि एकता प्रक्रियामा लाने र अन्ततः बृहत् वाम धु्रवीकरणको पक्षमा जानुपर्ने मत माओवादीभित्रै छ । यसले गर्दा पनि माओवादीको विशेष महाधिवेशन धकेलिन सक्ने देखिएको छ ।


प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP