काठमाडाैं -  सन्दिपको ‘करोड करोडको माया’ सार्वजनिक भएकाे छ । सन्दिप खनालको रचना रहेको गीत ‘करोड करोडको माया’ को म्युजिक भिडियो सार्वजनिक भएको हाे  ।
साे भिडियाे हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे छ । उक्त  गीतमा प्रताप दाशले स्वर दिएका छन्  ।
म्युजिक भिडियोमा याङजी दोङ तामाङ, सन्दिप र सुनिल खनालले अभिनय गरेका छन् । केशव विश्वकर्माको संगीत रहेको यस गीतको एरेञ्ज भने  विशाल निरौलाले गरेका छन् । 
भिडियो  हेर्न यहाँ थिच्नुहाेस् :
https://youtu.be/XEOtsmLHmvY?si=s0kgKFP9yQzx1Xux