Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • मधेस प्रदेशको बजेट २२ करोडले घट्यो
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २, २०८१

वीरगञ्ज- मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा रु २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ । मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद शाहले शनिबार प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटको आकारभन्दा शून्य दशमलव ५० प्रतिशतले घटी बजेट प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका  हुन्  ।

अर्थमन्त्री शाहले आगामी आव २०८१/८२ का लागि मधेस प्रदेशको रु ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट ल्याएको हो । विनियोजित बजेटमध्ये चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार अर्थात् ३६ दशमलव ४५ प्रतिशत रहेको छ । पूँजीगतर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात् ६३ दशमलव ५५ प्रतिशत रहेको छ । 

चालु आर्थिक वर्षमा भने मधेस प्रदेशका लागि रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट विनियोजन गरिएको थियो । अर्थमन्त्री शाहले आगामी आवमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु पाँच अर्ब २१ करोड ६५ लाख छ हजार बजेट विनियोजन गरेको बताउनुभयो । चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि भने रु पाँच अर्ब ४७ करोड ३४ लाख ७८ हजार विनियोजन गरेको थियो । 

Hardik health

चालु आवभन्दा आगामी आवमा रु २५ करोड ६९ लाख बजेट घटेको छ । चालु आवभन्दा आगामी आवको बजेटमा भूमि  व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट रु १६ करोड ३४ लाख बढाइएको छ । आगामी आवका लागि  सो  मन्त्रालयको रु दुई अर्ब ७९ करोड १९ लाख विनियोजन गरिएको छ । सोही मन्त्रालयका लागि चालु आर्थिक वर्ष २०८०/८१ को रु दुई अर्ब ६२ करोड ८५ लाख २७ हजार बजेट विनियोजन गरिएको थियो ।  

प्रदेश सरकारले आगामी आवका लागि भैतिक पूर्वाधार मन्त्रालयलाई रु १३ अर्ब ११ करोड ५२ लाख ७४ हजार विनियोजन गरेको छ । त्यस्तै, खेलकुद तथा समजा कल्याण मन्त्रालयतर्फ रु एक अर्ब ९५ करोड ८३ लाख ५० हजार विनियोजन गरेको छ । यस्तै, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयतर्फ रु पाँच अर्ब १७ करोड ९६ लाख ४२ हजार विनियोजन गरिएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयतर्फ रु ७७ करोड ५७ लाख चार हजार विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ । 

शिक्षा तथा संस्कृति मन्त्रालयतर्फ रु दुई अर्ब ९० करोड ५१ लाख ७६ हजार विनियोजन गरिएको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ रु दुई अर्ब ९८ करोड ५८ लाख २२ हजार विनियोजन गरेको छ । श्रम तथा यातायात मन्त्रालयतर्फ रु ९९ करोड ९७ लाख ४८ हजार विनियोजन गरिएको छ । वन तथा वातावरण मन्त्रालयतर्फ रु दुई अर्ब ४२ करोड ४० लाख २५ हजार विनियोजन गरिएको छ ।


प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:३२
#मधेस_प्रदेशको_बजेट #बजेट
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल शुक्रबार, माघ १६, २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात बिहीबार, माघ १५, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
राष्ट्र बैंकले आज २० अर्ब निक्षेप तान्दै
राष्ट्र बैंकले आज २० अर्ब निक्षेप तान्दै बुधबार, माघ १४, २०८२
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी बुधबार, माघ १४, २०८२
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै मंगलबार, माघ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP